निजी हेलिकप्टरलाई सरकारी समन्वयमा मात्रै उद्धारमा खटाइने

काठमान्डौ,११ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार कार्यमा निजी हेलिकप्टरलाई सरकारी समन्वयमा मात्रै सञ्चालन गर्न सरकारले निर्देशन दिएको छ।

निजी हेलिकप्टर आफ्नै ढंगले सञ्चालन गर्दा प्रभावित क्षेत्रमा हवाई ट्राफिक बढेर दुर्घटनाको जोखिम हुन सक्ने भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा, नुवाकोट, गोरखा, धादिङ र चितवनका जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको हो।

प्राधिकरणले हेलिकप्टरबाट खोज तथा उद्धार गर्नुपर्ने अवस्था आए जिल्ला सुरक्षा समितिले आवश्यक निर्णय गरी व्यवस्थित रूपमा उद्धार कार्य अघि बढाउन निर्देशन दिएको छ।

नेपाली सेनाको हेलिकप्टर आवश्यक परे सम्बन्धित जिल्लामा रहेको सेनाको टोलीसँग समन्वय गर्न तथा निजी हेलिकप्टर आवश्यक भए प्राधिकरणले तोकेका सम्पर्क व्यक्तिमार्फत तत्काल उद्धारको व्यवस्था मिलाउन भनिएको छ।

निजी हेलिकप्टर व्यवस्थापनका लागि प्राधिकरणले हेली एभरेस्टका सचित अर्याल, अल्टिच्युड एयरका मिङ्मा शेर्पा र एयर डाइनेस्टीका बालकृष्ण पण्डितलाई सम्पर्क व्यक्ति तोकेको छ।

जथाभावी हेलिकप्टर उडान गर्दा हुन सक्ने सम्भावित दुर्घटना तथा अन्य प्राविधिक जोखिमलाई मध्यनजर गर्दै यस्तो व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेपालका लागि भारतले ३७ .५ टन राहत सामग्रीसहित दोस्रो उडान पठायो

काठमाडौं,११ भदौ । भारतले बाढी तथा पहिरो प्रभावित नेपाली नागरिकका लागि ३७.५ टन मानवीय सहायता, विपद् राहत तथा उद्धार सामग्री औषधि र खाद्यान्नसहितको दोस्रो उडान

भाडादरबारे प्रकाशित समाचारप्रति बुद्ध एयरको ध्यानाकर्षण

काठमाडौं,११ भदौ । सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा हवाई भाडादरसम्बन्धी प्रकाशित समाचार तथा सामग्रीप्रति बुद्ध एयरले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । भदौ १० गते

रसुवा बाढीः सिन्धुलीका ३६ जना सम्पर्कविहीन (सूचीसहित)

काठमाडौं,११ भदौ । रसुवामा हिजो गएको बाढीका कारण रोजगारी तथा कामका सिलसिलामा पुगेका सिन्धुलीका ३६ जना नागरिक हालसम्म सम्पर्कविहीन भएका छन्। जिल्ला प्रशासन कार्यालय सिन्धुलीका अनुसार

बाढी प्रभावितका लागि गोल्छा ग्रुपले डेढ करोड सहयोग गर्ने

काठमाडौं,११ भदौ ।  रसुवास्थित भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा मानवीय सहायता कार्यका लागि गोल्छा ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार

कुमारी बैंकद्वारा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग

काठमाडौं,११ भदौ ।रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सहयोग जुट्न थालेको छ । एकद्वार प्रणालीमार्फत प्राप्त सहयोग

यी हुन् सर्वदलीय बैठकका १० बुँदे संकल्प

काठमाडौं,११ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को आयोजनामा सम्पन्न सर्वदलीय बैठकले बाढीपहिरो तथा विपद् व्यवस्थापनसँग सम्बन्धित १० बुँदे साझा निर्णय गरेको छ । भोटेकोशी बाढीपछि