बाढी प्रभावितका लागि गोल्छा ग्रुपले डेढ करोड सहयोग गर्ने

काठमाडौं,११ भदौ ।  रसुवास्थित भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा मानवीय सहायता कार्यका लागि गोल्छा ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले बिहीवार सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो जानकारी दिनुभयो । बाढीबाट प्रभावित रसुवा तथा अन्य क्षेत्रबाट आइरहेका तस्बिर तथा भिडियोहरूले आफूहरूलाई गहिरो रूपमा स्तब्ध र दुःखी बनाएको ग्रुपले जनाएको छ ।

ग्रुपले विपत्तिमा आफ्ना प्रियजन गुमाएका परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै अझै पनि आफन्तको खबरको प्रतीक्षामा रहेका परिवारको पीडा र चिन्तामा आफूहरू साथमा रहेको जनाएको हो । ग्रुपले यस्तो कठिन परिस्थितिमा उद्धार, राहत तथा प्रभावित परिवार र समुदायसम्म आवश्यक सहयोग पु¥याउनु सबैको पहिलो प्राथमिकता हुनुपर्ने बताउनु भएको छ ।

विपद्का बेला निजी क्षेत्रले पनि सरकार र समुदायसँग हातेमालो गर्दै राहत तथा पुनस्र्थापनाका प्रयासमा सक्दो योगदान दिनुपर्ने भन्दै गोल्छा ग्रुपले सहयोग घोषणा गरेको हो । ग्रुपले बाढी प्रभावित सबै परिवार तथा समुदायप्रति आफ्नो साथ र ऐक्यबद्धता रहेको जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रसुवा बाढीका पीडितलाई उद्धार र सहयोग गर्न साउदीसँग मन्त्री यादवको अपिल

काठमाडौँ,११ भदौ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव र साउदी अरबका परराष्ट्रमन्त्री फैसल बिन फरहानबीच शिष्टाचार भेटवार्ता भएको छ। भेटका क्रममा मन्त्री यादवले हिजो

भोटेकोशी बाढी,पाँच जलविद्युत आयोजनाका करिब २०० भन्दा बढी सम्पर्कविहीन

काठमाडौं,११ भदौ ।भोटेकोशीमा आएको बाढीका कारण रसुवाका विभिन्न जलविद्युत आयोजनामा कार्यरत २०० भन्दा बढी व्यक्ति सम्पर्कविहीन भएका छन् । बाढीपछि आयोजना स्थलमा रहेका कर्मचारी तथा

रसुवा बाढी प्रतिकार्यका लागि १२ वटा परिचालन टोली गठन

काठमाडौं,११ भदौ । रसुवामा आएको बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारले विभिन्न जिम्मेवारीसहित १२ वटा परिचालन टोली गठन गरेको छ । बाढी प्रभावित क्षेत्रमा

प्रभावित बस्तीहरूको भौतिक अवस्था र क्षतिको अवलोकन पश्चात् शाह काठमाडौँ फिर्ता

काठमान्डौ,११ ,भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले आज बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको विदुर तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण सम्पन्न गर्नुभएको छ। आज बिहान ९: ३० बजे

झापा कर्मचारीद्वारा करिब रु आठ लाख बराबरको आर्थिक सहयोग

झापा शिवसताक्षी ,११ भदौ ।नगरपालिकाका कर्मचारीको बिहीबार बसेको बैठकले अधिकृत तहका कर्मचारीबाट जनही रु पाँच हजार, सहायक चौथो र पाँचौँ तहबाट जनही रु चार हजार

सोलार स्ट्रिट लाइटको भुक्तानीमा एक लाख घुस, सूचना प्रविधि अधिकृतविरुद्ध मुद्दा

काठमाडौं, ११ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत वीरेन्द्र तामाङविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। सोलार स्ट्रिट लाइट खरिद