नेपालका लागि भारतले ३७ .५ टन राहत सामग्रीसहित दोस्रो उडान पठायो

काठमाडौं,११ भदौ ।

भारतले बाढी तथा पहिरो प्रभावित नेपाली नागरिकका लागि ३७.५ टन मानवीय सहायता, विपद् राहत तथा उद्धार सामग्री औषधि र खाद्यान्नसहितको दोस्रो उडान नेपाल पठाएको छ ।

भारतका विदेशमन्त्री एस जयशंकरले सामाजिक सञ्जालमार्फत दोस्रो राहत उडान ३७.५ टन सामग्री बोकेर नेपालका लागि उडेको जानकारी दिनुभयो ।

जयशंकरले नेपालमा जारी राहत तथा उद्धार प्रयासलाई भारतले निरन्तर मजबुत समर्थन गर्ने बताउनु भएको छ । भोटेकोशी क्षेत्रमा आएको भीषण बाढी तथा पहिरोका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि भारतले राहत सामग्रीसहितका उडान नेपाल पठाउन थालेको हो ।

भारतले पठाएको सामग्रीमा विपद् उद्धार तथा राहतका लागि आवश्यक सामग्री, औषधि र खाद्यान्नका प्याकेटलगायत सामग्री रहेको जनाइएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भुँई मान्छेको समेत साथ, बढ्दै छ विस्वास, जुट्दै छ नागरिक एकता

दमक,११ भदौ । अहिले देश बाढीको वितण्डाले विक्षिप्त छ। प्राकृतिक विपत्तिले कैयौँ परिवारलाई शोकमा डुबाएको छ। कतै घर बगेका छन, कतै सडक र पुल भत्किएका

रसुवा बाढी प्रभावित क्षेत्रमा राहत गोर्खा ब्रुअरीद्वारा १० करोड सहयोग

काठमाडौं,११ भदौ । रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जुट्न थालेको छ । प्राप्त सहयोग

कोशी कटान क्षेत्रमा मुख्यमन्त्री कार्की : तटबन्ध निर्माणमा प्रतिबद्धता

विराटनगर,११ भदौ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बिहिबार कोशी कटान क्षेत्रको अनुगमन निरीक्षण गर्नुभएको छ। उहाँले बराहा क्षेत्र नगरपालिका ९ र ६

रसुवाबाट ११ भारतीय नागरिकसहित ९९ जनाको सकुशल उद्धार

काठमाडौं,११ भदौ । रसुवाका विभिन्न जोखिमपूर्ण क्षेत्रमा फसेका ११ जना भारतीय नागरिकसहित कुल ९९ जनाको आज सकुशल उद्धार गरिएको छ । जिल्लाको उत्तरी सीमावर्ती क्षेत्र टिमुरे,

विनाशकारी बाढीबाट भएको क्षतिप्रति दलाई लामाद्वारा दुःख व्यक्त

काठमाडौं,११ भदौ । तिब्बती आध्यात्मिक नेता दलाई लामाले नेपालको रसुवा र तिब्बतको केरुङमा आएको विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नु

चीनको चेतावनी: नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, चीनमा बनेको ‘ब्यारियर लेक’ फुट्ने उच्च जोखिम

काठमाडौं, ११ भदौ । नेपाल–चीन सीमा क्षेत्रमा पहिरोपछि बनेको प्राकृतिक तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको छ। चिनियाँ जलस्रोत मन्त्रालयले आगामी तीन दिनमा