चीनको चेतावनी: नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, चीनमा बनेको ‘ब्यारियर लेक’ फुट्ने उच्च जोखिम

काठमाडौं, ११ भदौ । नेपाल–चीन सीमा क्षेत्रमा पहिरोपछि बनेको प्राकृतिक तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको छ।

चिनियाँ जलस्रोत मन्त्रालयले आगामी तीन दिनमा थप ३० लाख घनमिटर पानी थपिन सक्ने भन्दै ताल फुट्ने उच्च जोखिम रहेको चेतावनी दिएको छ।

छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगमस्थलनजिक बनेको उक्त तालको चिनियाँ अधिकारीहरूले निरन्तर निगरानी गरिरहेका छन्। सम्भावित बाढीको जोखिम आकलन गर्दै उद्धार तथा राहतको तयारीसमेत भइरहेको छ।

यसैबीच, नेपालतर्फ भोटेकोशी बाढीबाट मृत्यु हुनेको संख्या २७० पुगेको छ भने चीनतर्फ तीन जनाको मृत्यु र ५५८ जना बेपत्ता रहेको चिनियाँ अधिकारीहरूले बताएका छन्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढीमा ३५९ जनाको मृत्यु, ६३ घाइते, २८ प्रहरी सम्पर्कविहीन

काठमाडौँ , ११ भदौ। रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी हालसम्म ३५९ जनाको शव फेला परेको छ। बाढीपछिको खोज तथा उद्धार कार्यमा ४ हजार ३४८

गोसाइँकुण्डबाट फर्कन वैकल्पिक मार्ग प्रयोग गर्न मन्त्रालयको आग्रह

काठमाडौँ ,११ भदौ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रसुवाको गोसाईंकुण्ड दर्शन तथा भ्रमण गरी फर्कने तीर्थ यात्रीलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ

लुम्बिनीका १२९ जना सम्पर्कविहीन

बुटवल , ११ भदौ। रसुवामा आएको बाढी तथा पहिरोपछि लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका १२९ जना सम्पर्कविहीन भएका प्रारम्भिक विवरण आएको छ ।लुम्बिनी प्रदेश प्रहरी कार्यालय,

सद्गुरुको भावुक भिडियो , हाम्रो समूहका ८० जना सम्पर्कमा छैनन्

काठमाडौं ,११ भदौ। केही समयअघि नेपाल आएर कैलाश यात्रामा निस्किएका सद्गुरुको समूहका ८० जना सदस्य सम्पर्कमा नरहेको उहाँले भिडियो सन्देशमार्फत जानकारी दिनुभयो । भिडियो सन्देश

वीर अस्पतालमा बाढीपीडित वृद्धाको उपचार जारी

काठमाडौँ ,११ भदौ। रसुवामा आएको बाढीबाट प्रभावित अन्दाजी ७५ वर्षीया वृद्धाको उपचार वीर अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका अनुसार ती वृद्धाको पहिचान भएको छैन

टिमुरे बाढीका घाइतेको वीरमा उपचार, ३ जना डिस्चार्ज

काठमाडौँ,११ भदौ । रसुवाको टिमुरेमा बाढीमा पर्नु भएका तुल्सीबहादुर भण्डारी हाल वीर अस्पतालको इमरजेन्सी कक्षमा उपचाररत हुनुन्छ् । ५३ वर्षीय भण्डारीको कानमा चोट लागेको छ