कोशी कटान क्षेत्रमा मुख्यमन्त्री कार्की : तटबन्ध निर्माणमा प्रतिबद्धता

विराटनगर,११ भदौ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बिहिबार कोशी कटान क्षेत्रको अनुगमन निरीक्षण गर्नुभएको छ। उहाँले बराहा क्षेत्र नगरपालिका ९ र ६ नम्बर वडामा भइरहेको कटान र त्यसले पारेको प्रभावका बारेमा स्थलगत निरीक्षण गर्नुभएको हो।

कोशी प्रदेश सरकारका मन्त्री प्रदेश सभाका सदस्यहरू, स्थानीय प्रशासन तथा स्थानीय तहका जनप्रतिनिधिहरूको सहभागितामा अनुगमन निरीक्षण गरिएको हो। अनुगमन निरीक्षण गर्दै मुख्यमन्त्री कार्कीले प्रदेशले तत्कालीन तटबन्ध निर्माण गर्न आवश्यक रकम सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

पछिल्लो समय कोशी नदीले उदयपुर क्षेत्रतिर धार परिवर्तन गर्न थालेपछि कोशी पारी रहेका बराह क्षेत्र नगरपालिकाको ९ र ६ वडा प्रभावित भएका छन् भने उदयपुरको बेलका नगरपालिका पनि प्रभावित बन्न पुगेको छ। स्थानीय जनप्रतिनिधिहरुले बालुवाको बोरा सहितको अस्थायी तटबन्ध बनाउन सेना प्रहरीको सहयोग र समन्वयको लागि पनि मुख्यमन्त्रीसँग आग्रह गरेका छ्न। मुख्यमन्त्री कार्कीले पछिल्लो समय नदी किनाराका बस्तीहरूमा जोखिम बढ्दै गएकाले त्यस क्षेत्रका नागरिकलाई सुरक्षित र सतर्क रहन समेत आग्रह गर्नुभएको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

टिमुरेमा ६ वर्षीया बालिकाको ६० घण्टापछि जीवितै उद्धार

काठमाडौँ , भदौ १३ । रसुवाको टिमुरे क्षेत्रबाट ६ वर्षीया बालिकाको जीवितै उद्धार भएको छ।बुधबार बिहान ९ नबज्दै तिब्बत क्षेत्रबाट आएको बाढीले रसुवागढी हुँदै टिमुरे

रसुवाको बाढीपछि धनगढीकी २४ वर्षीया पुष्पा शाही सम्पर्कविहीन

धनगढी,१३ भदौ । रसुवाको बेत्रावती क्षेत्रमा आएको भीषण बाढीपछि धनगढी उपमहानगरपालिका–५ की २४ वर्षीया पुष्पा शाही सम्पर्कविहीन हुनुन्छ । शाही एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडको

लेदोले विद्यालय पुरियो, कक्षाकोठामै थन्किए विद्यार्थीका झोला

काठमाडौँ , भदौ १३ । भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीका कारण धादिङको गल्छी गाउँपालिका–६ बैरेनी बजारस्थित बागेश्वरी मावि क्षतिग्रस्त छ।विद्यालयको प्रांगण र कक्षाकोठामा लेदोले भरिएको

रसुवाको बाढीपछि बर्दियाका दुई मजदुर चार दिनदेखि बेपत्ता

काठमाडौँ , १३ भदौ। शनिबार दिउँसो १२ बजेर ४१ मिनेट गएको थियो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल अगाडी शान्तिकुमारी थारुले अस्पतालको शव गृह अगाडीको गेटमा

मुख्यमन्त्री थापा : रसुवाका बाढी प्रभावितको आवागमन सहज बनाउन वैकल्पिक मार्ग खोल्दैछौँ

काठमाडौं, भदौ १३ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले रसुवाका बाढी प्रभावित क्षेत्रका नागरिकको यात्रा सहज बनाउन प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ।मुख्यमन्त्री थापाले

पहिचानविहीन शवबीच आफन्त खोज्दै परिवार, आशा मर्दै

काठमाडौँ ,१३ भदौ। त्रिवि शिक्षण अस्पतालमा शवदाह गृह अगाडि आफन्तहरूको घुइँचो छ । अस्पतालको अद्यावधिक विवरण अनुसार अहिलेसम्म २६ जनाको शव आइपुगेको छ । जसमध्ये