विपत्तिमा सरकारको आह्वान

भुँई मान्छेको समेत साथ, बढ्दै छ विस्वास, जुट्दै छ नागरिक एकता

दमक,११ भदौ । अहिले देश बाढीको वितण्डाले विक्षिप्त छ। प्राकृतिक विपत्तिले कैयौँ परिवारलाई शोकमा डुबाएको छ। कतै घर बगेका छन, कतै सडक र पुल भत्किएका छन्।, कतै आफन्त गुमाएका परिवारको आँखामा आँसु छ। देश नै पीडामा छ।
तर यही पीडाको बीचमा एउटा आशाको दृश्य पनि देखिएको छ। देशको आँसु पुछ्न देशभित्र र बाहिरबाट सहयोगी हातहरू निरन्तर एकजुट भइरहेका छन्।। विपत्तिले नेपालीलाई दुःखमा पारे पनि यही दुःखले फेरि एकपटक नेपाली समाजको मानवीयता र एकताको बल देखाइ रहेको छ।

बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनर्निर्माणका लागि सहयोग गर्न प्रधानमन्त्री बालेन्द्र शाहले अपिल गरेपछि सहयोगका हातहरू थप फैलिएका छन्।। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न विभिन्न बैंकका खाता नम्बर सार्वजनिक गरिएपछि त्यसमा रकम जम्मा गर्नेहरूको संख्या निरन्तर बढिरहेको छ।यसअघि यस्तो कोषमा ठूला व्यावसायिक प्रतिष्ठान, व्यावसायिक घराना, वित्तीय संस्था, गैरसरकारी संस्था, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, विदेशी दातृ निकाय, विदेश स्थित नेपाली नियोग तथा प्रवासमा रहेका नेपालीहरूले उल्लेख्य सहयोग गर्ने गरेका थिए।तर यसपटकको दृश्य केही फरक छ।

ठूला संस्थाहरूको सहयोगसँगै आम नागरिकको सानो(सानो योगदान पनि विपत्तिका बेला ठूलो भरोसाका रूपमा देखिएको छ। कसैले आफ्नो गच्छेअनुसार एक हजार रुपैयाँ सहयोग गरेका छन, कसैले त्योभन्दा बढी। सहयोग रकम जम्मा गरेको भौचरदेखि मोबाइल बैंकिङका स्क्रिनसटसम्म सामाजिक सञ्जालमा सार्वजनिक गर्दै अरूलाई पनि सहयोगका लागि प्रेरित गर्ने क्रम बढेको छ।

रकमको आकार सानो होस् वा ठूलो, विपत्तिको समयमा नागरिकले देखाएको साथ आफैँमा ठूलो शक्ति हो। एउटा परिवारले दिएको एक हजार रुपैयाँ पनि अर्को परिवारको खाना, औषधि वा उद्धारका लागि आवश्यक सामग्री जुटाउने माध्यम बन्न सक्छ। त्यसैले अहिले जम्मा भइरहेको प्रत्येक सहयोगमा रकमभन्दा ठूलो कुरा नागरिकको भावना र पीडितप्रतिको ऐक्यबद्धता हो।रसुवा, नुवाकोट, धादिङ, गोरखा लगायत बाढी तथा पहिरो प्रभावित क्षेत्रका नागरिकलाई अहिले राहत र उद्धारसँगै आवश्यक स्रोतसाधनको खाँचो छ। नागरिक तहबाट संकलित सहयोग रकम प्रभावित क्षेत्रमा आवश्यक राहत, उद्धार तथा पुनर्निर्माणमा प्रभावकारी रूपमा प्रयोग हुने विश्वास गरिएको छ।

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले देशलाई स्तब्ध बनाएको छ। विपत्तिको पीडा अझै कम भएको छैन। कतिपय परिवार आफ्ना आफन्तको खोजीमा छन, कतिपय विस्थापित भएर सुरक्षित स्थानमा आश्रय लिन बाध्य छन्।। यस्तो अवस्थामा राज्यको प्रयाससँगै समाजको साथ झनै महत्वपूर्ण हुन्छ।तर सहयोगको नाममा हुने गलत गतिविधि प्रति भने सबै सचेत हुन आवश्यक छ।सरकारले सरकारी कोषको नाममा नक्कली क्यूआर कोड बनाएर आफ्नो व्यक्तिगत क्यूआर कोड मार्फत रकम उठाउने जस्ता गतिविधि नगर्न आग्रह गरेको छ। विपत्तिको समयमा नागरिकको संवेदनामाथि खेलवाड गर्ने त्यस्ता व्यक्तिको पहिचान गरी आवश्यक कारबाही गर्न पनि सरकारले अपिल गरेको छ।

 

अहिले देशलाई केवल राहत होइन, विश्वास पनि चाहिएको छ। पीडितको घाउमा मल्हम लगाउने हातहरू अझै धेरै चाहिएका छन्।। तर ती हातहरू सही ठाउँमा पुग्नुपर्छ।प्राकृतिक विपत्तिले भूगोल र परिवार छुट्याउन सक्छ, तर नेपालीको मन छुट्याउन सक्दैन। यही संकटका बीच एक नागरिकले अर्को नागरिकका लागि देखाएको सहानुभूति नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो। आज कसैले दिएको सानो सहयोग भोलि कुनै पीडित परिवारका लागि जीवन जोगाउने आधार बन्न सक्छ। त्यसैले यो विपत्तिमा राज्यसँगै नागरिक पनि उभिनु आवश्यक छ। देश रोइरहेको बेला आँसु पुछ्ने जिम्मेवारी सरकारको मात्र होइन, हामी सबैको हो।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रसुवाको मैलुङबाट दोलखाका सन्तोष थपलिया सम्पर्कविहीन, खोजी तीव्र

काठमाडौं , भदौ ११ । दोलखाको मेलुङ गाउँपालिका–१, पवटी स्थायी घर भएका सन्तोष थपलिया रसुवाको मैलुङ क्षेत्रबाट सम्पर्कविहीन भएका छन्। थपलिया विगत डेढ वर्षदेखि कोरियन

बाढीको त्रास र हराउँदै गएको मानवीय संवेदना

काठमाडौं,११ भदौ । भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको अप्रत्याशित बाढी र पहिरोले केवल घर, सडक र संरचना मात्र बगाएन । धेरै परिवारका सपना,

बाढीमा ३५९ जनाको मृत्यु, ६३ घाइते, २८ प्रहरी सम्पर्कविहीन

काठमाडौँ , ११ भदौ। रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी हालसम्म ३५९ जनाको शव फेला परेको छ। बाढीपछिको खोज तथा उद्धार कार्यमा ४ हजार ३४८

गोसाइँकुण्डबाट फर्कन वैकल्पिक मार्ग प्रयोग गर्न मन्त्रालयको आग्रह

काठमाडौँ ,११ भदौ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रसुवाको गोसाईंकुण्ड दर्शन तथा भ्रमण गरी फर्कने तीर्थ यात्रीलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ

लुम्बिनीका १२९ जना सम्पर्कविहीन

बुटवल , ११ भदौ। रसुवामा आएको बाढी तथा पहिरोपछि लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका १२९ जना सम्पर्कविहीन भएका प्रारम्भिक विवरण आएको छ ।लुम्बिनी प्रदेश प्रहरी कार्यालय,

सद्गुरुको भावुक भिडियो , हाम्रो समूहका ८० जना सम्पर्कमा छैनन्

काठमाडौं ,११ भदौ। केही समयअघि नेपाल आएर कैलाश यात्रामा निस्किएका सद्गुरुको समूहका ८० जना सदस्य सम्पर्कमा नरहेको उहाँले भिडियो सन्देशमार्फत जानकारी दिनुभयो । भिडियो सन्देश