दमकमा बजाजद्वारा नयाँ इलेक्ट्रिक स्कुटर ‘चेतक सार्वजनिक

दमक,११ भदौ ।नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले राजेश मोटर्स प्रालि (दिपिनी पुल, दमक) मार्फत दुई नयाँ विद्युतीय स्कुटर … C2501 Ú  र ‘चेतक  C3503Ú बजारमा सार्वजनिक गरेको छ।

 

चेतक C2501

2. 5 kilo Wh ब्याट्रीयुक्त यस स्कुटरले १ पटकको चार्जमा ११३ किलोमीटर रेन्ज र ६० किलोमीटर÷घण्टाको गति दिन्छ। यसको ब्याट्री २ घण्टा २५ मिनेटमा ८०% सम्म चार्ज हुन्छ। एलसीडी डिस्प्ले, ब्लुटुथ, म्युजिक कन्ट्रोल, रिभर्स मोड र २५ लिटर स्टोरेज सहित ६ आकर्षक रङमा उपलब्ध यसको मूल्य रु. २ लाख एकासी हजार एक सय तोकिएको छ।

 

चेतक C3503

3. 5 kWh ब्याट्री क्षमताको प्रिमियम रेट्रो डिजाइन युक्त यो मोडलले १ सय एकउन्न किलोमीटर रेन्ज र ७० किलोमीटर÷घण्टाको गति दिन्छ। पूर्ण मेटल बडी, क्लासिक DRL हेडल्याम्प, कल÷एसएमएस अलर्ट र पैतीस लिटर स्टोरेज रहेको यो स्कुटर ४ रङमा उपलब्ध छ। यसको मूल्य रु. ३ लाख एकतिस हजार एक सयमा निर्धारण गरिएको छ।

कम्पनीका बिक्री प्रमुख रामेश्वर घिमिरे र राजेश मोटर्सका प्रबन्ध निर्देशक राजेश बुढाथोकीले नेपाली सडक र बदलिँदो जीवनशैली सुहाउँदो यी स्कुटरहरू नेपालभरका बजाज डिलर मार्फत बुकिङका लागि उपलब्ध रहेको जानकारी दिनुभएको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

‘संरचना फेरि बनाउन सकिन्छ, गुमेको जीवन फर्काउन सकिँदैन’ : कुलमान घिसिङ

काठमाडौं , भदौ १२ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्राकृतिक विपत्तिबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै अहिलेको पहिलो प्राथमिकता मानव जीवनको रक्षा,

काठमाडौं उपत्यकामा विद्युत आपूर्ति प्रभावित, समस्या कहाँ र किन भयो र ?

काठमाडौं , भदौ १२ । काठमाडौं उपत्यकामा शुक्रबार विद्युत आपूर्तिमा देखिएको समस्याबारे नेपाल विद्युत प्राधिकरणले वास्तविक कारण खुलाएको छ ।निर्माणाधीन हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको

बाढीपीडितको पीडामा ओएनएफको साथ, २० लाख सहयोगसहित विश्वव्यापी राहत अभियान

काठमाडौं , भदौ १२ । बाढी तथा पहिरोले देशका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भइरहेका बेला प्रवासी नेपाली मञ्च ९ओएनएफ० अन्तर्राष्ट्रिय कमिटीले राहत र उद्धारका

बाढीले बिछोडिएका आफन्तको खोजी, अस्पताल धाउँदै पीडितको एउटै आशा ‘सास नभए लास भेटियोस्’

काठमाडौं , भदौ १२ ।  रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपहिरोपछि आफन्त सम्पर्कविहीन भएका परिवारजन यतिबेला काठमाडौंका विभिन्न अस्पताल धाइरहेका छन् ।बाढीपहिरोपछि नेपाल प्रहरी, नेपाली सेना तथा

८७ वर्षीया राणाद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड ९ लाख सहयोग

काठमाडौं , भदौ १२ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राजी राणाले एक करोड ९ लाख रुपैयाँ आर्थिक सहयोग गरेकी छन् । यो रकम राहत

५४७ जनाको मृत्यु, २७ प्रहरी अझै सम्पर्कविहीन

काठमाडौं ,१२ भदौ। रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि हालसम्म ५४७ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले २०८३ भदौ १२ गते दिउँसो ३ बजेसम्मको