बिनाशकारी बाढी

सद्गुरुको भावुक भिडियो , हाम्रो समूहका ८० जना सम्पर्कमा छैनन्

काठमाडौं ,११ भदौ। केही समयअघि नेपाल आएर कैलाश यात्रामा निस्किएका सद्गुरुको समूहका ८० जना सदस्य सम्पर्कमा नरहेको उहाँले भिडियो सन्देशमार्फत जानकारी दिनुभयो ।

भिडियो सन्देश र एक विज्ञप्ति जारी गर्दै बाढीका कारण ८० जना सम्पर्कमा नआउँदा अत्यन्त पीडामा रहेको जानकारी दिंदै आफ्ना समूहमा रहेका ८० जनाको जानकारी नभएको उल्लेख गर्नुभयो । समूहमा विभिन्न देशका ३४ पुरुष र ४६ महिला रहेको पनि उल्लेख गर्नुभयो ।

‘केही स्वयंसेवकसहित हामी तथा पीडितका परिवारजन विनम्रतापूर्वक प्रभावित ठाउँमा जान अनुमति प्रदान गरिदिनुहुन अनुरोध गर्दछौँ,’ उहाँले भन्नु भएको, छ ।

आफूहरु उद्धार र सहयोगका लागि प्रभावित स्थलमा जान चाहेको उल्लेख गरेका छन् । ‘हामी उद्धार कार्यको प्रकृति र संवेदनशीलतालाई गहिरो रूपमा सम्मान तथा बुझ्दछौँ। हाम्रो उपस्थितिले उद्धार कार्यमा कुनै पनि प्रकारको अवरोध पु¥याउने छैन,’ उहाँले भन्नुभयो ।

उहाँले हाल साँगामा रहेको र प्रभावित क्षेत्रमा जानका लागि अनुमतिको प्रतिक्षामा रहेको बताउनु भयो । सद्गुरुका अनुसार समूहका सदस्यहरू तिब्बतको सागामा भेटिएका थिए ।

गुरुका अनुसार सीमाक्षेत्रमा सबैजसो दूरसञ्चार सेवा अवरुद्ध भएको, सडकहरू अवरुद्ध भएको र घटनास्थलसम्म पुग्ने अवस्था नरहेको पनि उल्लेख गर्नुभएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रसुवा बाढीपीडितका लागि ६ घण्टामै २७ करोड ३३ लाख जुट्यो

काठमाडौं , भदौ ११ । रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जुट्न थालेको छ।

बाढीपीडितका लागि बिर्तामोड नगरपालिकाले ५ लाख दिने

बिर्तामोड , भदौ ११ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि बिर्तामोड नगरपालिकाले पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने

रसुवाको मैलुङबाट दोलखाका सन्तोष थपलिया सम्पर्कविहीन, खोजी तीव्र

काठमाडौं , भदौ ११ । दोलखाको मेलुङ गाउँपालिका–१, पवटी स्थायी घर भएका सन्तोष थपलिया रसुवाको मैलुङ क्षेत्रबाट सम्पर्कविहीन भएका छन्। थपलिया विगत डेढ वर्षदेखि कोरियन

बाढीको त्रास र हराउँदै गएको मानवीय संवेदना

काठमाडौं,११ भदौ । भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको अप्रत्याशित बाढी र पहिरोले केवल घर, सडक र संरचना मात्र बगाएन । धेरै परिवारका सपना,

बाढीमा ३५९ जनाको मृत्यु, ६३ घाइते, २८ प्रहरी सम्पर्कविहीन

काठमाडौँ , ११ भदौ। रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी हालसम्म ३५९ जनाको शव फेला परेको छ। बाढीपछिको खोज तथा उद्धार कार्यमा ४ हजार ३४८

गोसाइँकुण्डबाट फर्कन वैकल्पिक मार्ग प्रयोग गर्न मन्त्रालयको आग्रह

काठमाडौँ ,११ भदौ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रसुवाको गोसाईंकुण्ड दर्शन तथा भ्रमण गरी फर्कने तीर्थ यात्रीलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ