दमक,१२ भदौ |
रसुवा स्थित भोटेकोसीमा आएको अप्रत्याशित बाढिमा परि झापाका १० जना बेपत्ता भएका छन ।
जिल्ला प्रशासन कार्यालय झापाको सूचना शाखाका अनुसार बिर्तामोड–१० का राजेश आचार्य, बिर्तामोड–२ का बुद्धिसागर न्यौपाने र खिनमाया न्यौपाने तथा कनकाई–३ का घनश्याम भट्टराई हराइरहेका छन् ।
त्यस्तै, मेचीनगर–६ काँकडभिट्टाका दिपक खरेल, बुद्धशान्ति–२ का राजकुमार दियाली, उनकी श्रीमती सृष्टि दियाली र तीन वर्षीय छोरा राजन दियाली पनि सम्पर्कविहीन रहेको प्रशासनले जनाएको छ ।
यसैगरी, मेचीनगर–१० का विधान लुईटेल र उनका साथी निश्चल पाण्डे पनि हराइरहेको जानकारी प्राप्त भएको छ ।
जिल्ला प्रशासन कार्यालय झापाको सूचना शाखाले उनीहरूको खोजी तथा अवस्थाबारे जानकारी संकलन भइरहेको जनाएको छ ।









