पोखरामा बाढीका १०२ शव : शवगृह भरिएपछि व्यवस्थापनमा समस्या

पोखरा,१२ भदौ। रसुवाको भोटेकोशी बाढीमा ज्यान गुमाएका मध्ये १०२ वटा शव कास्की ल्याइएको छ।तनहुँ, नवलपुर, धादिङ र गोरखा लगायत विभिन्न जिल्लामा फेला परेका ती शवहरूलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा राखिएको छ।कास्कीमा ८८ वटा शव मात्रै व्यवस्थापन गर्न सक्ने क्षमता रहेको र केही शव पहिले नै भएकाले थप व्यवस्थापनमा कठिन भएको कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले बताउनु भयो।

 

‘हाल सङ्कलन भएका शवहरू मध्ये कतिपय पूर्ण शरीर नभई अङ्गहरू मात्र रहेको र कतिपय साना बालबालिकाका शव भएका कारण तिनीहरूलाई सानो बक्समा राखेर हालसम्म व्यवस्थापन मिलाइएको छ,’ गुरुङले भने, ‘अब व्यवस्थापन गर्न समस्या हुन्छ।’मौजुदा क्षमता भरिएकाले तत्काल थप शव राख्न सक्ने अवस्था नरहेको गुरुङको भनाइ छ। हाल भएका शवहरूलाई क्रमशः हस्तान्तरण वा व्यवस्थापन गरेपछि मात्र नयाँ शव स्वीकार गर्न सकिने स्थिति रहेको उहाँले सुनाउनु भयो।

 

सङ्कलन गरिएका शवहरूको पहिचानका लागि प्रक्रिया सुरु भइसकेको छ। शवहरूको फोटो खिचेर पहिचानका लागि राख्ने र आफन्तले चिन्ने अवस्था बने जिम्मा लगाइने जानकारी गुरुङले दिनु भयो।यसबाहेक शवहरूको डीएनए परीक्षणका लागि नमुना सङ्कलन भइसकेको छ। लामो समयसम्म पनि पहिचान हुन नसकेका वा दाबी गर्न कोही नआएका शवहरूलाई शव व्यवस्थापन कार्यविधि अनुसार अन्तिम संस्कार गरिने तयारी छ।

 

जिल्ला प्रहरी प्रमुखको संयोजकत्वमा गठन भएको शव व्यवस्थापन समितिले आवश्यक प्रक्रिया पूरा गरेर व्यवस्थापन गर्ने जिल्ला प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी दिनु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकको आरके फेसनमा किन आए ‘कुल बोइ’ पासरबम ठकुरी ?

दमक, १४ भदौ। चर्चित कलाकार पारसबम ठकुरी दमकमा रहेको आरके फेसन स्टोरमा देखिएपछि उहाँका प्रशंसकको भीड लागेको छ।आरके फेसन स्टोरको १५औँ वार्षिकोत्सवको अवसरमा खड्का दमक

विपद्मा सरकारसँगै छौँ, तर कमजोरीमा खबरदारी गर्छौँ : गगन थापा

काठमाडौं , भदौ १४ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भोटेकोशी बाढीपछि उत्पन्न विपद् व्यवस्थापनमा सरकारलाई पूर्ण रूपमा साथ दिने बताएका छन् । साथै, प्रमुख

शिक्षक मृत्यु, कुटपिट गरी हत्या गरिएको परिवारको आरोप

भोजपुर,१४ भदौ। भोजपुरको केपिलासगढी गाउँपालिका–७ सुङ्देलस्थित सूर्य माध्यमिक विद्यालयका शिक्षक भानुभक्त राईको कुटपिटबाट मृत्यु भएको छ। धार्मिक तथा पर्यटकीयस्थल सालपा पोखरीमा ऋषितर्पणी पूर्णिमाको अवसरमा लागेको

रसुवामा कार्यरत भोजपुरका ४ जना सम्पर्कविहीन

भोजपुर,१३ भदौ । भोटेकोशी बाढीपछि भोजपुरका चार जना सम्पर्कविहीन भएका छन् । रोजगारीका सिलसिलामा रसुवा पुगेका उनीहरू बाढीपछि परिवार तथा आफन्तको सम्पर्कमा नआएको जिल्ला प्रहरी

बाढीपीडितका लागि राहत बोकेर नुवाकोट पुगे मिराज ढुंगानासहितको टोली

काठमाडौं , भदौ १४ । जेनजी अभियन्ता मिराज ढुंगानालगायतको टोली नुवाकोटको बाढी प्रभावित क्षेत्रमा राहत लिएर पुगेको छ ।नुवाकोट दरबारमा उद्धार गरी ल्याइएका बाढीपीडितहरूको क्याम्पमा

भेनमा लुकाएर ल्याइएको ५ लाखको हुक्का फ्लेवर बरामद

झापा, भदौ १४ । अवैध सामानको ओसारपसार नियन्त्रणमा लगातार खटिदै आएको सशस्त्र प्रहरीले आज बिहान भेनसहित ५ लाखको अवैध सामान बरामद गरेको छ ।बिहान ७.१०