झापामा बढ्दै जापानी इन्सेफलाइटिस, मेचीनगर बन्यो संक्रमणको ‘हटस्पट’

झापा, भदौ १२ । ६ जनाको मृत्यु भइसकेको झापामा जापानिज इन्सेफ्लाइटिस९जेई० को थप एकजना संक्रमित देखिएका छन् ।मेचीनगर ६ प्रगति टोलकी ६६ वर्षीया महिलामा बुधवार जेईको संक्रमण देखिएको हो । योसंगै झापामा जेई संक्रमितको संख्या १२ पुगेको छ । त्यसमध्ये ६ जनाको मृत्यु भएको हो । दुईजना उपचारमा रहेको र चारजना उपचारपछि घर फर्किएका छन् ।

यसैबीच झापाको मेचीनगर जापानिज इन्सेफ्लाइटिस९ जेई० को इपिसेन्टर बन्दै गएको छ ।
नगरपालिका स्वास्थ्य शाखाको बार्षिक तथ्यांक हेर्ने हो भने गत तीन वर्षमा ५ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले अघिल्लो वर्ष १ जना, गत वर्ष २ जना, चालू आर्थिक वर्षमा २ जनाको मृत्यु भएको र संक्रमितहरूको संख्या पनि बढिरहेको जानकारी दिइन् ।मेचीनगरमा संक्रमित भएका ६ जनामध्ये वडा नम्बर १४ स्थित पाटनसरवारीका ५४ वर्षीया महिलाको साउन १६ गते बीएण्डसी अस्पतालमा मृत्यु भएको थियो ।त्यसैगरी वडा नम्बर ८ को दुर्गा मन्दिर टोलका ६६ वर्षीया महिलाको साउन २६ गते बीएण्डसी अस्पतालमा मृत्यु भएको थियो ।संक्रमित हुने ६ जनामा मेचीनगर–७ र ८ का २ जना निको भएर घर फर्किएका छन् भने वडा नम्बर ६ र ११ का २ जना अस्पतालमा उपचार गरिरहेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राहत र उद्धारमा बागमती सरकार फिल्डमै

काठमाडौं, भदौ १२ । रसुवामा आएको भीषण बाढीबाट प्रभावित नागरिकको जीवनरक्षा, उद्धार, राहत, उपचार तथा पुनःस्थापनालाई उच्च प्राथमिकतामा राख्दै बागमती प्रदेश सरकार फिल्डमै परिचालित भएको

भोटेकोशीको बाढी स्याप्रुबेसीसम्म पुग्यो, त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं , १२ भदौ। रसुवामा भोटेकोशी नदीमा बाढी बढिरहेको भन्दै त्रिशूली नदीको तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।बाढी पूर्वानुमान महाशाखाले भदौ १२

बाढीमा फसेका जलविद्युत् आयोजनाका कर्मचारीको उद्धार तीव्र

काठमान्डौ ,१२ भदौ । नेपाल विद्युत् प्राधिकरणले बाढीका कारण विभिन्न जलविद्युत् आयोजनामा फसेका कर्मचारी तथा मजदुरको उद्धारलाई तीव्रता दिएको छ। आज उद्धारका लागि आवश्यक सामग्री,

कोशी ब्यारेजमा पानीको सतह खतराको तहमा, १५ ढोका खोलियो

सुनसरी , १२ भदौ । कोशी ब्यारेजमा पानीको बहाव बढेर खतराको तहमा पुगेको छ। शुक्रबार दिउँसो १२ बजेर १७ मिनेटको मापन अनुसार ब्यारेजमा पानीको बहाव

ताल फुट्ने जोखिम बढेपछि तिब्बतमा उद्धार अभियान स्थगित

काठमाडौं, १२ भदौ । पहिरोका कारण बनेको तालको जलस्तर बढ्दै गएपछि चीनले तिब्बतमा जारी उद्धार अभियान स्थगित गरेको छ। चिनियाँ सरकारी प्रसारक सीसीटीभीका अनुसार ताल

चीनतर्फ ताल फुटेको सूचना, सुरक्षित रहन रसुवाका सीडीओको आग्रह

१२ भदौ, काठमाडौं । चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेको छ । चिनियाँ पक्षबाट उक्त ताल फुटेको जानकारी