ताल फुट्ने जोखिम बढेपछि तिब्बतमा उद्धार अभियान स्थगित

काठमाडौं, १२ भदौ । पहिरोका कारण बनेको तालको जलस्तर बढ्दै गएपछि चीनले तिब्बतमा जारी उद्धार अभियान स्थगित गरेको छ।

चिनियाँ सरकारी प्रसारक सीसीटीभीका अनुसार ताल भरिएर पानी उद्धार टोली खटिएको क्षेत्रतर्फ बग्न थालेपछि सबै उद्धार टोलीलाई सुरक्षित स्थानमा फर्किन र थप निर्देशनको प्रतीक्षा गर्न भनिएको छ। उद्धार टोलीलाई घटनास्थलबाट करिब एक किलोमिटर टाढा हटाइएको छ।

बुधबार तिब्बतको केरुङ क्षेत्रमा ठूलो पहिरो खसेपछि थुप्रिएको माटो र भग्नावशेषका कारण ताल बनेको थियो। पहिरोमा परी अझै सयौँ मानिस बेपत्ता रहेको बताइएको छ।

निरन्तर वर्षाका कारण आगामी तीन दिनसम्म तालको जलस्तर बढ्ने र सेप्टेम्बर १ आसपास उच्च बिन्दुमा पुग्ने अनुमान गरिएको छ। ताल फुटेमा केरुङ बन्दरगाहसहित तल्लो तटीय क्षेत्रमा थप बाढी र क्षति हुन सक्ने जोखिम रहेको चिनियाँ अधिकारीहरूले बताएका छन्।

सीसीटीभीका अनुसार शुक्रबारसम्म ४९९ चिनियाँ नागरिक र ५५५ विदेशी नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ। बेपत्ताको खोजीका लागि ड्रोनबाट थ्रीडी मोडलिङ, थर्मल इमेजिङ तथा प्रत्यक्ष खोजी प्रविधि प्रयोग भइरहेको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

लेदो पन्छाउँदै, सामान जोगाउँदै स्थानीय

काठमाडौँ ,भदौ १३ । भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढीका कारण धादिङको बैरेनी बजारका घरहरू क्षतिग्रस्त भएका छन्। बाढी साम्य भएपछि पीडित स्थानीयहरू घरभित्र जमेको

मेला जाँदै गरेको ट्र्याक्टर दुर्घटना, एकको मृत्यु, ३३ घाइते

झापा, भदौ १३ । खोटाङमा ठूलो संख्यामा ट्रयाक्टरमा चढेर मेला हेर्न जाँदै गर्दा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन्

विदेशी पत्रकारलाई बाढी रिपोर्टिङमा अनुमति झन्झट

काठमाडौं ,भदौ १३ । रसुवाको भोटेकोशीमा आएको विनशकारी बाढीको समाचार संकलन अर्थात रिपोर्टिङमा आएका विदेशी संचारमाध्यम र संचारकर्मीहरुलाई प्रदान गरिने प्रेस प्रतिनिधि अनुमति पत्र लिन

रसुवा बाढीमा हराएका पाँच युवा खोज्दै चितवन पुगे पाँच परिवार

चितवन,१३ भदौ । वीरगन्ज महानगरपालिका–२२, जगरनाथपुरको एकै टोलका ५ परिवार हिजो शुक्रबारदेखि भरतपुरमा छन्।एकै टोलका पाँच युवा रसुवा बाढीमा हराएपछि उनीहरू भेटिन्छन् कि भनेर उनीहरू

त्रिशूली–३ ‘ए’ सुरुङमा उद्धार तीव्र, ८२ जना खटिए

काठमाडौँ , भदौ १३ । रसुवास्थित त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलभित्र फसेका मानिसहरूको उद्धारका लागि सरकारले विगत दुई दिनदेखि प्रयास जारी राखेको छ। सोही

रसुवा पुगेका सुजन सम्पर्कविहीन, परिवार मोबाइलको घण्टीको पर्खाइमा

बुटवल , भदौ १३ । ‘आज सामान नाका पास हुन्छ, त्यसपछि ट्रक लिएर आउँछु।’भदौ ९ गते राति श्रीमती सुस्मा श्रेष्ठसँग फोनमा कुरा गर्दा २७ वर्षीय