सुनसरी , १२ भदौ । कोशी ब्यारेजमा पानीको बहाव बढेर खतराको तहमा पुगेको छ। शुक्रबार दिउँसो १२ बजेर १७ मिनेटको मापन अनुसार ब्यारेजमा पानीको बहाव १ लाख ३४ हजार २ सय २५ क्युसेक पुगेको छ। पानीको सतह अहिले स्थिर अवस्थामा रहेको जनाइएको छ। पानीको सतह खतराको तहमा पुगेपछि ब्यारेजका १५ वटा ढोका खोलिएको छ। कोशी नदी आसपासका बासिन्दालाई सतर्क रहन र नदी किनारमा नजान आग्रह गरिएको छ।

लेदो पन्छाउँदै, सामान जोगाउँदै स्थानीय
काठमाडौँ ,भदौ १३ । भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढीका कारण धादिङको बैरेनी बजारका घरहरू क्षतिग्रस्त भएका छन्। बाढी साम्य भएपछि पीडित स्थानीयहरू घरभित्र जमेको







