केरुङ पहिरो

३ को मृत्यु, ५५८ बेपत्ता, उद्धार तीव्र

एजेन्सी,१२ भदौ । दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा पर्ने चीन–नेपाल सीमा नाका केरुङमा आएको पहिरोबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमा चिनियाँ टोलीले पनि सक्रियता बढाएको छ ।शुक्रबार बिहान ३० सदस्यीय उद्धार टोली पहाडी क्षेत्रमा कठिन पैदल यात्रा प्रभावित क्षेत्रतर्फ अघि बढेको छ । उक्त पहिरोमा तीन जनाको मृत्यु भएको छ भने सयौँ व्यक्ति अझै बेपत्ता छन्।

 

सिजाङ र छिमेकी सिचुआन प्रान्तका अग्निनियन्त्रकहरू सम्मिलित उक्त टोली सीमा नाकाबाट पाँच–छ किलोमिटर टाढा रहेको प्रभावित प्रस्थान गरेको थियो।टोलीले खोजीका लागि तालिमप्राप्त कुकुर तथा बेल्चा, गैँती र जीवन पत्ता लगाउने उपकरणजस्ता हलुका सामग्री बोकेका छन् । उनीहरूले जङ्गली तथा दुर्गम बाटो हुँदै पाँच घण्टाभन्दा बढी पैदल यात्रा गर्दैछन् ।नेपालतर्फबाट सुरु भएको पहिरो बुधबार बिहान सिजाङको केरुङ काउन्टीस्थित केरुङ नाकामा आइपुगेको थियो। बिहीबार बिहान ८ बजेसम्म तीन जनाको मृत्यु भएको, ५५८ जना अझै बेपत्ता रहेको र स्थानीय दुई जना गाउँलेको उद्धार गरिएको जनाइएको छ।

 

आपतकालिन व्यवस्थापन मन्त्रालयका अनुसार पहिलो चरणमा १४१ जना उद्धारकर्मीको टोली बिहीबार बिहानै केरुङ नाकामा पुगेको थियो। खोज तथा उद्धार कार्यमा हेलिकप्टर, ड्रोन र भू–उपग्रहसमेत परिचालन गरिएको छ।यसैबीच, प्रभावित क्षेत्रमा सकेसम्म छिटो ठूला मेसिन तथा उपकरण प्रवेश गराउन सडक मर्मतको काम भइरहेको छ । सञ्चार तथा विद्युत् आपूर्ति संरचनाको पुनःस्थापना पनि चरणबद्ध रूपमा अघि बढिरहेको छ।विपद् प्रभावित क्षेत्रबाट उद्धार गरिएका कुल ४९९ जना गाउँले तथा निर्माण मजदुरलाई सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ।

 

यसैगरी, संस्कृति तथा पर्यटन निकायको समन्वयमा प्रभावित ५५५ जना पर्यटकलाई उद्धार गरी अन्यत्र स्थानान्तरण गरिएको छ। हाल कुनै पनि पर्यटक अलपत्र अवस्थामा नरहेको जनाइएको छ।नागरिक उड्डयन निकायहरू पनि उद्धार कार्यमा सहभागी भएका छन्। बिहीबार दिउँसो ३ बजेसम्म नागरिक उड्डयन सेवामार्फत ३२४ जना उद्धारकर्मीलाई प्रभावित क्षेत्रमा पुर्‍याइएको र २४ टन उद्धार सामग्री, दैनिक उपभोग्य वस्तु तथा चिकित्सा सामग्री ढुवानी गरिएको थियो। यसबाट आपत्कालीन प्रतिकार्य तथा प्रभावित बासिन्दाको उद्धार र स्थानान्तरणमा सहयोग पुगेको छ।सीसीटीभीप्लस

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पाकिस्तानी प्रधानमन्त्री शरिफले प्रधानमन्त्री शाहसँग गरे कुराकानी

काठमाडौं, १२ भदौ । प्रधानमन्त्री बालेन शाह र पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफबीच कुराकानी भएको छ। शुक्रबार शरिफले प्रधानमन्त्री शाहसँग कुराकानी गर्दै रसुवामा आएको बाढीपहिरोबाट भएको

मन्त्रिपरिषद्का तीन निर्णय सार्वजनिक

काठमाडौं ,१२ भदौ ।  सरकारले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक गरेको छ। बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यको एक महिनाको तलब तथा पारिश्रमिक

रसुवा सडक सञ्जालमा जोडियो, वैकल्पिक मार्ग सञ्चालनमा

१२ भदौ, काठमाडौं । बाढीबाट सबैभन्दा बढी प्रभावित जिल्ला रसुवा सडक सञ्जालमा जोडिएको छ । भौतिक पूर्वाधार मन्त्रालयका अनुसार काठमाडौं–टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड ४

३६ घण्टामै उद्धार कोषमा पौने २ अर्ब सहयोग

काठमाडौं ,१२ भदौ ।  प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टाको अवधिमा १ अर्ब ९१ करोड ८६ लाख रुपैयाँभन्दा बढी सहयोग रकम जम्मा भएको छ।

बाढीमा बेपत्ता असई पौडेलको शव चितवनमा भेटियो

काठमाडौं ,१२ भदौ । रसुवास्थित प्रहरी चौकी बेत्रावतीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रामकाजी पौडेल मृत भेटिनु भएको छ। तिब्बतबाट भोटेकोशीमा आएको बाढीमा परेर बेपत्ता

सरकारद्वारा भारत र चीनसँग ४२ वटा बेलिब्रिज सहयोगको अपिल

काठमाडौं ,१२ भदौ। सरकारले बाढी प्रभावित क्षेत्रको आवत जावत सुचारु गर्नका लागि भारत र चीनलाई तत्काल ४२ वटा बेलिब्रिज बनाइदिन माग गरेको छ ।परराष्ट्र मन्त्रालय