भारतसँग जीटूजीमार्फत २५ हजार मेट्रिक टन डीएपी मल खरिद गरिँदै

काठमाडौँ , भदौ १२ ।सरकारले भारत सरकारसँग सरकार–सरकार (जीटूजी) खरिद माध्यमबाट २५ हजार मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

उनका अनुसार बैठकले कृषकलाई समयमै रासायनिक मल उपलब्ध गराउने उद्देश्यले भारतसँगको जीटूजी माध्यमबाट डीएपी मल खरिद गर्ने प्रक्रिया अघि बढाउन कृषि सामग्री कम्पनी लिमिटेडलाई अनुमति दिइएको हो ।सरकारको स्वीकृतिपछि कम्पनीले आवश्यक खरिद प्रक्रिया अघि बढाउनेछ । मलको उपलब्धता सुनिश्चित गर्दै आगामी कृषि ‘सिजन’मा किसानले भोग्दै आएको रासायनिक मलको अभाव कम गर्ने सरकारको लक्ष्य रहेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

यमपञ्चकको पहिलो दिनः आजै धनवन्तरी जयन्ती

काठमाडौं,२१ कार्तीक । वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीन चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धनवन्तरीको उत्पत्ति भएको सम्झनामा आज धनवन्तरी जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष कार्तिक

विश्वकप छनोट प्ले–अफ नेपालमा हुने, तालिका सार्वजनिक

काठमाडौं ,२१ कार्तीक। आईसीसी विश्वकप छनोट प्ले–अफ नेपालमा हुने भएको छ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार प्रतियोगिता आउँदो डिसेम्बर ४ तारिख अर्थात् मंसिर १८ गतेदेखि

पाथीभराबाट देखियो मकालु हिमाल

ताप्लेजुङ ,२१ कार्तीक। ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभराबाट देखिएको मकालु हिमालको चुचुरो । मकालु हिमाल विश्वको पाँचौँ र नेपालको चौथो अग्लो हिमाल हो । समुद्र

अन्य जिल्लाको नागरिकताको प्रतिलिपि अब सर्लाहीबाटै पाइने

सर्लाही,२१ कार्तीक । अन्य जिल्लाबाट नागरिकता प्राप्त गरेका व्यक्तिले अब सर्लाहीबाटै नेपाली नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय सर्लाहीले शुक्रबार एक

भोजपुरमा राति ९ बजेसम्म मात्र देउसीभैलो खेल्न प्रशासनको आग्रह

भोजपुर,२१ कार्तीक । जिल्ला प्रशासन कार्यालय भोजपुरले शुभ दीपावली पर्वलाई सभ्य, सुरक्षित र मर्यादित रूपमा मनाउन जिल्लावासीलाई आग्रह गरेको छ । राति नौ बजे सम्म

कागको भाषा निकालेर रमेश दुलालले गरे २३औँ काग सम्मेलन

काठमाडौं,२१ कार्तीक । काग तिहार २०८३ को अवसरमा चर्चित एबम बहुप्रतिभाशाली कलाकार रमेश दुलाल ‘कागे’ले काठमाडौंको दरबारमार्गस्थित नारायणहिटी दरबार संग्रहालय अगाडि सयौँ काग बोलाएर २३औँ

तुलाधरको संघर्ष र योगदानबाट नयाँ पुस्ताले सिक्नुपर्छ : सुनिता डंगोल

काठमाडौं ,२१ कार्तीक। काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले स्वर्गीय पद्मरत्न तुलाधरले नेपाली समाज, भाषा, राजनीति, आदिवासी जनजातिको अधिकार र मानव अधिकारका क्षेत्रमा पु¥याएको योगदानलाई