१२ भदौ, काठमाडौं । बाढीबाट सबैभन्दा बढी प्रभावित जिल्ला रसुवा सडक सञ्जालमा जोडिएको छ ।
भौतिक पूर्वाधार मन्त्रालयका अनुसार काठमाडौं–टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड ४ चक्के साना सवारीसाधन सञ्चालन हुने गरी सञ्चालन गरिएको छ ।बाढीले मितेरीपुल यता रसुवाभित्र मात्र १३ वटा पुल पूर्ण रुपमा बगाएको छ । नुवाकोट र रसुवा सीमानाका दुई पुल समेत बगेसँगै यो जिल्ला सडक सञ्जालबाट विच्छेद भएको थियो ।
