कांग्रेस इतर पक्षले छुट्टै महाधिवेशन कार्यतालिका ल्याउने

काठमाडौँ ,१३ भदौ । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले १५ औँ महाधिवेशनका लागि छुट्टै कार्यतालिका सार्वजनिक गर्ने भएको छ।१५ औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिनु भएको हो।पार्टीको केन्द्रीय कार्यसमितिको आधिकारिकताको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको उल्लेख गर्दै पार्टीको विधान र संविधान अनुसार वर्तमान कार्यसमितिको पदावधि सकिन लागेको कोइरालाले बताउनु भयो। आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचन र त्यसको केही समयपछि हुने प्रदेश सभा निर्वाचनलाई मध्यनजर गर्दै पार्टीलाई सुदृढ बनाउन महाधिवेशन अनिवार्य भएको उहाँले उल्लेख गर्नु भयो।

 

‘कथित विशेष महाधिवेशनबाट स्वघोषित कार्यसमितिले गर्ने गराउने अधिवेशन तथा महाधिवेशन सम्बन्धी गतिविधिमा सामेल नभई चौधौँ महाधिवेशनबाट निर्वाचित वैधानिक कार्यसमितिले गराउने महाधिवेशनको तयारीमा जुट्न सबै तहका साथीहरूलाई हार्दिक अनुरोध गर्दछु,’ विज्ञप्तिमा उल्लेख छ।डा. कोइरालाले १५ औँ महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गरी प्रक्रिया प्रारम्भ गरिने जानकारी दिनु भएको छ। यसका लागि क्रियाशील सदस्यता व्यवस्थापन समिति, छानबिन समिति र निर्वाचन समिति गठन लगायतका कार्यहरू पूर्व निर्धारित कार्यतालिका बमोजिम अगाडि बढाइने उहाँले बताउनु भयो।

 

विज्ञप्तिमा अदालतबाट न्याय पाउनेमा आफूहरू विश्वस्त रहेको समेत उल्लेख छ। आवेग, उत्तेजना र षडयन्त्रको राजनीति नगरी संयमता र धैर्यताका साथ अघि बढ्ने प्रतिबद्धता उहाँले जनाउनु भयो। अदालतले महाधिवेशन रोक्न आदेश नदिएको अवस्थामा चौधौँ महाधिवेशनबाट निर्वाचित वैधानिक कार्यसमितिले नै १५ औँ महाधिवेशन गराउने उहाँको जिकिर छ।यस्तै विज्ञप्ति मार्फत डा.कोइरालाले गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले पुर्‍याएको अपूरणीय जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नु भयो। उहाँले बेपत्ताको खोजी, उद्धार र राहतका लागि सरकारको ध्यानाकर्षण गराउँदै मानवीय सेवामा जुट्न पार्टीका सबै तहका कार्यकर्तालाई आह्वान गर्नु भएको छ।

787073852_1333132848758601_7707548145377577986_n

786467594_4360702530850597_3401796603428569465_n

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

उदयपुरका १४६ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

उदयपुर ,२१ कार्तीक। उदयपुरमा लामो समयदेखि जग्गाको कानुनी स्वामित्वबाट वञ्चित १४६ भूमिहीन परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। जिल्लाका चार स्थानीय तहका भूमिहीन दलित

मागभन्दा उत्पादन ८०० मेगावाट बढी हुने प्राधिकरणको प्रक्षेपण

काठमाडौं ,२१ कार्तीक। नेपाल विद्युत् प्राधिकरणले यस वर्षको तिहारमा विद्युतको अधिकतम मागभन्दा उत्पादन बढी हुने प्रक्षेपण गरेको छ । प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन साँझ विद्युतको

यमपञ्चकको पहिलो दिनः आजै धनवन्तरी जयन्ती

काठमाडौं,२१ कार्तीक । वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीन चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धनवन्तरीको उत्पत्ति भएको सम्झनामा आज धनवन्तरी जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष कार्तिक

विश्वकप छनोट प्ले–अफ नेपालमा हुने, तालिका सार्वजनिक

काठमाडौं ,२१ कार्तीक। आईसीसी विश्वकप छनोट प्ले–अफ नेपालमा हुने भएको छ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार प्रतियोगिता आउँदो डिसेम्बर ४ तारिख अर्थात् मंसिर १८ गतेदेखि

पाथीभराबाट देखियो मकालु हिमाल

ताप्लेजुङ ,२१ कार्तीक। ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभराबाट देखिएको मकालु हिमालको चुचुरो । मकालु हिमाल विश्वको पाँचौँ र नेपालको चौथो अग्लो हिमाल हो । समुद्र

अन्य जिल्लाको नागरिकताको प्रतिलिपि अब सर्लाहीबाटै पाइने

सर्लाही,२१ कार्तीक । अन्य जिल्लाबाट नागरिकता प्राप्त गरेका व्यक्तिले अब सर्लाहीबाटै नेपाली नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय सर्लाहीले शुक्रबार एक

भोजपुरमा राति ९ बजेसम्म मात्र देउसीभैलो खेल्न प्रशासनको आग्रह

भोजपुर,२१ कार्तीक । जिल्ला प्रशासन कार्यालय भोजपुरले शुभ दीपावली पर्वलाई सभ्य, सुरक्षित र मर्यादित रूपमा मनाउन जिल्लावासीलाई आग्रह गरेको छ । राति नौ बजे सम्म