विपद्मा सरकारसँगै छौँ, तर कमजोरीमा खबरदारी गर्छौँ : गगन थापा

काठमाडौं , भदौ १४ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भोटेकोशी बाढीपछि उत्पन्न विपद् व्यवस्थापनमा सरकारलाई पूर्ण रूपमा साथ दिने बताएका छन् । साथै, प्रमुख प्रतिपक्षी दलका रूपमा सरकारका कमजोरी र सुधार गर्नुपर्ने पक्ष औँल्याउनु पनि कांग्रेसको जिम्मेवारी रहेको उनले बताए ।

भोटेकोशी बाढीपछि उत्पन्न विपद् व्यवस्थापनमा कांग्रेसले गरिरहेको काम र आगामी योजनाबारे आयोजित छलफल कार्यक्रममा थापाले विपद्का बेला सरकारसँग काँधमा काँध मिलाएर अघि बढ्नु कांग्रेसको कर्तव्य भएको बताए ।‘नेपाली कांग्रेस पार्टीले विपद्को बेलामा सरकारसँग काँधमा काँध मिलाएर आफ्ना कदमहरू अगाडि बढाउँछ । हामीले पूर्ण रूपमा साथ दिने हाम्रो कर्तव्य हो । हामी गर्छौं, गरिरहेका छौँ र थप गर्छौं,’ उनले भने ।सरकारलाई सहयोग गर्नुका साथै प्रमुख प्रतिपक्षी दलका रूपमा सरकार कहाँ चुकेको छ भन्ने विषय औँल्याउनु पनि आफ्नो जिम्मेवारी भएको थापाको भनाइ छ ।‘सरकार कहाँनिर चुकेको छ, चुकेको ठाउँ बताउने पनि हाम्रो कर्तव्य हो। कमीकमजोरी कहाँनिर भएको छ, देखाउने र कहाँनिर सुधार गर्नुपर्ने हो, त्यो बताउने पनि हाम्रो कर्तव्य हो,’ उनले भने ।

सरकारका कमजोरीबारे खबरदारी नगरे एकोहोरो ढंगले काम हुने र विपद्मा परेका नागरिकका वास्तविक समस्या सरकारसम्म नपुग्ने उनले बताए । ‘ती कुराहरू बताइएन भने फेरि एकमन ढंगले जान्छ । भुइँमान्छेका कुराहरू सरकारसँग पुग्दैनन्,’ थापाले भने ।थापाले कांग्रेसले यसअघि सरकारसमक्ष बुझाएको नौबुँदे ध्यानाकर्षण पत्रलाई पुनः प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुपर्नेमा समेत जोड दिए । उनले विपद्को समयमा सरकारले ती नौवटै बुँदालाई गम्भीरतापूर्वक लिनुपर्ने बताए ।विपद् व्यवस्थापनमा संघीय सरकारसँगै प्रदेश र स्थानीय सरकारको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुने थापाको भनाइ छ । प्रदेश तथा स्थानीय सरकारले काम गरिरहेको भए पनि तीन तहका सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको उनले बताए ।

‘विपद्को यो घडीमा संघको सरकार जत्तिकै महत्वपूर्ण भूमिका प्रदेश सरकार र स्थानीय सरकारले पनि निर्वाह गर्नुपर्छ । उनीहरूले गरिरहेका पनि छन् । तर समन्वय हुँदै गर्दा काम गर्यो भने प्रभावकारी परिणाम आउँछ,’ उनले भने ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

डीएनए नमुना संकलन पछि पहिचान नखुलेका शव अस्थायी रूपमा गाडियो

काठमाडौं ,१६ भदौ । बाढीमा परी मृत्यु भएका तर पहिचान हुन नसकेका तथा लामो समय पानीमा रहेका कारण सडेगलेका शवलाई नेपाल सरकारले अस्थायी रूपमा गाडेर

६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त, त्रिविमा शिक्षाध्यक्ष पनि फेरिए

काठमान्डौ,१६ भदौ ।सरकारले त्रिभुवन विश्वविद्यालयसहित ६ वटा विश्वविद्यालयमा नयाँ रजिस्ट्रार नियुक्त गरेको छ। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन शाहले सम्बन्धित विश्वविद्यालयका उपकुलपतिको सिफारिसका आधारमा शिक्षाध्यक्ष

टेबुल नगरिएको भन्दै सदन अवरुद्ध

सुर्खेत,१६ भदौ। कर्णालीका पूर्वमुख्यमन्त्री राजकुमार शर्माले सदन अवरुद्ध गर्नुभयो । आफूले दर्ता गराएको गैरसरकारी विधेयक सदनमा टेबुल नगरिएको भन्दै सदन अवरुद्ध गराउनु भएको हो ।

बाढीबाट हालसम्म १,००३ जनाको मानवीय क्षति, ३,९१६ जना सम्पर्कविहीन

काठमाडौं ,१६ भदौ। रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा त्यसबाट विभिन्न जिल्लामा पुगेको क्षतिका कारण हालसम्म एक हजार ३ जनाको मानवीय क्षति भएको छ ।

नवलपरासीमा लागुऔषध कारोबारीमाथि गोली प्रहार

काठमाडौं,१५ भदौ ।पश्चिम नवलपरासी स्थित रामग्राम नगरपालिकामा प्रहरीले गोली चलाएको छ । लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले लागुऔषध कारोबारीमाथि गोली प्रहार गरेको हो । ब्यूरोको

बाढी प्रभावितका लागि सभामुखले एक महिनाको पारिश्रमिक सहयोग गर्ने

काठमाडौं ,१६ भदौ। सभामुख डोल प्रसाद डीपी अर्यालले हालै आएको भीषण बाढी तथा विपदबाट प्रभावितहरूको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले एक महिनाको