बाढीपीडितका नाममा जथाभावी सहयोग नउठाउन प्रशासनको चेतावनी

झापा, भदौ १४ । रसुवा भोटेकोशीका बाढीपीडितहरुको नाममा जथाभावी आर्थिक एवं अन्य राहत सामग्री संकलन गर्ने क्रियाकलाप नगर्न जिल्ला प्रशासन कार्यालय झापाले चेतावनी दिएको छ ।झापामा विभिन्न व्यक्ति र संघ संस्थाहरुले बाढी प्रभावितहरुको नाममा राहत संकलन गर्न थालेपछि जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी त्यस्तो चेतावनी दिएको हो ।

यो सूचना विपरितको कार्य कुनै व्यक्ति वा संघ संस्थाले गरेको पाइएमा नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालय , जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हेडक्वार्टर झापामा जानकारी गराउन अनुरोध गरिएको छ ।कार्यालयले आर्थिक सहयोग गर्न चाहनु हुने इच्छुक व्यक्ति, संघ संस्थाहरुले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खाता नं. यकिन गरेर मात्र सहयोग रकम जम्मा गर्न अनुरोध गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतबारे पालिका प्रमुखहरूसँग रविको छलफल

काठमाडौँ ,१४ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले भोटेकोशी बाढी प्रभावित क्षेत्रका पालिका प्रमुखसँग उद्धार तथा राहत व्यवस्थापनबारे छलफल गर्नु भएको छ।आइतबार

भोटेकोशी बाढीको क्षति भयावह, ७८८ शव फेला; उद्धारमा झन्डै ८ हजार प्रहरी

काठमाडौं , भदौ १४ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपछि २५ जना प्रहरी कर्मचारी हालसम्म सम्पर्कविहीन रहेको नेपाल प्रहरीले जनाएको छ ।बाढी प्रभावित क्षेत्रमा खोज

भोटेकोशी बाढी राष्ट्रिय विपत्ति हो, विपत्तिमाथि राजनीति नगरौँ : ओली

काठमाडौं , भदौ १४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको क्षति राष्ट्रिय शोक र पीडाको विषय भएको बताएका छन्

बाढीपीडितको उद्धारमा रास्वपा २४ घण्टा मैदानमा : प्रवक्ता खरेल

काठमाडौं , भदौ १४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोटेकोशी बाढीपछि खोजी, उद्धार तथा राहत कार्यलाई प्राथमिकतामा राखेर पार्टीका नेता तथा कार्यकर्तालाई प्रभावित क्षेत्रमा

उद्धारमा विदेशी टोली परिचालन, शव व्यवस्थापनमा चुनौती

काठमाडौँ ,१४ भदौ। भोटेकोशीमा आएको बाढीको कारण ठुलो मानवीय र भौतिक क्षति भएको छ ।बुधवार रसुवा भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा जिल्लासमेत प्रभावित

बाढीपीडितको साथमा ‘फिरिरी’, १० लाखभन्दा बढीको राहत प्रदान

काठमाडौं , भदौ १४ । नेपाली युवाद्वारा स्थापित डिजिटल कम्पनी फिरिरी भेन्चर्सले बाढी प्रभावित क्षेत्रमा १० लाख रुपैयाँ बढीको राहत सामग्री उपलब्ध गराएको छ ।गत