नेपालमा भारतीय फरेन्सिक टोली परिचालन, केका लागि आयो टोली?

काठमाडौँ , भदौ १४ । भारतले भोटेकोशीमा हालै आएको बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिहरूको डीएनए नमुना विश्लेषण तथा शव पहिचानमा सहयोग गर्न फरेन्सिक टोली परिचालन गरेको छ। आइतबार दिउँसोसम्म बाढीपहिरोमा मृत्यु हुनेको संख्या ७३४ पुगेको छ।भारतको विदेश मन्त्रालयका अनुसार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालमा परिचालित भारतीय फरेन्सिक टोलीसँग भेट गरेका छन्।

विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले एक्समा लेखेका छन्, ‘राजदूत नवीन श्रीवास्तवले नेपालमा परिचालित भारतीय फरेन्सिक टोलीका सदस्यहरूसँग भेट गर्नुभयो। टोलीले नेपाली समकक्षीसँग मिलेर डीएनए नमुना विश्लेषण गर्नेछ र हालै आएको बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिहरूको शव पहिचानमा सहयोग गर्नेछ।’श्रीवास्तवले पनि एक्समा लेखेका छन्, ‘काठमाडौं आएको चौथो राहत उडानसँगै आइपुगेको भारतीय फरेन्सिक टोलीका सदस्यहरूसँग भेट गरेँ। उनीहरूले नेपाली समकक्षीसँग मिलेर रसुवामा आएको विनाशकारी बाढीपहिरोमा ज्यान गुमाएकाहरूको डीएनए नमुना विश्लेषणमा सहयोग गर्नेछन्। नेपालमा जारी राहत तथा उद्धार प्रयासमा भारतले निरन्तर बलियो सहयोग गर्नेछ।’भारतले यसअघि पनि नेपाललाई राहत सामग्री उपलब्ध गराउँदै आएको छ। नेपालले भने बाढीपहिरोमा भेटिएका ६०० भन्दा बढी शवको पहिचान गर्न फरेन्सिक प्रयोगशाला तथा तीव्र डीएनए परीक्षणका लागि थप सहयोग मागेको छ।नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले आइतबार भने, ‘हामी फरेन्सिक प्रयोगशालाका लागि थप सहयोग खोजिरहेका छौँ। हामीले ६०० भन्दा बढी शव फेला पारेका छौँ, जसमध्ये धेरैको पहिचान गर्न निकै कठिन अवस्था छ। हामीले तीव्र रूपमा डीएनए परीक्षण गर्नुपर्ने भएकाले त्यस्तो सहयोग खोजिरहेका छौँ र यसका लागि सक्रिय रूपमा समन्वय गरिरहेका छौँ।’

यसअघि भारतले नेपालमा जारी उद्धार तथा राहत अभियानलाई सहयोग गर्न आवश्यक सामग्री तथा विशेष प्राविधिक क्षमता बोकेको चौथो उडान काठमाडौं पठाएको थियो।भारतका विदेशमन्त्री एस। जयशंकरले एक्समा लेखेका छन्, ‘चौथो भारतीय उडान काठमाडौंमा अवतरण गरेको छ। यसले नेपालमा जारी उद्धार तथा राहत अभियानलाई सहयोग गर्न आवश्यक सामग्री र प्राविधिक क्षमता ल्याएको छ।’यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ९एनडीआरआरएमए० का अनुसार आइतबार बिहानसम्म नेपालमा भोटेकोशी बाढीका कारण मृत्यु हुनेको संख्या ७३४ पुगेको छ भने २ हजार ४१९ जना बेपत्ता वा सम्पर्कविहीन छन्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भोटेकोशी बाढी राष्ट्रिय विपत्ति हो, विपत्तिमाथि राजनीति नगरौँ : ओली

काठमाडौं , भदौ १४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको क्षति राष्ट्रिय शोक र पीडाको विषय भएको बताएका छन्

बाढीपीडितको उद्धारमा रास्वपा २४ घण्टा मैदानमा : प्रवक्ता खरेल

काठमाडौं , भदौ १४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोटेकोशी बाढीपछि खोजी, उद्धार तथा राहत कार्यलाई प्राथमिकतामा राखेर पार्टीका नेता तथा कार्यकर्तालाई प्रभावित क्षेत्रमा

उद्धारमा विदेशी टोली परिचालन, शव व्यवस्थापनमा चुनौती

काठमाडौँ ,१४ भदौ। भोटेकोशीमा आएको बाढीको कारण ठुलो मानवीय र भौतिक क्षति भएको छ ।बुधवार रसुवा भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा जिल्लासमेत प्रभावित

बाढीपीडितको साथमा ‘फिरिरी’, १० लाखभन्दा बढीको राहत प्रदान

काठमाडौं , भदौ १४ । नेपाली युवाद्वारा स्थापित डिजिटल कम्पनी फिरिरी भेन्चर्सले बाढी प्रभावित क्षेत्रमा १० लाख रुपैयाँ बढीको राहत सामग्री उपलब्ध गराएको छ ।गत

फ्रिजरदेखि डीएनए किटसम्म अभाव, शव व्यवस्थापनमा सरकारलाई सकस

काठमाडौं , भदौ १४ । भोटेकोशी बाढीपछि संकलित शवहरू कुहिन थालेपछि सुरक्षित व्यवस्थापन सरकारका लागि मुख्य चुनौती बनेको छ । शव सुरक्षित राख्न कम्तीमा एक हजार

बाढी प्रभावितको सेवामा काठमाडौं महानगरका ७ एम्बुलेन्स परिचालन : सुनिता डंगोल

काठमाडौं , भदौ १४ । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले विपद्को सुरुवाती दिनदेखि नै महानगरले आवश्यकता अनुसार फिल्डमै पुगेर सहजीकरण, सहयोग र हातेमालो गर्दै