जलविद्युत आयोजनाका सुरुङमा फसेकाको उद्धारमा विदेशी टोली परिचालन

काठमाडौं ,१४ भदौ। भोटेकोशी–त्रिशूलीको विनाशकारी बाढीबाट प्रभावित जलविद्युत आयोजनाका सुरुङमा फसेका श्रमिक तथा कर्मचारीको उद्धारका लागि विदेशी उद्धार टोली पनि परिचालन गरिएको छ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगै आइतबारदेखि भारतीय र चिनियाँ उद्धारकर्मीसमेत खोजी तथा उद्धारमा खटिएका छन्। अहिले रसुवा र नुवाकोटका जलविद्युत आयोजनाभित्र थुनिएका श्रमिक तथा कर्मचारीको उद्धारमा सुरक्षा निकाय केन्द्रित छन्।

नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार त्रिशूली–३ ‘ए’, माथिल्लो त्रिशूली–३ ‘बी’, माथिल्लो त्रिशूली–१ र चिलिमे जलविद्युत आयोजनाका सुरुङमा उद्धारको प्रयास भइरहेको छ। थुनिएका सुरुङ खोल्ने काम भइरहेको उहाँले बताउनु भयो।

त्रिशूली–३ ‘ए’ मा नेपाली सेनासहित ९३ जनाको टोली खटिएको छ। माथिल्लो त्रिशूली–१ मा चिनियाँ उद्धार टोली र नेपाली सेना तथा चिलिमेमा भारतीय उद्धार टोली र नेपाली सेना परिचालन गरिएको छ।

शनिबार ५ जना र आइतबार थप ४ जना चिनियाँ उद्धारकर्मी नेपाल आएका छन्। उनीहरू केरुङ हुँदै रसुवा पुगेका हुन्। भारतबाट शुक्रबार ५ सदस्यीय सुरुङ उद्धार टोली रेकीका लागि आएको थियो भने शनिबार थप १३ सदस्यीय टोली प्रभावित क्षेत्रमा पुगेको छ।

उद्धारमा कठिनाइ भइरहेका आयोजनामा माथिल्लो त्रिशूली–३ ‘बी’ मा १२२ जना, त्रिशूली–३ ‘ए’ मा ४२ जना र चिलिमेमा ८ जना सुरुङभित्र हुनसक्ने आशंका गरिएको छ। त्रिशूली–३ ‘बी’ बाट यसअघि ११ जनाको उद्धार भइसकेको छ।

त्यस्तै, माथिल्लो त्रिशूली–१ मा रहेका ५७६ जनामध्ये अहिलेसम्म २५४ जनाको उद्धार भएको छ भने करिब ३०० जना अझै सुरुङभित्र फसेको आशंका गरिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

१७ हजार बालबालिका प्रभावित, शिक्षा र स्वास्थ्यमा गम्भीर असर

काठमाडौं , १५ भदौ। भदौ १० गते रसुवा, नुवाकोट र धादिङमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याउनुका साथै सयौं बालबालिकाको जीवन प्रभावित बनाएको छ

बाढीपहिरोपछि बजार अनुगमन तीव्र, १० विशेष टोली परिचालन हुने

काठमान्डौ,१५ भदौ । अविरल वर्षा पछिको बाढी पहिरोले सडक अवरुद्ध भएपछि बजारमा खाद्यान्न तथा खाना पकाउने ग्यासको अभाव र मूल्यवृद्धि हुन नदिन वाणिज्य,आपूर्ति तथा उपभोक्ता

त्रिशुली थ्री बी सुरुङमा नेपाली सेनाको उद्धार जारी

काठमाडौँ,१५ भदौ ।रसुवाको भोटेकोशी नदिमा आएको बाढीका कारण प्रभावित नुवाकोटको मथिल्लो त्रिसुली थ्री बीको सुरुङमा नेपाली सेनाले आज पनि उद्धार कार्यको प्रयास तीव्र पारेको छ।नेपाल

बाढीले ३२ वटा पुल बगायो, २० अर्बको भौतिक क्षति

काठमाडौँ,१५ भदौ । भदौ १० गते भोटेकोशी नदी हुँदै त्रिशूलीमा उर्लिएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लामा सडक तथा पुल पूर्वाधारमा ठुलो क्षति

नुवाकोटमा भेटिएका थप ३ वटा शवको पहिचान खुल्यो

काठमाडौँ,१५ भदौ । नुवाकोटमा भेटिएका थप ३ वटा शवको पहिचान खुलेको छ ।रसुवाको भोटेकोशीमा आएको बाढीले बगाउँदा मृत्यु भएका थप ३ जनाको शवको पहिचान खुलेको

बालेन- रवि भेट, के भयो कुरा?

काठमान्डौ,१५ भदौ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ। ​भेटमा रसुवाको