बाढीपीडितको साथमा ‘फिरिरी’, १० लाखभन्दा बढीको राहत प्रदान

काठमाडौं , भदौ १४ । नेपाली युवाद्वारा स्थापित डिजिटल कम्पनी फिरिरी भेन्चर्सले बाढी प्रभावित क्षेत्रमा १० लाख रुपैयाँ बढीको राहत सामग्री उपलब्ध गराएको छ ।गत बुधबार भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रका नागरिकलाई फिरिरीले अत्यावश्यक राहत सामग्री उपलब्ध गराएको हो ।कम्पनीले सामाजिक संस्था हामी नेपालीमार्फत उक्त राहत सामग्री उपलब्ध गराएको जनाएको छ ।कम्पनीका प्रवन्ध निर्देशक कुशल खड्काका अनुसार राहत सामग्री प्रभावित क्षेत्रमा पुगिसकेको छ ।

राहत सामग्रीमा नौ सयवटा नयाँ टिसर्ट, खानेपानी र खाद्यान्न सामग्री रहेका छन् ।प्रवन्ध निर्देशक खड्काले बाढी प्रभावित क्षेत्रका नागरिकको सहयोगार्थ थोरै भएपनि आफूहरुले सक्दो सहयोग गरेको बताए ।‘देश ठूलो पीडामा रहेका बेला हरेक नेपालीले केहि न केहि सहयोग गर्न सक्छौं । सहयोग सानो ठूलो हुँदैन तर साँचो हुनुपर्छ भन्ने मान्यताले हामीले पनि यो राहत सामग्री उपलब्ध गराएका हौं,’ प्रवन्ध निर्देशक खड्काले भने, ‘हामी ठूलो कम्पनी त होइनौं । देशभित्रै केहि गर्नुपर्छ भन्ने युवाहरु मिलेर बनेको कम्पनी हो । हामीले सानो भएपनि सहयोग गरेका छौं । बाढीले हाम्रा घर बस्ती बगाउनसक्ला तर एकता, मानवता र आत्मविश्वास बगाउन सक्दैन भन्ने सन्देश हो ।’

नेपाली युवाले निर्माण गरेको डिजिटल सुपर एप फिरिरी साउनदेखि सञ्चालनमा आइसकेको छ ।कम्पनीका अनुसार एपमार्फत राइड–सेयरिङ, खाना डेलिभरी, किराना तथा मार्केटप्लेस, पार्सल तथा लजिस्टिक्स, होटल तथा यात्रा बुकिङ, डिजिटल भुक्तानी, घरजग्गा सेवा, घरायसी मर्मत तथा प्राविधिक सेवा, रोजगारी तथा करिअर, अन–डिमाण्ड भिडियो स्ट्रिमिङ ओटीटी र डिजिटल सिकाइसम्बन्धी सेवा उपलब्ध गराइएको छ ।कम्पनीले यी सबै सेवालाई एउटै प्लेटफर्ममा समेटेर प्रयोगकर्तालाई सहज र एकीकृत डिजिटल अनुभव दिने लक्ष्य राखेको जनाएको छ ।

फिरिरीले स्थानीय व्यवसाय, घरजग्गा व्यवसायी, सेवा प्रदायक, स्वतन्त्र रूपमा काम गर्ने (फ्रिलान्सर)व्यक्ति, शिक्षक तथा रोजगारी खोज्ने व्यक्तिलाई एउटै डिजिटल माध्यमबाट जोड्ने उद्देश्य राखेको कम्पनीको भनाइ छ ।यसबाट रोजगारी सिर्जना, सेवाको पहुँच विस्तार तथा डिजिटल अर्थतन्त्रलाई टेवा पुग्ने अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछाने बीच भेटवार्ता

काठमाडौं ,१५ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नु भयो।भेटका क्रममा सभापति लामिछानेले भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको

बाढी प्रभावितका लागि समानान्तर ग्रुपद्वारा ६३ लाख ३७ हजार सहयोग

काठमाडौं,१५ भदौ । समानान्तर निर्माण सेवा प्रालि र समानान्तर ग्रुपमा कार्यरत कर्मचारीहरूले रसुवाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत

१७ हजार बालबालिका प्रभावित, शिक्षा र स्वास्थ्यमा गम्भीर असर

काठमाडौं , १५ भदौ। भदौ १० गते रसुवा, नुवाकोट र धादिङमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याउनुका साथै सयौं बालबालिकाको जीवन प्रभावित बनाएको छ

बाढीपहिरोपछि बजार अनुगमन तीव्र, १० विशेष टोली परिचालन हुने

काठमान्डौ,१५ भदौ । अविरल वर्षा पछिको बाढी पहिरोले सडक अवरुद्ध भएपछि बजारमा खाद्यान्न तथा खाना पकाउने ग्यासको अभाव र मूल्यवृद्धि हुन नदिन वाणिज्य,आपूर्ति तथा उपभोक्ता

त्रिशुली थ्री बी सुरुङमा नेपाली सेनाको उद्धार जारी

काठमाडौँ,१५ भदौ ।रसुवाको भोटेकोशी नदिमा आएको बाढीका कारण प्रभावित नुवाकोटको मथिल्लो त्रिसुली थ्री बीको सुरुङमा नेपाली सेनाले आज पनि उद्धार कार्यको प्रयास तीव्र पारेको छ।नेपाल

बाढीले ३२ वटा पुल बगायो, २० अर्बको भौतिक क्षति

काठमाडौँ,१५ भदौ । भदौ १० गते भोटेकोशी नदी हुँदै त्रिशूलीमा उर्लिएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लामा सडक तथा पुल पूर्वाधारमा ठुलो क्षति