बाढीपीडितको उद्धारमा रास्वपा २४ घण्टा मैदानमा : प्रवक्ता खरेल

काठमाडौं , भदौ १४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोटेकोशी बाढीपछि खोजी, उद्धार तथा राहत कार्यलाई प्राथमिकतामा राखेर पार्टीका नेता तथा कार्यकर्तालाई प्रभावित क्षेत्रमा परिचालन गरेको जनाएको छ ।रास्वपाका प्रवक्ता जगदीश खरेलले आइतबार पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति रवि लामिछानेको निर्देशनअनुसार केन्द्रदेखि प्रदेश, जिल्ला तथा स्थानीय तहसम्मका पार्टी पंक्ति प्रभावित क्षेत्रमा खटिएको बताए ।

उनले भने,‘भोटेकोशी बाढी र त्यसको प्रभावपछि राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पूर्ण ध्यान खोजी, उद्धार र राहतमा केन्द्रित भएको छ । केन्द्रीय नेतृत्वदेखि प्रदेश, जिल्ला र स्थानीय तहसम्म रहेका नेतृत्व र कार्यकर्तालाई सभापति रवि लामिछानेले सम्पूर्ण रूपमा खोजी, उद्धार र राहतमा केन्द्रित भएर सरकारलाई सहयोग गर्ने, राजनीतिक समन्वय गर्ने र समुदायसँग सहकार्य गरेर प्रभावितहरूलाई सहयोग गर्ने स्पष्ट निर्देशन दिनुभएको थियो । ’खरेलका अनुसार सोही निर्देशनअनुसार रास्वपाका नेता तथा कार्यकर्ता २४सै घण्टा खोजी, उद्धार र राहतमा खटिएका छन्। सभापति लामिछानेले पार्टी कार्यालयमा गठन गरिएको टास्क फोर्समार्फत अहिलेसम्म भएका कामको नियमित जानकारीसमेत लिइरहेका छन् ।

‘आज पनि सभापतिज्यू बिहानदेखि नै पार्टीको केन्द्रीय कार्यालयमा हुनुहुन्छ । यहाँ एउटा टास्क फोर्स बनेको छ र उहाँले कामको ब्रिफिङ लिनुभएको छ । सुरक्षा निकायबाट भइरहेको खोजी, उद्धार र राहतको काममा पार्टी पंक्ति कसरी लागिरहेको छ भन्ने विषयमा पनि उहाँले जानकारी लिनुभएको छ’उनले भने । उनले सभापति लामिछानेले प्रभावित पालिकाका प्रमुख तथा मेयरसँग टेलिफोन संवाद गरी स्थानीय समस्याबारे जानकारी लिएको बताए।पालिका प्रमुखहरूले विशेषगरी शव व्यवस्थापनलाई तत्कालको प्रमुख समस्या भएको जानकारी दिएको खरेलले बताए ।

‘अहिले सबैभन्दा महत्त्वपूर्ण र संवेदनशील समस्या शवको व्यवस्थापन कसरी गर्ने भन्ने भएको छ । उत्तरगयादेखि चितवनको कालिका नगरपालिकासम्मका प्रमुखहरूले पनि यत्रो दिन भइसक्यो, अब शव गनाउन सक्छ भन्ने चिन्ता व्यक्त गर्नुभएको छ’उनले भने । त्यसैगरी सञ्चार तथा विद्युत् सेवा, सडक, बेलीब्रिज तथा झोलुङ्गे पुलको अवस्था र राहत सामग्रीको अभावबारे समेत स्थानीय तहका प्रमुखहरूले जानकारी गराएको उनले बताए।खरेलले प्रभावित क्षेत्रमा तत्काल राहत तथा उद्धारसँगै पुनःस्थापना र पुनर्निर्माणमा पनि ध्यान दिनुपर्ने बताए ।जलवायु परिवर्तन तथा हिमताल विस्फोटको जोखिमबारे बोल्दै खरेलले भोटेकोशी बाढीलाई नेपालका लागि ठूलो चेतावनीका रूपमा लिनुपर्ने बताए ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धरानमा बरामद ४७ किलो सेतो पदार्थ बारुदको घटक भएको पुष्टि

विराटनगर,२१ कार्तीक । सुनसरीको धरानमा मिनी ट्रकबाट बरामद भएको ४७ किलो सेतो ठोस पदार्थ विस्फोटक पदार्थ बनाउन प्रयोग हुने बारुदको घटक भएको पुष्टि भएको छ।

उदयपुरका १४६ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

उदयपुर ,२१ कार्तीक। उदयपुरमा लामो समयदेखि जग्गाको कानुनी स्वामित्वबाट वञ्चित १४६ भूमिहीन परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। जिल्लाका चार स्थानीय तहका भूमिहीन दलित

मागभन्दा उत्पादन ८०० मेगावाट बढी हुने प्राधिकरणको प्रक्षेपण

काठमाडौं ,२१ कार्तीक। नेपाल विद्युत् प्राधिकरणले यस वर्षको तिहारमा विद्युतको अधिकतम मागभन्दा उत्पादन बढी हुने प्रक्षेपण गरेको छ । प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन साँझ विद्युतको

यमपञ्चकको पहिलो दिनः आजै धनवन्तरी जयन्ती

काठमाडौं,२१ कार्तीक । वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीन चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धनवन्तरीको उत्पत्ति भएको सम्झनामा आज धनवन्तरी जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष कार्तिक

विश्वकप छनोट प्ले–अफ नेपालमा हुने, तालिका सार्वजनिक

काठमाडौं ,२१ कार्तीक। आईसीसी विश्वकप छनोट प्ले–अफ नेपालमा हुने भएको छ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार प्रतियोगिता आउँदो डिसेम्बर ४ तारिख अर्थात् मंसिर १८ गतेदेखि

पाथीभराबाट देखियो मकालु हिमाल

ताप्लेजुङ ,२१ कार्तीक। ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभराबाट देखिएको मकालु हिमालको चुचुरो । मकालु हिमाल विश्वको पाँचौँ र नेपालको चौथो अग्लो हिमाल हो । समुद्र

अन्य जिल्लाको नागरिकताको प्रतिलिपि अब सर्लाहीबाटै पाइने

सर्लाही,२१ कार्तीक । अन्य जिल्लाबाट नागरिकता प्राप्त गरेका व्यक्तिले अब सर्लाहीबाटै नेपाली नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय सर्लाहीले शुक्रबार एक