भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतबारे पालिका प्रमुखहरूसँग रविको छलफल

काठमाडौँ ,१४ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले भोटेकोशी बाढी प्रभावित क्षेत्रका पालिका प्रमुखसँग उद्धार तथा राहत व्यवस्थापनबारे छलफल गर्नु भएको छ।आइतबार पार्टीका तर्फबाट उद्धार तथा राहतमा सहजीकरण गर्न गठन गरिएको परिचालन संयन्त्रको बैठकअघि लामिछानेले रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका प्रभावित पालिकाका प्रमुखसँग छलफल गर्नु भएको छ।छलफलका क्रममा पालिका प्रमुखहरूले प्रभावित क्षेत्रमा देखिएका समस्या, शव व्यवस्थापन, बाटो, पुल, विद्युत् तथा अन्य कनेक्टिभिटीका विषय उठाएको रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनु भयो।

 

खरेलका अनुसार लामिछानेले प्रभावित क्षेत्रमा उद्धार, राहत तथा व्यवस्थापनका काममा सरकारी निकाय र स्थानीय तहसँग समन्वय गरेर अघि बढ्न पार्टीले गठन गरेको परिचालन संयन्त्रलाई निर्देशन दिनु भएको छ।‘भोटेकोशी प्रभावित क्षेत्रका बासिन्दालाई कसरी उद्धार, राहत र व्यवस्थापन गर्न सकिन्छ भनेर सभापतिले पार्टीले गठन गरेको संयन्त्रका नेताहरूसँग छलफल गर्नुभयो। सरकारी निकाय र स्थानीय पालिकासँग समन्वय गरेर उद्धार र राहतका काममा लाग्न निर्देशन दिनुभएको छ,’ खरेलले भन्नु भयो ।उहाँका अनुसार पालिका प्रमुखहरूले बाढीमा फसेकाको उद्धार, शव व्यवस्थापन तथा राहतका साथै सडक, पुल, विद्युत् लगाएत तत्काल आवश्यक पूर्वाधारको विषयमा ध्यानाकर्षण गराएका छन्।

 

‘पालिका प्रमुखहरूले खासगरी शव व्यवस्थापन, बाढीमा फसेकाहरूको जीवित उद्धार तथा राहत, बाटो, पुल, बिजुलीलगायत कनेक्टिभिटीसँग सम्बन्धित विषय तत्काल आवश्यक रहेको बताउनुभयो। जवाफमा सभापतिले सरकारसँग समन्वय गरी यी विषयमा कसरी उद्धार, राहत र व्यवस्थापन गर्न सकिन्छ, त्यसबारे सरकारसँग कुरा गर्छु भन्नुभयो,’ खरेलले भन्नु भयो।लामिछानेले आइतबार बागमती प्रदेशका मुख्यमन्त्रीसँग पनि छलफल गरेको खरेलले बताउनु भयो। उद्धार तथा राहत व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विषयमा आइतबार साँझ बस्ने रास्वपाको केन्द्रीय समिति बैठकमा पनि छलफल हुने उहाँले जानकारी दिनु भयो।सरकारले यसअघि नै भोटेकोशी बाढीबाट प्रभावित १५ वटा स्थानीय तहलाई आगामी तीन महिनाका लागि ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरिसकेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछाने बीच भेटवार्ता

काठमाडौं ,१५ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नु भयो।भेटका क्रममा सभापति लामिछानेले भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको

बाढी प्रभावितका लागि समानान्तर ग्रुपद्वारा ६३ लाख ३७ हजार सहयोग

काठमाडौं,१५ भदौ । समानान्तर निर्माण सेवा प्रालि र समानान्तर ग्रुपमा कार्यरत कर्मचारीहरूले रसुवाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत

१७ हजार बालबालिका प्रभावित, शिक्षा र स्वास्थ्यमा गम्भीर असर

काठमाडौं , १५ भदौ। भदौ १० गते रसुवा, नुवाकोट र धादिङमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याउनुका साथै सयौं बालबालिकाको जीवन प्रभावित बनाएको छ

बाढीपहिरोपछि बजार अनुगमन तीव्र, १० विशेष टोली परिचालन हुने

काठमान्डौ,१५ भदौ । अविरल वर्षा पछिको बाढी पहिरोले सडक अवरुद्ध भएपछि बजारमा खाद्यान्न तथा खाना पकाउने ग्यासको अभाव र मूल्यवृद्धि हुन नदिन वाणिज्य,आपूर्ति तथा उपभोक्ता

त्रिशुली थ्री बी सुरुङमा नेपाली सेनाको उद्धार जारी

काठमाडौँ,१५ भदौ ।रसुवाको भोटेकोशी नदिमा आएको बाढीका कारण प्रभावित नुवाकोटको मथिल्लो त्रिसुली थ्री बीको सुरुङमा नेपाली सेनाले आज पनि उद्धार कार्यको प्रयास तीव्र पारेको छ।नेपाल

बाढीले ३२ वटा पुल बगायो, २० अर्बको भौतिक क्षति

काठमाडौँ,१५ भदौ । भदौ १० गते भोटेकोशी नदी हुँदै त्रिशूलीमा उर्लिएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लामा सडक तथा पुल पूर्वाधारमा ठुलो क्षति