नेपालीपन झल्किने डिजाइनमा हेलमेट उत्पादन गर्दै ‘कोहिनूर समूह’

काठमाडौं , भदौ १४ । दुई पाँग्रे सवारी चालकले आफ्नो सुरक्षाका लागि प्रयोग गर्ने हेलमेट अधिकांश विदेशी बजारबाटै आयात हुन्छ । तर पछिल्लो समय केही युवाहरुले कच्चा पदार्थ ल्याएर नेपालमै पनि उत्पादन गरिरहेका छन् ।स्वदेशमै हेलमेट तथा ले–गार्ड उत्पादन गर्दै आएको रुपन्देहीको कोहिनूर समूहले आफ्नो उत्पादन क्षमता विस्तार भए पनि बजार मागअनुसार हाल सीमित उत्पादन गरिरहेको जनाएको छ ।नाडा अटो शोमा भेटिएका कोहिनूर प्लास्टिक इन्डस्ट्रिज प्रालि र कोहिनूर मेटल उद्योगका प्रतिनिधि सुमन बस्यालले कम्पनीसँग दैनिक पाँच हजार युनिट ‘केपीआइ हेलमेट’ उत्पादन गर्न सक्ने क्षमता भए पनि हाल बजारको माग एक हजार २०० देखि १ हजार ५०० युनिटको हाराहारीमा रहेकाले सोहीअनुसार उत्पादन भइरहेको बताए ।

उनका अनुसार आयातित तयारी वस्तु र स्वदेशी उत्पादनका कच्चा पदार्थबीच भन्सार दरमा आवश्यक तहगत अन्तर नहुँदा नेपाली उद्योगले अपेक्षित रूपमा प्रतिस्पर्धा गर्न कठिनाइ भइरहेको छ ।‘दैनिक उत्पादन क्षमता भन्दा पाँचहजार प्रतियुनिट क्षमता छ । तर बजारको माग जम्मा १२ देखि १५ सयसम्म मात्र रहेकाले १२ देखि १५ सयसम्म मात्र अहिले प्रोडक्सनमा छौँ,’ उनले भने, ‘विशेषगरी आयातित वस्तु र कच्चा पदार्थमा डिफरेन्स हुनुपर्ने वा तहगत भन्सार दरको डिफरेन्स हुनुपर्ने हो त्यो भएको छैन् । तर बजार बिस्तारै सुधार भइरहेको छ । सरकारले पनि केही सहजीकरण गरिदिएको छ । आशा हामी चाँडै पूर्ण प्रोडक्सन गर्ने क्षमतामा पुग्नेछौँ ।’सरकारले यस विषयमा सुधारका लागि काम गरिरहेको भन्दै बस्यालले आगामी दिनमा कम्पनीले आफ्नो पूर्ण उत्पादन क्षमता उपयोग गर्न सक्ने वातावरण बन्ने आशा व्यक्त गरे ।

१३ मोडलका हेलमेट उत्पादन

कोहिनूरले केएचवानदेखि केएच १३ मोडलका हेलमेट उत्पादन गर्दै आएको छ । बस्यालका अनुसार कम्पनीले नेपालमै पहिलोपटक आइएसआइ र डट सर्टिफाइड हेलमेट उत्पादन गरी बजारमा बिक्री वितरण गरिरहेको छ । कम्पनीका हेलमेटको मूल्य १५ सयदेखि ३५ सय रुपैयाँसम्म रहेको उनले बताए ।त्यस्तै, कोहिनूर मेटल उद्योगले मोटरसाइकलका लेग गार्डसमेत उत्पादन गर्दै आएको छ । ले–गार्डको मूल्य करिब १२ सय देखि १८ सय रुपैयाँसम्म छ ।

बस्यालका अनुसार नेपालीपन झल्काउने डिजाइनका हेलमेटलाई ग्राहकले विशेष रुचाएका छन् । कम्पनीको ‘हेरिटेज सिरिज’मा नेपालका विभिन्न ऐतिहासिक तथा सांस्कृतिक सम्पदालाई हेल्मेटको ग्राफिक्समा समेटिएको छ ।त्यस्तै, केएचसिक्स मोडलअन्तर्गत ल्याइएको ‘मुस्ताङ सिरिज’मा मुक्तिनाथ मन्दिर, मुस्ताङको भौगोलिक बनावट तथा फ्लायर्सलाई डिजाइनमा समेटिएको उनले बताए । यी सिरिजका हेलमेट बजारमा उच्च मागमा रहेको उनले बताए ।

कोहिनूरले आफ्नो उत्पादन देशका ७७ वटै जिल्लामा पु¥याएको उनले बताए । कम्पनीको नेटवर्कमा विभिन्न डिलर, शोरुम तथा आयातकर्ता आवद्ध रहेको उल्लेख गरे । बस्यालका अनुसार कम्पनीको प्रत्यक्ष डिलर नेटवर्कमा मात्रै ४५० देखि ५०० जनासम्म आबद्ध रहेको जानकारी दिए ।उनले अन्तःशुल्क मुख्यतः आयातित वस्तुलाई निरुत्साहित गर्ने उद्देश्यले प्रयोग गरिनुपर्ने भन्दै नेपालमा उत्पादन हुनसक्ने वस्तुमा समेत अन्तःशुल्क लगाउँदा स्वदेशी उद्योगलाई असर परेको बताए ।

कच्चा पदार्थ र तयारी हेलमेटबीच कम्तीमा दुई तहको भन्सार दरको अन्तर कायम गरिए नेपाली उद्योगलाई प्रतिस्पर्धा गर्न सहज हुने उनले बताए ।कोहिनूरले हाल २५० देखि ३०० जनालाई प्रत्यक्ष रोजगारी दिएको र उद्योगमैत्री वातावरण बनेमा रोजगारी संख्या पाँचसय जनासम्म पु¥याउन सकिने बस्यालले बताए ।नाडा अटो शोको प्रदर्शनीमा आउने धेरै ग्राहकले नेपालमै हेलमेट उत्पादन भइरहेको थाहा पाएपछि सकारात्मक प्रतिक्रिया दिएका थिए । स्वदेशी उत्पादनप्रति ग्राहकले देखाएको रुचि र प्रोत्साहनले कम्पनीलाई थप उत्साहित बनाएको उनले बताए ।

भारतीय हेलमेट आठ हजारसम्मका

नाडा अटो शो मै पौडेल इन्टरप्राइजेजले प्रदर्शनीमा राखेको भारतीय ब्रान्डका हेलमेटप्रति पनि ग्राहकहरुको आकर्षण देखिन्छ । पौडेल इन्टरप्राइजेजका प्रतिनिधि उद्धव ढुंगानाले भारतमा उत्पादित ब्रान्डको बजार नेपालमा बलियो रहेको बताए ।ढुंगानाका अनुसार स्टड्स ब्रान्डका हाफ, फुल तथा मोडुलरलगायत विभिन्न प्रकारका हेलमेट उत्पादन गर्दै आएको बताए । सुरक्षालाई प्राथमिकता दिने भएकाले नेपाली राइडरमाझ स्टड्स लामो समयदेखि लोकप्रिय रहेको उनको उल्लेख गरे ।

उनले भने, ‘स्टड्स इन्डियाको ब्रान्ड भयो । यसमा हाफ, फुल, मोडुलर हेलमेट छन् । हामीसँग २२ सय देखि माथि सात–आठ हजारसम्मका हेलमेट छन् ।’ढुंगानाले स्टड्सको बिक्री तथा वितरण सञ्जाल नेपालभर फैलिएको बताए ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछाने बीच भेटवार्ता

काठमाडौं ,१५ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नु भयो।भेटका क्रममा सभापति लामिछानेले भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको

बाढी प्रभावितका लागि समानान्तर ग्रुपद्वारा ६३ लाख ३७ हजार सहयोग

काठमाडौं,१५ भदौ । समानान्तर निर्माण सेवा प्रालि र समानान्तर ग्रुपमा कार्यरत कर्मचारीहरूले रसुवाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत

१७ हजार बालबालिका प्रभावित, शिक्षा र स्वास्थ्यमा गम्भीर असर

काठमाडौं , १५ भदौ। भदौ १० गते रसुवा, नुवाकोट र धादिङमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याउनुका साथै सयौं बालबालिकाको जीवन प्रभावित बनाएको छ

बाढीपहिरोपछि बजार अनुगमन तीव्र, १० विशेष टोली परिचालन हुने

काठमान्डौ,१५ भदौ । अविरल वर्षा पछिको बाढी पहिरोले सडक अवरुद्ध भएपछि बजारमा खाद्यान्न तथा खाना पकाउने ग्यासको अभाव र मूल्यवृद्धि हुन नदिन वाणिज्य,आपूर्ति तथा उपभोक्ता

त्रिशुली थ्री बी सुरुङमा नेपाली सेनाको उद्धार जारी

काठमाडौँ,१५ भदौ ।रसुवाको भोटेकोशी नदिमा आएको बाढीका कारण प्रभावित नुवाकोटको मथिल्लो त्रिसुली थ्री बीको सुरुङमा नेपाली सेनाले आज पनि उद्धार कार्यको प्रयास तीव्र पारेको छ।नेपाल

बाढीले ३२ वटा पुल बगायो, २० अर्बको भौतिक क्षति

काठमाडौँ,१५ भदौ । भदौ १० गते भोटेकोशी नदी हुँदै त्रिशूलीमा उर्लिएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लामा सडक तथा पुल पूर्वाधारमा ठुलो क्षति