दमक,१५ भदौ ।विपद्को पीडामा परेकाहरूलाई सहयोग गर्न ठूलो रकम नै चाहिन्छ भन्ने छैन। आफ्नो श्रमबाट कमाएको एक दिनको आम्दानी पनि कसैका लागि ठूलो सहारा बन्न सक्छ। यही भावना सहित झापाको दमक–५ का सिटी सफारी चालक प्रमोद राईले आफ्नो एक दिनको कमाइ बाढीपीडितका लागि दिने घोषणा गर्नु भएको छ।
राईले आफूले चलाउँदै आएको सिटी सफारीबाट दिनभर हुने सम्पूर्ण आम्दानी बाढीपीडितलाई सहयोग गर्ने उद्देश्य राख्नु भएको छ। त्यसका लागि उहाँले सफारीमा बाढी र विपद्का दृश्यहरू समेटिएका पोस्टर तथा ब्यानरसमेत टाँग्नु भएको छ।
सफारीको अगाडिको भागमा टाँगिएको ब्यानरमा ‘आजको दिन मेरो देश र जनताको लागि’ लेखिएको छ। त्यस वरिपरि बाढीले निम्त्याएको विनाश, उद्धारमा खटिएका सुरक्षाकर्मी तथा पीडितहरूको अवस्थासहितका तस्बिरहरू राखिएका छन्।

धनगढी उपमहानगरपालिकाद्वारा बाढी प्रभावितलाई ४१ लाख रुपैयाँ आर्थिक सहयोग
धनगढी ,१५ भदौ ।धनगढी उपमहानगरपालिकाले भोटेकोशी बाढीबाट प्रभावित भएकालाई ४१ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ। उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा








