बाढीपहिरोपछि बजार अनुगमन तीव्र, १० विशेष टोली परिचालन हुने

काठमान्डौ,१५ भदौ । अविरल वर्षा पछिको बाढी पहिरोले सडक अवरुद्ध भएपछि बजारमा खाद्यान्न तथा खाना पकाउने ग्यासको अभाव र मूल्यवृद्धि हुन नदिन वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्र बनाउने भएको छ । विभागले मङ्गलवार ९भोलि० देखि काठमाडौँ उपत्यकामा १० वटा विशेष टोली परिचालन गरी अनुगमनलाई व्यापक बनाउन लागेको हो ।

विभागका सूचना अधिकारी अनिल किराँतीका अनुसार अहिलेसम्म बजारमा ४ वटा टोलीले मात्र अनुगमन गरिरहेकोमा भोलिदेखि थप मन्त्रालयबाट आएका कर्मचारीसहित करिब ४० जनाको १० वटा टोली खटाइनेछ । विभागले उपत्यकाका १३ वटा क्षेत्र निर्धारण गरी टोली परिचालनको तयारी गरेको छ।

पछिल्ला दिनमा सडक अवरुद्ध हुँदा खाद्यान्न ढुवानीमा समस्या आएको र यसै मौकामा उपभोक्ताले आवश्यकताभन्दा बढी खाद्यान्न भण्डारण ९स्टक० गर्ने प्रवृत्ति देखिएको छ। यसले गर्दा बजारमा कृत्रिम अभाव सिर्जना हुनसक्ने जोखिम बढेको छ।

सूचना अधिकारी किराँतीले हाल बजारमा उपलब्ध वस्तु पुरानै ढुवानी र लागतको भएकाले मूल्यवृद्धि गर्न नपाइने स्पष्ट पारेका छन् । ‘अहिले बजारमा नयाँ ढुवानी आएको छैन र भाडा पनि बढेको छैन,’ उहाँले भन्नु भयो, ‘पहिलेकै स्टकलाई नयाँ र बढी मूल्यमा बेच्नु कालोबजारी हो। हिजो–अस्तिको खरिद–बिक्री मूल्य जाँच गर्दा कैफियत भेटिए तत्काल कारबाही गरिनेछ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढीपीडितका लागि दमकमा श्रीकृष्ण रथयात्रा, भेटी राहत कोषमा जम्मा गरिने

दमक । १६ भदौ |  रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको सहयोगका लागि दमकमा आयोजना हुने श्रीकृष्ण रथयात्रामा संकलन हुने दान–भेटी राहतका लागि

एआईको बढ्दो प्रयोगसँगै साइबर सुरक्षामा चनाखो बन्न आग्रह

काठमाडौं , भदौ १६ । नेपालको डिजिटल अर्थतन्त्रमा साइबर सुरक्षा र आर्टिफिसियल इन्टेलिजेन्स(एआइ)को भूमिका प्रमुख बन्दै गएकाले सचेत बन्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।मंगलबार नेपाल–भारत

राहत कोषमा इप्पानको १३ करोड १ रुपैयाँ सहयोग, १२ जलविद्युत् आयोजनामा क्षति

काठमाडौं , भदौ १६ । भोटकोशी नदीमा आएको महाविपत्तिका कारण हालसम्म आठवटा सञ्चालनमा रहेका र चारवटा निर्माणाधीन गरी १२ वटा विद्युत आयोजनाका संरचना ध्वस्त भएका

भोटेकोशी प्रलयअघि नै थियो चेतावनी, किन दराजमै थन्कियो प्रतिवेदन?

काठमाडौं , १६ भदौ। २४ असार २०८२ बिहान ३ बजे रसुवास्थित नेपाल-चीन अन्तर्राष्ट्रिय नाका हुँदै बग्ने भोटेकोशी नदी (चीनतर्फको ल्हेन्दे खोला) मा अकस्मात बाढी आयो

सडक–पुलमा ३० अर्बको क्षति, पुनर्निर्माणमा ५० अर्बभन्दा बढी लाग्ने

काठमाडौं , १६ भदौ । भोटेकोशी–त्रिशूली बाढीले सडक तथा पुलमा मात्र ३० अर्ब रुपैयाँ बराबरका संरचना क्षति भएको पाइएको छ ।सडक विभागका महानिर्देशक डा. विजय