बाढीको वितण्डा

१७ हजार बालबालिका प्रभावित, शिक्षा र स्वास्थ्यमा गम्भीर असर

काठमाडौं , १५ भदौ। भदौ १० गते रसुवा, नुवाकोट र धादिङमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याउनुका साथै सयौं बालबालिकाको जीवन प्रभावित बनाएको छ ।प्रारम्भिक अनुमानअनुसार बाढीबाट करिब १७ हजार बालबालिका प्रभावित भएका छन । हालसम्म बाढी तथा त्यसपछिका घटनामा अनुमानित ७८८ जनाको मृत्यु भइसकेको छ ।मृतकमध्ये कम्तीमा १४ जना भन्दा बढी बालबालिका छन् भने सयौं अझै बेपत्ता छन् । खोज तथा उद्धार कार्य जारी रहेकाले मृतक र प्रभावितको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।बालबालिकाको क्षेत्रमा काम गर्दै आएको संस्था युनिसेफका अनुसार बाढी प्रभावित क्षेत्रमा बालबालिकाले छोटो समयमै आफ्नै आँखा अगाडि घर, परिवार, विद्यालय र समुदाय बगाएको देखेका छन् । यसले उनीहरूको शारीरिक सुरक्षासँगै मानसिक स्वास्थ्यमा समेत गम्भीर असर पारेको छ ।

 

नेपालका लागि युनिसेफ प्रतिनिधि एलिस अकुङ्गाले रसुवा र धादिङका बालबालिकाले आफ्नो जीवन नै बगिरहेको देख्नुपरेको बताउनु भयो। उहाँका अनुसार धेरै बालबालिकाले आफन्त र प्रियजन गुमाएका छन् भने घर, कक्षाकोठा तथा स्वास्थ्य संस्थासमेत क्षतिग्रस्त भएका छन् ।मृत्युको संख्या अझै बढ्दै जाँदा हामीलाई थाहा छ कि यो त्रासदी अझै समाप्त भएको छैन,’ उहाँले भन्नु भयो, ‘बाढीबाट बचेका बालबालिकाले अब रोग, कुपोषण, हिंसा र शोषणको बढ्दो जोखिमको सामना गरिरहेका छन् ।’अचानक आएको बाढीले कतिपय बस्ती पूर्णरूपमा बगाएको छ भने कतिपय क्षेत्रसँगको सम्पर्क नै विच्छेद भएको छ । सडक, पुल, जलविद्युत् आयोजना, खानेपानी प्रणाली तथा दूरसञ्चार संरचनामा ठूलो क्षति पुगेका कारण प्रभावित क्षेत्रमा राहत तथा जीवनरक्षक सामग्री पुर्‍याउनसमेत कठिनाइ भइरहेको छ ।
बाढीबाट कम्तीमा चार स्वास्थ्य संस्था गम्भीर रूपमा क्षतिग्रस्त भएका छन्। स्वास्थ्य संस्थामा पुगेको क्षतिका कारण बालबालिका र परिवारले उपचार आवश्यक परेको समयमा स्वास्थ्य सेवा पाउन कठिनाइ भोगिरहेका छन् । दूषित पानी र सरसफाइको अभावका कारण बाढीपछि बालबालिकामा विभिन्न रोगको जोखिमसमेत बढेको छ ।

 

यस्तै, बाढीले बालबालिकाको शिक्षामा पनि गम्भीर असर पारेको छ । युनिसेफका अनुसार १८ वटा विद्यालय पूर्ण रूपमा ध्वस्त भएका छन् भने थप २० विद्यालयमा क्षति पुगेको छ । नदी किनारमा रहेका दर्जनौं विद्यालय अझै जोखिममा छन् ।करिब १० हजार विद्यालय जाने उमेरका बालबालिकालाई आफ्नो शिक्षा निरन्तरता दिन तत्काल सहयोग आवश्यक रहेको युनिसेफले जनाएको छ । उनीहरूका लागि अस्थायी सिकाइ केन्द्र, शैक्षिक सामग्री तथा बालबालिका र शिक्षक दुवैका लागि मनोसामाजिक सहयोग आवश्यक देखिएको छ ।बाढी प्रभावित बालबालिकाको स्वास्थ्य, पोषण, खानेपानी, सरसफाइ, शिक्षा तथा बाल संरक्षणलाई प्राथमिकतामा राखेर नेपाल सरकार र मानवीय साझेदारसँगको समन्वयमा युनिसेफले सहयोग बढाइरहेको जनाएको छ ।

 

प्रभावित क्षेत्रमा चिकित्सा पाल, झुल, नवजात शिशुका लागि आवश्यक सामग्री तथा तीव्र कुपोषण भएका बालबालिकाका लागि उपचारात्मक खाना पठाउने तयारी गरिएको छ । हजारौं परिवारलाई आपत्कालीन स्वच्छता किटसमेत वितरण गरिएको छ ।बाढीका कारण मानसिक रूपमा प्रभावित बालबालिकाका लागि मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग टोलीसमेत परिचालन गरिएको छ । परिवारबाट छुट्टिएका वा हराएका बालबालिकाको पहिचान, दर्ता तथा परिवारसँग पुनर्मिलनका लागि पनि काम भइरहेको युनिसेफले जनाएको छ ।यसैगरी, प्रभावित परिवारलाई तत्कालका आधारभूत आवश्यकता पूरा गर्न सहयोग पुर्याउने उद्देश्यले आपत्कालीन नगद सहायता उपलब्ध गराउन युनिसेफले नेपाल सरकारसँग समन्वय गरिरहेको छ ।

बाढीमा घाइते भएका बालबालिकाको अवस्था पनि चिन्ताजनक छ । विभिन्न स्थानबाट उद्धार गरिएका ७६ जना घाइते हाल काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत छन् । जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र काठमाडौंका अनुसार उपचाररत घाइतेमध्ये १८ वर्षमुनिका नौं जना बालबालिका छन् ।
उपचाररत बालबालिकामध्ये सबैभन्दा धेरै पाँच जना त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा छन् । त्यहाँ अर्घाखाँचीकी चार वर्षीया मनिषा उचाई, धादिङकी पाँच वर्षीया ईशारा तामाङ, नुवाकोटकी ६ वर्षीया विनिसा डंगोल, ११ वर्षीया वविसा डंगोल र १७ वर्षीया स्मृति ओझाको उपचार भइरहेको छ ।राष्ट्रिय ट्रमा सेन्टरमा तीन जना बालबालिका उपचाररत छन् । रसुवाका ६ वर्षीय आयुष तामाङ, ८ वर्षीय जोवल घले तथा धादिङका १५ वर्षीय सबिन मग्रातीको उपचार भइरहेको छ । रसुवा गोसाइँकुण्डकी १४ वर्षीया दावा डोल्माको भने वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको छ ।

जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रको पछिल्लो विवरणअनुसार काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत ७६ जनामध्ये ६७ जना वयस्क तथा ज्येष्ठ नागरिक र ९ जना बालबालिका छन् ।यसबीच, बाढी प्रभावित बालबालिकाको वास्तविक अवस्था र संख्या पहिचान गर्न भने चुनौती देखिएको छ ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको राष्ट्रिय बाल अधिकार परिषद्का अनुसार प्रभावित स्थानीय तहमा कार्यरत बाल कल्याणकारी तथा सम्बन्धित निकायसँग प्रभावकारी समन्वय हुन सकेको छैन । कतिपय स्थानमा सम्पर्कसमेत स्थापित हुन नसकेको परिषद्ले जनाएको छ ।

राष्ट्रिय बाल अधिकार परिषद्का सूचना अधिकारी रामबहादुर चन्दले बाढीबाट प्रभावित बालबालिकाको यकिन तथ्यांक संकलन गर्न केही समय लाग्ने बताउनु भयो । उहाँका अनुसार सरकारको एकद्वार प्रणालीमार्फत राहत तथा उद्धारका काम अघि बढाइएको छ ।युनिसेफले आपत्कालीन प्रतिकार्यलाई निरन्तरता दिन र प्रारम्भिक पुनर्लाभमा सहयोग पुर्याउन १ करोड ७२ लाख अमेरिकी डलर आवश्यक रहेको भन्दै अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ ।
तत्काल र लचिलो आर्थिक स्रोत उपलब्ध हुन नसके बालबालिका तथा महिलालाई स्वास्थ्य, पोषण, सुरक्षित पानी, शिक्षा, बाल संरक्षण र सामाजिक सुरक्षाका सेवा उपलब्ध गराउने क्षमता सीमित हुने युनिसेफले चेतावनी दिएको छ ।

बाढीपछि उद्धार र राहतसँगै अब बालबालिकाको सुरक्षा, स्वास्थ्य, शिक्षा र मानसिक पुनर्स्थापनालाई प्राथमिकतामा राख्नुपर्ने देखिएको छ ।
भौतिक संरचना पुनर्निर्माणसँगै बाढीले बालबालिकाको जीवनमा पारेको दीर्घकालीन असर सम्बोधन गर्न नसके विपद्को प्रभाव उनीहरूको भविष्यसम्म फैलिन सक्ने जोखिम छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछाने बीच भेटवार्ता

काठमाडौं ,१५ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नु भयो।भेटका क्रममा सभापति लामिछानेले भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको

बाढी प्रभावितका लागि समानान्तर ग्रुपद्वारा ६३ लाख ३७ हजार सहयोग

काठमाडौं,१५ भदौ । समानान्तर निर्माण सेवा प्रालि र समानान्तर ग्रुपमा कार्यरत कर्मचारीहरूले रसुवाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत

१७ हजार बालबालिका प्रभावित, शिक्षा र स्वास्थ्यमा गम्भीर असर

काठमाडौं , १५ भदौ। भदौ १० गते रसुवा, नुवाकोट र धादिङमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याउनुका साथै सयौं बालबालिकाको जीवन प्रभावित बनाएको छ

बाढीपहिरोपछि बजार अनुगमन तीव्र, १० विशेष टोली परिचालन हुने

काठमान्डौ,१५ भदौ । अविरल वर्षा पछिको बाढी पहिरोले सडक अवरुद्ध भएपछि बजारमा खाद्यान्न तथा खाना पकाउने ग्यासको अभाव र मूल्यवृद्धि हुन नदिन वाणिज्य,आपूर्ति तथा उपभोक्ता

त्रिशुली थ्री बी सुरुङमा नेपाली सेनाको उद्धार जारी

काठमाडौँ,१५ भदौ ।रसुवाको भोटेकोशी नदिमा आएको बाढीका कारण प्रभावित नुवाकोटको मथिल्लो त्रिसुली थ्री बीको सुरुङमा नेपाली सेनाले आज पनि उद्धार कार्यको प्रयास तीव्र पारेको छ।नेपाल

बाढीले ३२ वटा पुल बगायो, २० अर्बको भौतिक क्षति

काठमाडौँ,१५ भदौ । भदौ १० गते भोटेकोशी नदी हुँदै त्रिशूलीमा उर्लिएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लामा सडक तथा पुल पूर्वाधारमा ठुलो क्षति