राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछाने बीच भेटवार्ता

काठमाडौं ,१५ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नु भयो।भेटका क्रममा सभापति लामिछानेले भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट भएको क्षति तथा प्रभावित क्षेत्रमा भइरहेका उद्धार र राहतका गतिविधिबारे राष्ट्रपति पौडेललाई जानकारी गराउनु भएको हो।

सभापति लामिछानेले आजै प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरी सरकारले बाढी प्रभावित क्षेत्रमा गरिरहेको कामबारे जानकारी लिनु भएको थियो । प्रधानमन्त्रीसँगको भेटबाट प्राप्त जानकारीपछि उहाँले राष्ट्रपति पौडेललाई समग्र अवस्थाबारे ब्रिफिङ गर्नू भएको हो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढीपीडितका लागि दमकमा श्रीकृष्ण रथयात्रा, भेटी राहत कोषमा जम्मा गरिने

दमक । १६ भदौ |  रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको सहयोगका लागि दमकमा आयोजना हुने श्रीकृष्ण रथयात्रामा संकलन हुने दान–भेटी राहतका लागि

एआईको बढ्दो प्रयोगसँगै साइबर सुरक्षामा चनाखो बन्न आग्रह

काठमाडौं , भदौ १६ । नेपालको डिजिटल अर्थतन्त्रमा साइबर सुरक्षा र आर्टिफिसियल इन्टेलिजेन्स(एआइ)को भूमिका प्रमुख बन्दै गएकाले सचेत बन्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।मंगलबार नेपाल–भारत

राहत कोषमा इप्पानको १३ करोड १ रुपैयाँ सहयोग, १२ जलविद्युत् आयोजनामा क्षति

काठमाडौं , भदौ १६ । भोटकोशी नदीमा आएको महाविपत्तिका कारण हालसम्म आठवटा सञ्चालनमा रहेका र चारवटा निर्माणाधीन गरी १२ वटा विद्युत आयोजनाका संरचना ध्वस्त भएका

भोटेकोशी प्रलयअघि नै थियो चेतावनी, किन दराजमै थन्कियो प्रतिवेदन?

काठमाडौं , १६ भदौ। २४ असार २०८२ बिहान ३ बजे रसुवास्थित नेपाल-चीन अन्तर्राष्ट्रिय नाका हुँदै बग्ने भोटेकोशी नदी (चीनतर्फको ल्हेन्दे खोला) मा अकस्मात बाढी आयो

सडक–पुलमा ३० अर्बको क्षति, पुनर्निर्माणमा ५० अर्बभन्दा बढी लाग्ने

काठमाडौं , १६ भदौ । भोटेकोशी–त्रिशूली बाढीले सडक तथा पुलमा मात्र ३० अर्ब रुपैयाँ बराबरका संरचना क्षति भएको पाइएको छ ।सडक विभागका महानिर्देशक डा. विजय