रसुवागढी र तातोपानी अवरुद्ध भए पछि कोरला नाकामा बढ्यो व्यापारिक चाप

मुस्ताङ,१६ भदौ । रसुवागढी–केरुङ र तातोपानी नाका बाढीका कारण प्रभावित भएपछि चीनबाट नेपाल भित्रिने मालसामानको वैकल्पिक मार्गका रूपमा मुस्ताङको कोरला नाका प्रयोग हुन थालेको छ । रसुवामा गएको बाढीपछि मात्रै १०८ वटा मालवाहक कन्टेनर कोरला नाकातर्फ गएको सशस्त्र प्रहरी मुस्ताङका सूचना अधिकारी विष्णु पौडेलले जानकारी दिनु भयो।उहाँका अनुसार मुख्य उत्तरी नाकाहरू प्रभावित भएपछि चीनबाट सामान बोकेका कन्टेनरहरू काठमाडौं हुँदै चिनको लिची कोरला जाने क्रम बढेको हो । पछिल्लो समय कोरला नाकामा मालवाहक सवारीसाधनको चापसमेत बढ्दै गएको छ ।

 

बढ्दो व्यापारिक चापलाई ध्यानमा राख्दै सरकार तथा जनप्रतिनिधिले कोरला नाकाको सडक तथा पूर्वाधार व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने पूर्वसङ्घीय सांसद प्रेमप्रसाद तुलाचनले बताउनु भयो । आगामी दसैँका लागि आवश्यक खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन अहिले नै कोरला नाकाबाट हुने आयातलाई व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने उहाँको भनाइ छ ।तुलाचनका अनुसार रसुवागढी र तातोपानी नाकाबाट हुने आपूर्ति प्रभावित भएकाले कोरला नाका अहिले महत्त्वपूर्ण वैकल्पिक व्यापारिक मार्गका रूपमा अघि आएको छ । दैनिक चिनिया सामाग्री आवश्यक पर्ने सामान यही नाकाबाट सहज रूपमा भित्र्याउने वातावरण बनाउन सरकार र सम्बन्धित निकायले तत्काल ध्यान दिनुपर्ने उहाँले बताउनु भयो ।

 

‘अहिलेको अवस्थालाई हेर्दा कोरला नाका वैकल्पिक मात्रै होइन, आगामी दिनमा चीनसँगको व्यापारको महत्त्वपूर्ण नाका बन्न सक्छ । त्यसैले सडक, भन्सार, पार्किङ लगायतका पूर्वाधार समयमै तयार गर्नुपर्छ,’ तुलाचनले भन्नु भयो।मुस्ताङ भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत विदुर चुडालका अनुसार रसुवागढी र तातोपानी नाका लामो समय बन्द रहेर व्यापारिक चाप कोरतर्फ मोडिए दैनिक करिब एक सय वटा कन्टेनर व्यवस्थापन गर्नुपर्ने अवस्था आउन सक्छ । हालको जनशक्ति र पूर्वाधारबाट त्यस्तो चाप व्यवस्थापन गर्न चुनौती हुने उहाँको भनाइ छ । उहाँको अनुसार दैनिक १० देखि १२ वटा कन्टेनर जाचँपास भई नाका पार गरेको छ ।

 

रसुवागढी र तातोपानी नाका प्रभावित भएपछि कोरला नाकामा बढेको चापले यसको व्यापारिक सम्भावना थप उजागर गरेको छ । आगामी दैनिक उपभोग समान तथा दसैँ तिहारलाई लक्षित गर्दै दैनिक उपभोग्य सामग्रीको आपूर्ति सहज बनाउन तथा बढ्दो कन्टेनर आवागमनलाई व्यवस्थित गर्न सरकार, जनप्रतिनिधि र सम्बन्धित निकायबिच तत्काल समन्वय आवश्यक देखिएको छ ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भोटेकोशी बाढी, ९८७ जनाको शव फेला, ११ हजार ८१४ जनाको उद्धार

काठमाडौं,१६ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा त्यसबाट विभिन्न जिल्लामा पुगेको क्षतिका कारण हालसम्म ९८७ जनाको मानवीय क्षति भएको छ । राष्ट्रिय विपद्

केरुङ बन्दरगाह जोड्ने क्षतिग्रस्त राजमार्ग खुलाउने प्रयास तीव्र

एजेन्सी,१६ भदौ । दक्षिणपश्चिमी चीनको तिब्बत स्वायत्त क्षेत्र स्थित बाढीपहिरो प्रभावित केरुङ बन्दरगाह तर्फ जाने प्रमुख राजमार्ग पुनः सञ्चालनका लागि पहिरो र लेदो हटाउने प्रयास

रसुवागढी र तातोपानी अवरुद्ध भए पछि कोरला नाकामा बढ्यो व्यापारिक चाप

मुस्ताङ,१६ भदौ । रसुवागढी–केरुङ र तातोपानी नाका बाढीका कारण प्रभावित भएपछि चीनबाट नेपाल भित्रिने मालसामानको वैकल्पिक मार्गका रूपमा मुस्ताङको कोरला नाका प्रयोग हुन थालेको छ

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछाने बीच भेटवार्ता

काठमाडौं ,१५ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नु भयो।भेटका क्रममा सभापति लामिछानेले भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको

बाढी प्रभावितका लागि समानान्तर ग्रुपद्वारा ६३ लाख ३७ हजार सहयोग

काठमाडौं,१५ भदौ । समानान्तर निर्माण सेवा प्रालि र समानान्तर ग्रुपमा कार्यरत कर्मचारीहरूले रसुवाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत

१७ हजार बालबालिका प्रभावित, शिक्षा र स्वास्थ्यमा गम्भीर असर

काठमाडौं , १५ भदौ। भदौ १० गते रसुवा, नुवाकोट र धादिङमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याउनुका साथै सयौं बालबालिकाको जीवन प्रभावित बनाएको छ