केरुङ बन्दरगाह जोड्ने क्षतिग्रस्त राजमार्ग खुलाउने प्रयास तीव्र

एजेन्सी,१६ भदौ । दक्षिणपश्चिमी चीनको तिब्बत स्वायत्त क्षेत्र स्थित बाढीपहिरो प्रभावित केरुङ बन्दरगाह तर्फ जाने प्रमुख राजमार्ग पुनः सञ्चालनका लागि पहिरो र लेदो हटाउने प्रयास जारी राखिएको चिनियाँ संचारमाध्यमहरुले जनाएका छन् ।नेपालतर्फ उच्च हिमाली क्षेत्रमा रहेको हिमनदी भत्किएपछि आएको विनाशकारी बाढीपहिरोका कारण केरुङ क्षेत्रमा कम्तीमा १६ जनाको मृत्यु भएको र ५४६ जना अझै बेपत्ता रहेको क्षेत्रीय सरकारले जनाएको छ।

 

बन्दरगाहतर्फ जाने राष्ट्रिय राजमार्ग जी–२१६ बाढीपहिरोका कारण केही स्थानमा क्षतिग्रस्त भएको छ।केरुङ काउन्टीको सिन्जियाङ गाउँमा चाइना रेलवे ग्रुप लिमिटेडका १०० भन्दा बढी कामदारहरू सक्रिय रुपमा काम गर्दै ढुंगा भरेर ग्याबियन बक्स तयार पारिरहेका छन्।चाइना रेलवे कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुपअन्तर्गत तिब्बत इन्जिनियरिङ मुख्यालयका कमान्डर लिउ मिङयुआनले भन्नु भयो, ‘स्थलगत विपद् उद्धार तथा राहत मुख्यालयको एकीकृत निर्देशनअनुसार यस चरणमा मुख्य कामहरूमा राहत सामग्रीको आपूर्ति सुनिश्चित गर्ने, स्टिलले मजबुत बनाइएका ग्याबियन बक्स तयार गर्ने तथा ढुंगा उत्खनन र कच्चा पदार्थ भण्डारण लगायतका आधारभूत सहयोगी काम गर्नु रहेका छन्।’

 

ग्याबियन बक्स तयार भएपछि तिनलाई विपद् प्रभावित क्षेत्रमा लगिनेछ। सडकका केही जटिल खण्डमा स्टिलले मजबुत बनाइएका ग्याबियन बक्स र ठूला ढुंगाहरू तीव्र गतिमा बगिरहेको नदीमा राखेर सडक संरचनाका लागि थप मजबुत आधार तयार गरिनेछ।क्षतिग्रस्त जी–२१६ राजमार्गको सफाइ तथा पुनःनिर्माणका क्रममा सरकारी स्वामित्वको चाइना एनेङ कन्स्ट्रक्सन ग्रुपका उद्धारकर्मीहरूले सोमबार पहिलोपटक घटनास्थलमा डोरी–भ¥याङ जस्ता आकस्मिक उद्धार तथा सुरक्षित निकास मार्ग प्रयोग गरेका छन्।धेरैवटा जोखिम आश्रयस्थलसँगै गरिएको यो व्यवस्थाले अचानक आउने बाढी, पहिरो तथा अन्य आकस्मिक अवस्थाबाट उद्धारकर्मीहरूको सुरक्षालाई थप मजबुत बनाएको छ।

 

सोमबार बिहान करिब ११ बजेसम्म उद्धारकर्मीहरूले तीनवटा डोरी–भ¥याङ जडान गरिसकेका थिए, जसको कुल लम्बाइ करिब १८० मिटर रहेको छ।अचानक पानीको सतह बढेमा वा पहिरोजस्ता अन्य जोखिम उत्पन्न भएमा उद्धारकर्मीहरूले पूर्वनिर्धारित डोरी–भ¥याङमार्फत सुरक्षित आश्रयस्थलमा छिटो पुगेर आफूलाई सुरक्षित गर्न सक्नेछन्।चाइना एनेङले राजमार्ग मर्मतका लागि १५८ जना आपत्कालीन उद्धारकर्मी र एक्स्काभेटर तथा लोडरलगायत २८ वटा उपकरण परिचालन गरेको छ। उनीहरूले पालैपालो अर्थात् निरन्तर सञ्चालन हुने उद्धार तथा पुनःनिर्माण अभियानमार्फत काम गरिरहेका छन्।चाइना एनेङ ग्रुपका उद्धारकर्मीहरूका अनुसार सोमबार दिउँसोसम्म जी–२१६ राजमार्ग बन्दरगाहबाट १.१ किलोमिटर दूरीसम्म पुनः सञ्चालनमा ल्याइएको थियो।सीसीटीभीप्लस

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

त्रिभुवन विश्वविद्यालयको रेक्टरमा सिंह नियुक्त

काठमान्डै,१६ भदौ । त्रिभुवन विश्वविद्यालयको रेक्टरमा प्रा।डा अन्जना सिंह नियुक्त हुनुभएको छ । त्रिवि उपकुलपति प्रा।डा। भोला थापाको सिफारिसमा कुलपति तथा प्रधानमन्त्री बालेन शाहले मंगलबार

भोटेकोशी बाढी, ९८७ जनाको शव फेला, ११ हजार ८१४ जनाको उद्धार

काठमाडौं,१६ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा त्यसबाट विभिन्न जिल्लामा पुगेको क्षतिका कारण हालसम्म ९८७ जनाको मानवीय क्षति भएको छ । राष्ट्रिय विपद्

केरुङ बन्दरगाह जोड्ने क्षतिग्रस्त राजमार्ग खुलाउने प्रयास तीव्र

एजेन्सी,१६ भदौ । दक्षिणपश्चिमी चीनको तिब्बत स्वायत्त क्षेत्र स्थित बाढीपहिरो प्रभावित केरुङ बन्दरगाह तर्फ जाने प्रमुख राजमार्ग पुनः सञ्चालनका लागि पहिरो र लेदो हटाउने प्रयास

रसुवागढी र तातोपानी अवरुद्ध भए पछि कोरला नाकामा बढ्यो व्यापारिक चाप

मुस्ताङ,१६ भदौ । रसुवागढी–केरुङ र तातोपानी नाका बाढीका कारण प्रभावित भएपछि चीनबाट नेपाल भित्रिने मालसामानको वैकल्पिक मार्गका रूपमा मुस्ताङको कोरला नाका प्रयोग हुन थालेको छ

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछाने बीच भेटवार्ता

काठमाडौं ,१५ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नु भयो।भेटका क्रममा सभापति लामिछानेले भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको

बाढी प्रभावितका लागि समानान्तर ग्रुपद्वारा ६३ लाख ३७ हजार सहयोग

काठमाडौं,१५ भदौ । समानान्तर निर्माण सेवा प्रालि र समानान्तर ग्रुपमा कार्यरत कर्मचारीहरूले रसुवाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत