भोटेकोशी बाढी, ९८७ जनाको शव फेला, ११ हजार ८१४ जनाको उद्धार

काठमाडौं,१६ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा त्यसबाट विभिन्न जिल्लामा पुगेको क्षतिका कारण हालसम्म ९८७ जनाको मानवीय क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार करिब ३ हजार ९१६ जना अझै सम्पर्कविहीन छन् ।

प्राधिकरणले सार्वजनिक गरेको बिहान ९ बजेसम्मको खोज, उद्धार तथा राहतसम्बन्धी अपडेट अनुसार विभिन्न जिल्लाबाट ठूलो संख्यामा शव तथा मानव अंग फेला परेका छन् ।

फेला परेका शवमध्ये रसुवामा २७, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७० र चितवनमा ३२१ रहेका छन् । चितवनलगायतका स्थानमा विभिन्न मानव अंगसमेत फेला परेको प्राधिकरणले जनाएको छ ।

पहिचान खुल्न नसकेका शवहरू विभिन्न जिल्लाका २१ वटा अस्पतालमा राखिएको जनाइएको छ । पहिचान हुन नसकेका शव तथा मानव अंगको विवरण नेपाल प्रहरीको विपद् सम्बन्धी पोर्टलमा उपलब्ध गराइएको छ ।

बाढी तथा विपद्का घटनामा हालसम्म २७९ जना घाइते भएका छन् । विभिन्न अस्पतालबाट १६८ जना डिस्चार्ज भइसकेका छन् भने घाइतेको उपचारसम्बन्धी विवरण प्राधिकरणले आफ्नो सामाजिक सञ्जाल तथा वेबसाइटमार्फत सार्वजनिक गरेको जनाएको छ । नेपाली सेनाले हालसम्म २ हजार ७४० जनालाई स्वास्थ्य उपचार उपलब्ध गराएको छ ।

प्राधिकरणका अनुसार हालसम्म ११ हजार ८१४ जनाको उद्धार गरिएको छ । नेपाली सेनाले हवाइ माध्यमबाट मात्रै ३ हजार ४४९ नेपाली र २५३ विदेशी नागरिकको उद्धार गरेको जनाएको छ ।

नेपाली सेनाले हालसम्म ५७३ पटक हवाइ उडान गरेको छ । त्यसमध्ये मंगलबार मात्रै १२ उडान गरिएको छ । भदौ १४ र १५ गते रसुवा र नुवाकोटमा सशस्त्र प्रहरी बलले ५० वटा हवाइ उडानमार्फत राहत सामग्री ढुवानी गरेको थियो । निजी क्षेत्रबाट काठमाडौंमा आधारित हेलिकप्टरमार्फत हालसम्म २९ वटा उडान भएका छन् ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

त्रिभुवन विश्वविद्यालयको रेक्टरमा सिंह नियुक्त

काठमान्डै,१६ भदौ । त्रिभुवन विश्वविद्यालयको रेक्टरमा प्रा।डा अन्जना सिंह नियुक्त हुनुभएको छ । त्रिवि उपकुलपति प्रा।डा। भोला थापाको सिफारिसमा कुलपति तथा प्रधानमन्त्री बालेन शाहले मंगलबार

भोटेकोशी बाढी, ९८७ जनाको शव फेला, ११ हजार ८१४ जनाको उद्धार

काठमाडौं,१६ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा त्यसबाट विभिन्न जिल्लामा पुगेको क्षतिका कारण हालसम्म ९८७ जनाको मानवीय क्षति भएको छ । राष्ट्रिय विपद्

केरुङ बन्दरगाह जोड्ने क्षतिग्रस्त राजमार्ग खुलाउने प्रयास तीव्र

एजेन्सी,१६ भदौ । दक्षिणपश्चिमी चीनको तिब्बत स्वायत्त क्षेत्र स्थित बाढीपहिरो प्रभावित केरुङ बन्दरगाह तर्फ जाने प्रमुख राजमार्ग पुनः सञ्चालनका लागि पहिरो र लेदो हटाउने प्रयास

रसुवागढी र तातोपानी अवरुद्ध भए पछि कोरला नाकामा बढ्यो व्यापारिक चाप

मुस्ताङ,१६ भदौ । रसुवागढी–केरुङ र तातोपानी नाका बाढीका कारण प्रभावित भएपछि चीनबाट नेपाल भित्रिने मालसामानको वैकल्पिक मार्गका रूपमा मुस्ताङको कोरला नाका प्रयोग हुन थालेको छ

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछाने बीच भेटवार्ता

काठमाडौं ,१५ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नु भयो।भेटका क्रममा सभापति लामिछानेले भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको

बाढी प्रभावितका लागि समानान्तर ग्रुपद्वारा ६३ लाख ३७ हजार सहयोग

काठमाडौं,१५ भदौ । समानान्तर निर्माण सेवा प्रालि र समानान्तर ग्रुपमा कार्यरत कर्मचारीहरूले रसुवाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत