बाढी प्रभावित क्षेत्रमा हवाई र जमिनी उद्धार तीव्र : टनेलमा खोजी जारी

काठमाडौं , १६ भदौ । रसुवा, नुवाकोट, धादिङ, चितवन तथा नवलपरासी पूर्वका बाढी प्रभावित क्षेत्रमा हवाई तथा जमिनी खोज तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ । नेपाली सेनाले आज मंगलबार बिहान ११ बजेसम्म हवाई साधनमार्फत २३ जनाको उद्धार गरेको गरेको हो ।

 

बाढीपछि जलविद्युत् आयोजनाका टनेलमा फसेका व्यक्तिको खोज तथा उद्धारका लागि स्वदेशी तथा विदेशी विशेषज्ञसहितका संयुक्त टोली परिचालन गरिएको छ ।चिलिमे हाइड्रोमा उद्धार टोलीले टनेलभित्र करिब ५० मिटर प्रवेश गरी खोजी गरेको छ । त्यस्तै, लाङटाङ हाइड्रोमा टोली करिब १५० मिटर र अपर त्रिशूली–१ हाइड्रोमा करिब २०० मिटरसम्म टनेलभित्र प्रवेश गरी खोजी तथा उद्धार कार्य भइरहेको छ । त्रिशूली–३ ‘ए’ आयोजनामा टनेल हेड फेला परेको छ । टनेलभित्र कम्प्रेसरमार्फत हावा पठाउने काम भइरहेको छ भने पानी निकाल्ने कार्य पनि जारी छ । तीनवटा एक्साभेटर प्रयोग गरी टनेलको पछाडितर्फको वैकल्पिक मार्ग करिब १५ मिटर खोलिएको छ ।

 

यसअघि बाढीपछि तत्काल उद्धारका क्रममा विभिन्न जलविद्युत् आयोजनाको क्षेत्रबाट २७९ जनाको जीवित उद्धार गरि सकेको छ । रसुवागढीबाट २ जना, माथिल्लो त्रिशूली–१ बाट ३३ जना, माथिल्लो त्रिशूली–३ ‘ए’ बाट २२१ जना, माथिल्लो त्रिशूली–३ ‘बी’ बाट २ जना, मैलुङबाट ९ जना, नुवाकोट सौर्य विद्युत् आयोजनाबाट ४ जना, त्रिशूली जलविद्युत् आयोजनाबाट ३ जना र देवघाट जलविद्युत् आयोजनाबाट ५ जनाको उद्धार गरेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सभामुखद्वारा संसद् बैठक आह्वान : महाविपद बारे ६ दलका नेताले धारणा राख्ने

काठमाडौं ,१६ भदौ । सभामुख डीपी अर्यालले प्रतिनिधिसभाको बैठक आव्हान गर्नु भएको छ। आज प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि अनिश्चितकालका लागि स्थगित गरिएको प्रतिनिधिसभाको बैठक

दैवी प्रकोप उद्धार कोषमा कर्णाली सरकारकोे दुई करोड सहयोग

सुर्खेत ,१६ भदौ । कर्णाली प्रदेश सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार, पुनस्र्थापना तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा

बालबालिकाको गोपनीयता जोगाउन बाढी प्रभावितको फोटो,भिडियो पोस्ट नगर्न आग्रह

काठमाडौं ,१६ भदौ। राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी आएको विनाशकारी बाढीबाट पीडित तथा प्रभावित बालबालिकाको फोटो तथा भिडियो सामाजिक सञ्जाल र सञ्चार माध्यममा पोस्ट नगर्न

बाढी प्रभावित क्षेत्रमा हवाई र जमिनी उद्धार तीव्र : टनेलमा खोजी जारी

काठमाडौं , १६ भदौ । रसुवा, नुवाकोट, धादिङ, चितवन तथा नवलपरासी पूर्वका बाढी प्रभावित क्षेत्रमा हवाई तथा जमिनी खोज तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ

त्रिभुवन विश्वविद्यालयको रेक्टरमा सिंह नियुक्त

काठमान्डै,१६ भदौ । त्रिभुवन विश्वविद्यालयको रेक्टरमा प्रा।डा अन्जना सिंह नियुक्त हुनुभएको छ । त्रिवि उपकुलपति प्रा।डा। भोला थापाको सिफारिसमा कुलपति तथा प्रधानमन्त्री बालेन शाहले मंगलबार

भोटेकोशी बाढी, ९८७ जनाको शव फेला, ११ हजार ८१४ जनाको उद्धार

काठमाडौं,१६ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा त्यसबाट विभिन्न जिल्लामा पुगेको क्षतिका कारण हालसम्म ९८७ जनाको मानवीय क्षति भएको छ । राष्ट्रिय विपद्