बालबालिकाको गोपनीयता जोगाउन बाढी प्रभावितको फोटो,भिडियो पोस्ट नगर्न आग्रह

काठमाडौं ,१६ भदौ। राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी आएको विनाशकारी बाढीबाट पीडित तथा प्रभावित बालबालिकाको फोटो तथा भिडियो सामाजिक सञ्जाल र सञ्चार माध्यममा पोस्ट नगर्न अपील गरेको छ ।मंगलबार एक सुचना जारी गर्दै परिषद्ले भदौ १० गते आएको बाढीबाट प्रभावित बालबालिकाको उद्धार, राहत, सहयोग तथा अन्य सेवा उपलब्ध गराउने क्रममा खिचिएका फोटो तथा भिडियो सार्वजनिक नगर्न आग्रह गरेको हो ।

 

परिषद्का अनुसार पीडित तथा प्रभावित बालबालिकाको गोपनीयता, मर्यादा र बाल अधिकारको सम्मान गर्नुपर्ने भएकाले उनीहरूको फोटो तथा भिडियो कुनै पनि सामाजिक सञ्जालमा पोस्ट गर्ने वा गराउने कार्य नगर्न व्यक्ति तथा संस्थालाई आग्रह गरिएको छ ।परिषद्ले फेसबुक, मेसेन्जर, युट्युब, टिकटक, इन्स्टाग्राम, मेटा, लिंक्डइन, थ्रेड्स, स्न्यापच्याट, भाइबर, ह्वाट्सएप तथा ट्विटर लगायतका सामाजिक सञ्जालमा सार्वजनिक नगर्न आग्रह गरेको हो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सभामुखद्वारा संसद् बैठक आह्वान : महाविपद बारे ६ दलका नेताले धारणा राख्ने

काठमाडौं ,१६ भदौ । सभामुख डीपी अर्यालले प्रतिनिधिसभाको बैठक आव्हान गर्नु भएको छ। आज प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि अनिश्चितकालका लागि स्थगित गरिएको प्रतिनिधिसभाको बैठक

दैवी प्रकोप उद्धार कोषमा कर्णाली सरकारकोे दुई करोड सहयोग

सुर्खेत ,१६ भदौ । कर्णाली प्रदेश सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार, पुनस्र्थापना तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा

बालबालिकाको गोपनीयता जोगाउन बाढी प्रभावितको फोटो,भिडियो पोस्ट नगर्न आग्रह

काठमाडौं ,१६ भदौ। राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी आएको विनाशकारी बाढीबाट पीडित तथा प्रभावित बालबालिकाको फोटो तथा भिडियो सामाजिक सञ्जाल र सञ्चार माध्यममा पोस्ट नगर्न

बाढी प्रभावित क्षेत्रमा हवाई र जमिनी उद्धार तीव्र : टनेलमा खोजी जारी

काठमाडौं , १६ भदौ । रसुवा, नुवाकोट, धादिङ, चितवन तथा नवलपरासी पूर्वका बाढी प्रभावित क्षेत्रमा हवाई तथा जमिनी खोज तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ

त्रिभुवन विश्वविद्यालयको रेक्टरमा सिंह नियुक्त

काठमान्डै,१६ भदौ । त्रिभुवन विश्वविद्यालयको रेक्टरमा प्रा।डा अन्जना सिंह नियुक्त हुनुभएको छ । त्रिवि उपकुलपति प्रा।डा। भोला थापाको सिफारिसमा कुलपति तथा प्रधानमन्त्री बालेन शाहले मंगलबार

भोटेकोशी बाढी, ९८७ जनाको शव फेला, ११ हजार ८१४ जनाको उद्धार

काठमाडौं,१६ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा त्यसबाट विभिन्न जिल्लामा पुगेको क्षतिका कारण हालसम्म ९८७ जनाको मानवीय क्षति भएको छ । राष्ट्रिय विपद्