एमालेद्वारा गठित सहयोग समिति राहत सामग्री बोकेर नुवाकोट प्रस्थान

काठमाडौं,१५ भदौ । भोटेकोशीको विपत्तिमा परेका नागरिकको जीवनरक्षा, तत्काल राहत सामग्री सङ्कलन तथा वितरण, आर्थिक एवं मानवीय सहयोग परिचालन र पुनस्र्थापनाका लागि नेकपा (एमाले)द्वारा गठित ‘बाढीपीडित उद्धार, राहत तथा पुनस्र्थापना सहयोग समिति’ आजदेखि परिचालित भएको छ ।

नेकपा (एमाले)ले हिजो पार्टीका सचिव तथा बाग्मती प्रदेश इन्चार्ज महेश बस्नेतको संयोजकत्वमा उक्त समिति गठन गरी समितिमा रहेका सदस्यहरुलाई जिल्लामा संयोजन गर्ने गरी कार्यविभाजन समेत गरेको थियो ।

सो अनुसार नुवाकोट जिल्ला संयोजकको जिम्मेवारी पाएका केन्द्रीय सल्लाहकार परिषद्का सदस्य रुपनारायण श्रेष्ठको नेतृत्वमा युथ भोलेण्टियर फोर्सका अध्यक्ष पुष्पराज श्रेष्ठ लगायतको एउटा टोली भोटेकोशी विपद् पीडितहरुलाई निःशुल्क खानाको व्यवस्थाका लागि आवश्यक खाद्यसामग्रीसहित नुवाकोट प्रस्थान गरेको छ ।

यसैगरी, रसुवा जिल्लाका लागि संयोजक तोकिएका पार्टीका केन्द्रीय सदस्य तथा जिफण्टका अध्यक्ष विनोद श्रेष्ठ नेतृत्वको अर्को टोली भोलि त्यसतर्फ प्रस्थान गर्ने तयारी भइरहेको छ , भने धादिङ र चितवन जिल्लाको संयोजकको जिम्मेवारीमा रहेका बाग्मती प्रदेश कमिटीका उपसचिव रमेश आचार्य नेतृत्वको टोली पनि त्यसतर्फ प्रस्थान गर्ने तयारी गरिरहेको छ ।

सबै टोलीमा पार्टीका जनसङ्गठनहरु, पार्टीका प्रदेश र जिल्ला कमिटीहरु परिचालित हुने व्यवस्था समितिको कार्यविभाजनमा गरिएको छ ।

पार्टीका सचिव तथा बाढीपीडित उद्धार, राहत तथा पुनस्र्थापना सहयोग समितिका संयोजक महेश बस्नेतले नुवाकोटमा खटिएको टोलीलाई आज पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरबाट विदाई गरे । राहत सामग्री वितरणको काम प्रदेश, स्थानीय तह, स्थानीय प्रशासन र पीडितहरुसँगको समन्वयमा गरिने उहाँले बताउनु भयो । टोलीले बाढी प्रभावित क्षेत्रमा पीडितलाई खाना ख्वाउनका लागि फुड स्टेशन खडा गर्ने भएको छ ।

पार्टीले भोटेकोशी र त्रिशुली नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रका नागरिकको तत्काल उद्धार, राहत तथा दीर्घकालीन पुनस्र्थापना कार्यलाई तिब्रता दिन रु १ करोड २० लाख सहयोग गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय युवा संघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, युथ भोलेण्टियर फोर्स, जिफण्ट लगायत नेकपा (एमाले) का जनसंगठनहरु र स्थानीय पार्टी कमिटी भोटेकोशी बाढीपीडितको उद्धार र राहत वितरणका लागि भदौ १० गतेदेखि नै प्रभावित जिल्ला र क्षेत्रमा परिचालित रहेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रसुवा, नुवाकोट र धादिङमा १६ अर्ब ५० करोडको भौतिक क्षति

काठमाडौँ,१६ भदौ। सहरी विकास तथा भवन निर्माण विभागले हालैको बाढी र पहिरोका कारण रसुवा, नुवाकोट र धादिङ जिल्लामा ठुलो भौतिक क्षति भएको जनाएको छ ।सडक

डिजिटल अर्थतन्त्रमा एआई र साइबर सुरक्षामा सचेत रहन विज्ञहरूको जोड

काठमाडौं ,१६ भदौ। नेपालको डिजिटल अर्थतन्त्रमा साइबर सुरक्षा र आर्टिफिसियल इन्टेलिजेन्स एआइको भूमिका प्रमुख बन्दै गएकाले सचेत बन्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।मंगलबार नेपाल–भारत उद्योग

६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त, त्रिविमा शिक्षाध्यक्ष पनि फेरिए

काठमान्डौ,१६ भदौ ।सरकारले त्रिभुवन विश्वविद्यालयसहित ६ वटा विश्वविद्यालयमा नयाँ रजिस्ट्रार नियुक्त गरेको छ। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन शाहले सम्बन्धित विश्वविद्यालयका उपकुलपतिको सिफारिसका आधारमा शिक्षाध्यक्ष

टेबुल नगरिएको भन्दै सदन अवरुद्ध

सुर्खेत,१६ भदौ। कर्णालीका पूर्वमुख्यमन्त्री राजकुमार शर्माले सदन अवरुद्ध गर्नुभयो । आफूले दर्ता गराएको गैरसरकारी विधेयक सदनमा टेबुल नगरिएको भन्दै सदन अवरुद्ध गराउनु भएको हो ।

बाढीबाट हालसम्म १,००३ जनाको मानवीय क्षति, ३,९१६ जना सम्पर्कविहीन

काठमाडौं ,१६ भदौ। रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा त्यसबाट विभिन्न जिल्लामा पुगेको क्षतिका कारण हालसम्म एक हजार ३ जनाको मानवीय क्षति भएको छ ।

नवलपरासीमा लागुऔषध कारोबारीमाथि गोली प्रहार

काठमाडौं,१५ भदौ ।पश्चिम नवलपरासी स्थित रामग्राम नगरपालिकामा प्रहरीले गोली चलाएको छ । लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले लागुऔषध कारोबारीमाथि गोली प्रहार गरेको हो । ब्यूरोको