बाढीपहिरोको वितण्डा

रसुवा, नुवाकोट र धादिङमा १६ अर्ब ५० करोडको भौतिक क्षति

काठमाडौँ,१६ भदौ। सहरी विकास तथा भवन निर्माण विभागले हालैको बाढी र पहिरोका कारण रसुवा, नुवाकोट र धादिङ जिल्लामा ठुलो भौतिक क्षति भएको जनाएको छ ।सडक विभागमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै विभागका महानिर्देशक रविन्द्र बोहराले बाढीका कारण निजी आवास र सार्वजनिक संरचनामा अर्बौँको क्षति भएको जानकारी दिनु भयो ।महानिर्देशक बोहराका अनुसार रसुवा, नुवाकोट र धादिङमा गरी करिब ७ हजार ५७७ निजी घरहरू पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । यसबाट निजी आवास क्षेत्रमा मात्रै करिब १२ अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको उहाँले बताउनु भयो । त्यस्तै, सरकारी भवन, विद्यालय र अन्य सार्वजनिक संरचना गरी ४५ वटा संरचनामा क्षति पुग्दा थप साढे ४ अर्ब रुपैयाँको नोक्सानी भएको उहाँले जानकारी दिनु भयो ।

 

२०७२ सालको भूकम्प र अहिलेको बाढीको क्षतिको प्रकृति फरक रहेको महानिर्देशक बोहराले उल्लेख गर्नु भयो । ‘भूकम्पमा घरहरू भत्किए पनि जमिन सुरक्षित थियो र त्यहीँ पुनर्निर्माण सम्भव थियो,’ उहाँले भन्नुृ भयो, ‘अहिले रसुवागढीदेखि स्याफ्रुबेँसीसम्मका कतिपय बस्तीहरू बाढीले पूर्ण रूपमा बगाएको स्वेप्ट आउट छ, जहाँ तत्काल सोही ठाउँमा बस्न सक्ने अवस्था छैन ।’बाढी प्रभावित क्षेत्रका ३ हजार ४ सय ५० जना अहिले विभिन्न होल्डिङ सेन्टरहरूमा आश्रय लिइरहेका छन् । नुवाकोटमा १६ वटा सेन्टरमा ३,४०३ जना, रसुवामा ३५० जना र रसुवाकै चिलिमे नारायणमा ३०० जना तथा धादिङमा ४ वटा सेन्टरमा ४०० जना बसिरहेको तथ्याङ्क विभागले सार्वजनिक गरेको छ ।हाल १८ वटा विद्यालयहरूलाई आश्रयस्थल सेल्टर का रूपमा प्रयोग गरिएको र विद्यालयहरू चाँडै सञ्चालन गर्नुपर्ने भएकाले प्रभावितहरूलाई दुई–तीन हप्ताभित्रै ’ट्रान्जिसनल सेल्टर’ अस्थायी आवास० मा सार्ने तयारी भइरहेको बोहराले बताउनु भयो।

 

सरकारले नयाँ प्रविधिको ’नट–बोल्ट’ प्रिफ्याब संरचना प्रयोग गरी अस्थायी आवास निर्माण गर्ने योजना बनाएको छ । एउटा आवास निर्माणका लागि करिब १ हजार डलर लाग्ने अनुमान गरिएको छ । ६ हजार घरधुरीका लागि यस्ता अस्थायी आवास निर्माण गर्न करिब ९० करोड रुपैयाँ लाग्ने विभागको प्रारम्भिक अनुमान छ । यस कार्यमा आईओएम र यूएन ह्याबिट्याट जस्ता अन्तर्राष्ट्रिय संस्थाहरूले पनि सहयोग गर्न सक्ने उहाँले बताउनु भयो ।अस्थायी व्यवस्थापनपछि स्थायी पुनर्निर्माण लागि करिब ५ अर्ब रुपैयाँ लाग्ने महानिर्देशक बोहराको अनुमान छ । विगतमा भूकम्प प्रभावितलाई प्रति घर ३ लाख दिइएकोमा अहिले प्रति घर ७ देखि ८ लाख रुपैयाँ अनुदान दिनुपर्ने हुनसक्ने उहाँले बताउनु भयो।हाल विभागका चार वटा प्राविधिक टोलीहरू धादिङ, नुवाकोट र रसुवाका फिल्डमा खटिएका छन्। ती टोलीले बुझाउने विस्तृत प्रतिवेदनका आधारमा उच्चस्तरीय समितिको निर्देशन बमोजिम छिट्टै अस्थायी र स्थायी आवास निर्माणको काम अघि बढाइने उहाँले जानकारी दिनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

एआईको बढ्दो प्रयोगसँगै साइबर सुरक्षामा चनाखो बन्न आग्रह

काठमाडौं , भदौ १६ । नेपालको डिजिटल अर्थतन्त्रमा साइबर सुरक्षा र आर्टिफिसियल इन्टेलिजेन्स(एआइ)को भूमिका प्रमुख बन्दै गएकाले सचेत बन्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।मंगलबार नेपाल–भारत

राहत कोषमा इप्पानको १३ करोड १ रुपैयाँ सहयोग, १२ जलविद्युत् आयोजनामा क्षति

काठमाडौं , भदौ १६ । भोटकोशी नदीमा आएको महाविपत्तिका कारण हालसम्म आठवटा सञ्चालनमा रहेका र चारवटा निर्माणाधीन गरी १२ वटा विद्युत आयोजनाका संरचना ध्वस्त भएका

भोटेकोशी प्रलयअघि नै थियो चेतावनी, किन दराजमै थन्कियो प्रतिवेदन?

काठमाडौं , १६ भदौ। २४ असार २०८२ बिहान ३ बजे रसुवास्थित नेपाल-चीन अन्तर्राष्ट्रिय नाका हुँदै बग्ने भोटेकोशी नदी (चीनतर्फको ल्हेन्दे खोला) मा अकस्मात बाढी आयो

सडक–पुलमा ३० अर्बको क्षति, पुनर्निर्माणमा ५० अर्बभन्दा बढी लाग्ने

काठमाडौं , १६ भदौ । भोटेकोशी–त्रिशूली बाढीले सडक तथा पुलमा मात्र ३० अर्ब रुपैयाँ बराबरका संरचना क्षति भएको पाइएको छ ।सडक विभागका महानिर्देशक डा. विजय

रविलाई चिनियाँ राजदूतको आश्वासन– विपद् पूर्वसूचना प्रणाली बलियो बनाउँछौं

 काठमाडौं , १६ भदौ । रास्वपा सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत माओमिङबीच भेटवर्ता भएको छ ।उनीहरूबीच बुधबार दिउँसो सभापति लामिछानेको बूढानीलकण्ठस्थित निवासमा

रसुवा, नुवाकोट र धादिङमा १६ अर्ब ५० करोडको भौतिक क्षति

काठमाडौँ,१६ भदौ। सहरी विकास तथा भवन निर्माण विभागले हालैको बाढी र पहिरोका कारण रसुवा, नुवाकोट र धादिङ जिल्लामा ठुलो भौतिक क्षति भएको जनाएको छ ।सडक