सुनसरी | १६ भदौ | सप्तकोसी नदीमा पानीको बहाव बढ्दै गएपछि कोसी ब्यारेजका ५२ मध्ये २५ वटा ढोका खोलिएका छन्।
आज साँझ ७ बजेर २५ मिनेटको मापनअनुसार कोसी ब्यारेजमा पानीको बहाव २ लाख १० हजार ४ सय ५५ क्युसेक पुगेको छ।
पानीको सतह निरन्तर बढ्दो क्रममा रहेको र अवस्था खतरायुक्त रहेको जनाइएको छ।
पानीको बहाव बढेसँगै थप ढोका खोल्नुपर्ने अवस्था आउन सक्ने भएकाले कोसी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
विशेषगरी नदी किनार तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकले सावधानी अपनाउन आवश्यक देखिएको छ।









