भोटेकोशी बाढी

सीमापार जल तथ्यांक र पारदर्शिता खुला गर्न चीनसँग अधिकारकर्मीको माग

काठमाडौं,१७ भदौ । भोटेकोशीमा आएको भिषण बाढीपछि तिब्बती अधिकारकर्मी र वातावरण विद्हरूले चीनसँग पारदर्शिता कायम गर्न, सीमापार जल सम्बन्धी तथ्यांक समयमै सार्वजनिक गर्न र भविष्यमा यस्ता विपद् रोक्न जवाफ देही बन्न माग गरेका छन ।भारतको हिमाचल प्रदेशको धर्मशालामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा अन्तर्राष्ट्रिय तिब्बत नेटवर्क आइटिएन र स्टुडेन्ट्स फर अ फ्री तिब्बत–इन्डियाले तिब्बतको क्यिरोङ क्षेत्रमा भएको हिमताल तथा हिमपहिरो सम्बन्धी घटनाको विश्वसनीय सूचना प्राप्त गर्न कठिनाइ भएको बताएका हुन। उनीहरूले चीनले अन्तर्राष्ट्रिय सञ्चार माध्यमलाई प्रभावित क्षेत्रमा निर्बाध पहुँच दिनुपर्ने पनि माग गरेका छन।

 

तिब्बत नीति संस्थान सीटीए अन्तर्गत वातावरण तथा विकास डेस्ककी अनुसन्धानकर्ता धोनदुप वाङ्मोले चीनले नेपाल र भारतजस्ता तल्लो तटीय मुलुकसँग पर्याप्त सूचना साझा नगरेको आरोप लगाउनु भयो ।चीनले जवाफदेहिता नलिए भविष्यमा पनि यस्ता विपद् दोहोरिन सक्ने भन्दै उहाँले सीमापार नदीको जलस्तर र हिमताल जोखिमसम्बन्धी जानकारी खुला रूपमा उपलब्ध गराउनुपर्ने बताउनु भयो । अन्तर्राष्ट्रिय तिब्बत नेटवर्ककी वरिष्ठ वातावरण अनुसन्धानकर्ता लोबसाङ याङ्त्सोले तिब्बतबाट बग्ने ब्रह्मपुत्र नदीमा चीनले निर्माण गरिरहेको विश्वकै सबैभन्दा ठूलो जलविद्युत् आयोजना भारतका लागि चेतावनी हुन सक्ने टिप्पणी गर्नु भयो। नेपालमा देखिएको विपद्ले सीमापार नदी व्यवस्थापनमा समयमै सूचना आदानप्रदानको आवश्यकता झन् स्पष्ट पारेको उहाँको भनाइ छ ।

 

अधिकार समूहहरूले बेइजिङले बाढीसम्बन्धी जानकारी साझा गर्ने वा आफन्तसँग सम्पर्क गर्न खोज्ने तिब्बतीहरूलाई दण्डित नगर्न पनि आग्रह गरेका छन् । साथै नेपाल, भारत र बंगलादेशलाई सीमापार जलविज्ञानसम्बन्धी तथ्यांक र पूर्वसूचना समयमै उपलब्ध गराउन माग गरेका छन।यता चीनले भने बाढीसम्बन्धी भिडियो सेन्सर गरेको र सूचना लुकाएको आरोप अस्वीकार गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले चीनको सूचना सार्वजनिक गर्ने प्रणाली खुला र पारदर्शी रहेको तथा विपद्लाई आधार बनाएर गरिने आरोपहरू तथ्यहीन रहेको बताउनु भयो। एएनआई

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पेट्रोलियम र दुईपांग्रेलाई एकतर्फी, अन्य गाडी सुरुङमार्ग हुँदै आवतजावत

काठमाडौं,१७ भदौ । पृथ्वी राजमार्गअन्तर्गत नागढुंगा नजिकै पातले वनमा सडकको केही भाग भासिएपछि सवारी आवागमन प्रभावित भएको छ । बुधबार बिहान सडकको केही भाग भासिएपछि

केन्द्रीय समिति बैठकमा सुदन किराँती समूहले ‘असहमति’ दर्ज गराउने

बाठमान्डौ,१७ भदौ । श्रम संस्कृति पार्टीको धरानमा जारी केन्द्रीय समिति बैठकको दोस्रो दिन बुधबार वरिष्ठ नेता सुदन किराँतीसहितका नेताहरू सहभागी भएका छन्। मंगलबार सुरु भएको

टनेल र खोँचहरूमा अझै मानिसहरू उद्धारको पर्खाइमा रहेको सांसद खरेलको भनाइ

काठमाडौं,१७ भदौ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘भोटेकोशी बाढीका कारण पर्यटन क्षेत्रमा परेको प्रभाव’का बारेमा छलफल जारी छ । छलफलका क्रममा राष्ट्रिय स्वतन्त्र

प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्ने

काठमाडौं,१७ भदौ । प्रधानमन्त्री बालेन शाहले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन्। संघीय संसद सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शाहले सम्बोधन

भोटेकोशी उद्धारमा सरकारलाई सघाउने कांग्रेसको प्रतिबद्धता

काठमाडौं,१७ भदौ । नेपाली कांग्रेसले भोटेकोशी बाढीपछिको उद्धार र राहतमा सरकारलाई पूर्ण सहयोग गर्ने जनाएको छ। तर, सुरुङभित्र फसेका इन्जिनियर तथा श्रमिकको उद्धारमा भएको ढिलासुस्तीप्रति

ग्लोबल आइएमई बैंकले घोषणा गर्यो १० प्रतिशत लाभांश

काठमाडौं,१७ भदौ । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको भदौ १७ गते