काठमाडौं,१७ भदौ । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
बैंकको भदौ १७ गते बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
घोषित लाभांशमध्ये ४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश (करसहित) रहेको बैंकले जनाएको छ ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिनेछ ।









