काठमाडौं,१७ भदौ । नेपाली कांग्रेसले भोटेकोशी बाढीपछिको उद्धार र राहतमा सरकारलाई पूर्ण सहयोग गर्ने जनाएको छ।
तर, सुरुङभित्र फसेका इन्जिनियर तथा श्रमिकको उद्धारमा भएको ढिलासुस्तीप्रति भने आपत्ति जनाएको छ।
विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको आठौँ बैठकले समयमै अन्तर्राष्ट्रिय विज्ञ र उद्धार टोली नबोलाएको भन्दै सरकारको आलोचना गरेको हो।
कांग्रेसले राहत वितरणमा स्थानीय तहलाई जिम्मेवार बनाउने गरी ‘स्थानीय द्वार प्रणाली’ लागू गर्न माग गरेको छ।
त्यस्तै, पुनर्निर्माणको खाका तयार गर्न प्राडा गोविन्दराज पोखरेलको नेतृत्वमा विज्ञ टोली गठन गरेको छ। टोलीले एक महिनाभित्र सरकारलाई प्रतिवेदन बुझाउनेछ।









