बाढी प्रभावित क्षेत्रमा ९५ प्रतिशत सञ्चार सेवा पुनःस्थापित : प्रधानमन्त्री शाह

बाठमान्डौ,१७ भदौ । प्रधानमन्त्री बालेन शाहले बाढी प्रभावित क्षेत्रमा अवरुद्ध भएका सञ्चार सेवा ९५ प्रतिशत पुनःस्थापित भइसकेको बताउनु भएको ।

बुधबार प्रतिनिधिसभाको बैठकमा भोटेकोशी बाढीबाट भएको क्षतिबारे जानकारी दिँदै प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रमा अवरुद्ध सञ्चार सेवा दोस्रो दिनदेखि नै पुनःस्थापना गर्न थालिएको बताउनु भयो । सञ्चार सेवाको पहुँचबाहिर रहेका स्थानमा ३० वटा स्याटेलाइट फोनमार्फत सञ्चार भइरहेको उहाँको भनाइ छ ।

‘प्रभावित क्षेत्रमा अवरुद्ध भएका सञ्चार सेवा दोस्रो दिनदेखि पुनःस्थापना हुँदै हिजोसम्ममा ९५ प्रतिशत सेवा पुनःस्थापित भइसकेको छ । सञ्चार सेवाको पहुँचभन्दा बाहिर भएका स्थलहरूमा हाल ३० वटा स्याटेलाइट फोनमार्फत सञ्चार भइरहेको छ। बाढीले भोटेकोशी–त्रिशूली करिडोरमा सञ्चालित तथा निर्माणाधीन जलविद्युत् आयोजना र सौर्य परियोजनामा ठूलो क्षति पुर्‍याएको छ,’ उहाँले भन्नुभयो ।

प्रधानमन्त्री शाहका अनुसार बाढीले भोटेकोशी–त्रिशूली करिडोरमा सञ्चालित तथा निर्माणाधीन जलविद्युत् आयोजना र सौर्य परियोजनामा ठूलो क्षति पुर्‍याएको छ । विद्युत् उत्पादन गरिरहेका ८ वटा आयोजनामा २८१ मेगावाट तथा निर्माणाधीन ४ वटा आयोजनामा ३८८ मेगावाट क्षति पुगेको उहाँले जानकारी दिनु भयो ।

क्षतिग्रस्त आयोजनामध्ये केही मात्र मर्मत गर्न सकिने र त्यसका लागि ठूलो लगानी आवश्यक पर्ने देखिएको प्रधानमन्त्री शाहले बताउनु भयो । बाढीका कारण ४ हजार ३१।१ मेगावाट विद्युत् उत्पादन अवरुद्ध भएको उहाँको भनाइ छ ।

नुवाकोटमा वैकल्पिक प्रसारण व्यवस्थामार्फत ८५ प्रतिशत क्षेत्रमा विद्युत् सेवा पुनःप्रवाह गरिएको, धादिङमा ५८ प्रतिशत र रसुवामा ४० प्रतिशत विद्युत् सेवा पुनःस्थापित भइसकेको प्रधानमन्त्री शाहले जानकारी दिनुभयो ।

जलविद्युत् आयोजना क्षेत्रमा उद्धार तथा आवश्यक प्राविधिक कामका लागि भारतीय, चिनियाँ र कोरियन विज्ञ टोली परिचालन भइरहेको पनि उहाँले बताउनु भयो ।

 

‘नुवाकोटमा वैकल्पिक प्रसारण व्यवस्थामार्फत ८५ प्रतिशत क्षेत्रमा विद्युत् सेवा पुनःप्रवाह गरिरहेका छौँ। धादिङमा ५८ प्रतिशत विद्युत् सेवा पुनःस्थापना भइसकेको छ। रसुवामा ४० प्रतिशत विद्युत् सेवा पुनःस्थापना भइसकेको छ। जलविद्युत् आयोजना क्षेत्रमा उद्धार कार्यका लागि भारतीय, चिनियाँ र कोरियन विज्ञ टोली परिचालन भइरहेको छ,’ उहाँले भन्नु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

डीएनए सुरक्षित राखेर मात्र बेवारिसे शवको व्यवस्थापन गरिएको छ : प्रधानमन्त्री

काठमाडौं ,१७ भदौ। प्रधानमन्त्री बालेन शाहले पहिचान हुन नसकेका शवलाई जमिनमुनि व्यवस्थापन गरिएतापनि डीएनए परीक्षण तथा अन्य पहिचानमा सहयोग पुग्ने आधारहरू सुरक्षित राखिएको बताउनु भएको

बाढीपहिरोबारे गम्भीर र वस्तुगत विवेचना आवश्यक छ : सांसद ‘बादल’

काठमाडौं,१७ भदौ । नेकपा एमालेका सांसद रामबहादुर थापा ‘बादल’ले भाद्र १० गते आएको विनाशकारी बाढीपहिरो प्राकृतिक विपत्ति मात्र हो वा मानव सिर्जित दुर्घटना पनि हो

दुःखको घडीमा सरकार साथमा छ : श्रेष्ठ

काठमाडौं ,१७ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चिलिमे जलविद्युत् परियोजनामा सम्पर्कविहीन रहेका राष्ट्रसेवकका परिवारजनलाई भेट गरी दुःखको यस घडीमा सरकार

बाढी प्रभावित क्षेत्रमा ९५ प्रतिशत सञ्चार सेवा पुनःस्थापित : प्रधानमन्त्री शाह

बाठमान्डौ,१७ भदौ । प्रधानमन्त्री बालेन शाहले बाढी प्रभावित क्षेत्रमा अवरुद्ध भएका सञ्चार सेवा ९५ प्रतिशत पुनःस्थापित भइसकेको बताउनु भएको । बुधबार प्रतिनिधिसभाको बैठकमा भोटेकोशी बाढीबाट भएको

प्रधानमन्त्री शाहद्वारा भोटेकोशी बाढीबारे ब्रिफिङ

काठमाडौं,१७ भदौ। प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभाको बैठकमा भोटेकोशी बाढीबाट भएको क्षति तथा सरकारले गरिरहेको उद्धार, राहत र पुनःस्थापनाका कामबारे जानकारी गराउनु भएको छ। बुधबार बसेको

विपत्तिमा विश्राम लिने छुट छैन : प्रधानमन्त्री शाह

बाठमान्डौ,१७ भदौ ।  प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्को सामना गर्न सरकार दृढतापूर्वक लागिरहेको बताउनु भएको