बाढीपहिरोबारे गम्भीर र वस्तुगत विवेचना आवश्यक छ : सांसद ‘बादल’

काठमाडौं,१७ भदौ । नेकपा एमालेका सांसद रामबहादुर थापा ‘बादल’ले भाद्र १० गते आएको विनाशकारी बाढीपहिरो प्राकृतिक विपत्ति मात्र हो वा मानव सिर्जित दुर्घटना पनि हो भन्ने विषयमा गम्भीर र वस्तुगत विवेचना आवश्यक रहेको बताउनु भएको छ ।बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद थापाले भाद्र १० गतेको भयावह घटनाले हजारौँ नागरिकका लागि कालरात्रिको रूप लिएको बताउनु भयो। उहाँले विपत्तिको वस्तुगत निष्कर्ष निकाल्न सके मात्रै शोक र पीडालाई शक्तिमा बदल्न तथा आगामी दिनमा यस्ता दुर्घटना रोक्न र त्यसबाट बच्न सकिने धारणा राख्नु भयो ।

 

उहाँले भन्नु भयो, ‘भाद्र १० गतेको त्यो भयानक विहानी कसरी हजारौँ नागरिकहरूको कालरात्री बनेर आयो, यो प्रकृति सिर्जित विध्वंश हो वा मानव निर्मित दुर्घटना । शोक र पीडाको घडीमा यो गम्भीर प्रश्नको वस्तुनिष्ठ विवेचना गर्न अत्यन्त जरुरी छ । यसको वस्तुगत समुचित निष्कर्षबाट नै हामी शोक र पीडालाई शक्तिमा बदल्न सक्दछौँ । भावी दुर्घटना रोक्न तथा त्यसबाट बच्न सक्दछौँ ।’सांसद थापाले जलवायु परिवर्तन र भू–मण्डलीय तापक्रम वृद्धिका कारण मानव जातिको अस्तित्वमै संकट उत्पन्न भइरहेको बताउनु भयो। विकसित देशहरूले उद्योग, यातायात लगायतका प्रयोजनमा अत्यधिक पेट्रोलियम पदार्थ, कोइला र ग्यास प्रयोग गर्दा विषाक्त ग्यास उत्सर्जन हुने र त्यसले वायुमण्डलको तापक्रम अस्वाभाविक रूपमा बढाइरहेको उहाँको भनाइ छ ।

 

उहाँले भन्नु भयो, ‘विज्ञ तथा वैज्ञानिकहरूको निष्कर्षअनुसार जलवायु परिवर्तन तथा भूमण्डलीय तापक्रम वृद्धिले मानव जातिको अस्तित्वमा नै संकट पैदा गरेको छ । विकसित देशहरूले उद्योग, यातायात तथा अन्य प्रयोजनको लागि अत्यधिक मात्रामा पेट्रोलियम पदार्थ, कोइला तथा ग्यास प्रयोग गर्दा त्यसले विषाक्त ग्यास उत्सर्जन गर्दछ । फलस्वरूप वायुमण्डलको तापक्रममा अस्वाभाविक वृद्धि हुन जान्छ । तापक्रमको वृद्धिले हिमालको हिउँ पग्लिन्छ । जो भयावह बाढीपहिरोमा परिणत हुन्छ । परिणामतः त्यसले मानव बस्तीको अस्तित्व नै मेटाउँछ ।’

 

उहाँले वायुमण्डलको तापक्रम बढेसँगै उत्तरी र दक्षिणी ध्रुवतर्फका हिउँ पग्लिरहेको र यसले समुद्रको जलस्तर बढाउँदै लगेको बताउनु भयो । समुद्रको जलस्तर बढ्दा समुद्री तटीय मुलुकहरूको अस्तित्व नै लोप हुने खतरा बढिरहेको उहाँको भनाइ छ ।सांसद थापाले वन विनाशले समेत जलवायु परिवर्तन तथा भू–मण्डलीय तापक्रम वृद्धिमा नकारात्मक भूमिका निर्वाह गरिरहेको बताउनु भयो।

 

उहाँले भन्नु भयो, ‘वायुमण्डलको तापक्रम वृद्धि हुँदा उत्तरी र दक्षिणी ध्रुवतिरका हिउँ पग्लिरहेका छन् । यसले एक प्रकारको सुनामीको सृष्टि गरिरहेको छ । समुद्रको जलस्तरमा वृद्धि हुँदै गएको छ । यसले समुद्र तटीय मुलुकहरूको अस्तित्व नै लोप हुने खतरा बढाएको छ । यसका साथै वन विनाशले पनि जलवायु परिवर्तन तथा भू–मण्डलीय तापक्रम वृद्धिमा उल्लेखनीय नकारात्मक भूमिका निर्वाह गरेको छ ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रिय अनुसन्धान विभागलाई गृह कि प्रधानमन्त्री कार्यालय मातहत राख्ने विषयमा विधायन समितिमा छलफल

काठमाडौं ,१७ भदौ। कानुनमन्त्री सोविता गौत्तमले राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय वा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत राख्ने भन्ने विषयमा मात्रै हालको विधेयकले निर्णय गर्न

सरकार विपद् व्यवस्थापन र जनपरिचालनमा असफल भयो : प्रचण्ड

काठमाडौं,१७ भदौ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार विपद्को समयमा उद्धार र जनपरिचालनमा असफल भएको आरोप लगाउनु भयो। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा

सरकारले सुरुङमा उद्धार गर्ने प्रविधि छैन भन्यो : ज्ञानेन्द्र शाही

काठमाडौं,१७ भदौ।चिलिमे सुरुङमा उद्धारमा ढिलाइ भएको भन्दै सरकारको आलोचना, ‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले

सुरुङमा फसेकाहरूको तत्काल उद्धार गर्न सांसद पराजुलीको माग

काठमाडौं ,१७ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सांसद गणेश पराजुलीले मुलुकले यस पुस्ताले नदेखेको र नसुनेको भयावह प्राकृतिक विपत्तिको सामना गरिरहेको बताउनु भएको

विपद्‌मा सत्ता र प्रतिपक्ष नभनी एकजुट बनौँ : सांसद आङ्देम्बे

काठमाडौं ,१७ भदौ। नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले विपद्को समयमा सत्ता पक्ष र प्रतिपक्ष नभनी सबै राजनीतिक दल एकजुट भएर सामना गर्नुपर्ने बताउनु भएको छ।बुधबार

तामाङसँगको विवादबारे वडा अध्यक्षको स्पष्टीकरण

काठमाडौं ,१७ भदौ । आशिका तामाङसँगको विवादबारे वडा अध्यक्ष अधिकारीको स्पष्टीकरण स् ‘मेरो संलग्नता थिएन, उल्टै मिडियाबाजी गरियो’ धादिङको गल्छी गाउँपालिका–४ का वडा अध्यक्ष राजु