डीएनए सुरक्षित राखेर मात्र बेवारिसे शवको व्यवस्थापन गरिएको छ : प्रधानमन्त्री

काठमाडौं ,१७ भदौ। प्रधानमन्त्री बालेन शाहले पहिचान हुन नसकेका शवलाई जमिनमुनि व्यवस्थापन गरिएतापनि डीएनए परीक्षण तथा अन्य पहिचानमा सहयोग पुग्ने आधारहरू सुरक्षित राखिएको बताउनु भएको छ।बुधबार प्रतिनिधिसभाको बैठकमा भोटेकोशी बाढीबारे ब्रिफिङ गर्दै उहाँले डीएनए परीक्षण तथा अन्य पहिचानमा सहयोग पुग्ने आधारहरू सुरक्षित राखिएको र डीएनए म्याचिङपछि सम्बन्धित परिवारलाई शव हस्तान्तरण गरिने जानकारी दिनु भयो।

 

प्रधानमन्त्री शाहका अनुसार हालसम्म १११४ जनाको शव फेला परेको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको सहयोगमा शव व्यवस्थापन भइरहेको उहाँले बताउनु भयो।पहिचान भएका शवहरू भने आफन्तको जिम्मा लगाउने काम भइरहेको प्रधानमन्त्री शाहले जानकारी दिनु भयो।

उहाँले भन्नु भयो,‘पहिचान हुन नसकेकाहरूको शव कानुनबमोजिम वैज्ञानिक प्रक्रिया पूरा गरी जमिनमुनि सुरक्षित रूपमा व्यवस्थापन गरिरहेका छौँ। तर, डीएनए तथा अन्य पहिचानमा सहयोग पुग्ने आधारहरू सुरक्षित राखिएका छन्। यी शव डीएनए म्याचिङपश्चात् सम्बन्धित परिवारलाई हस्तान्तरण गरिनेछ।हालसम्म १११४ जनाको शव फेला परेको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको सहयोगमा यी शव व्यवस्थापन भइरहेको छ। पहिचान भएका शवहरू आफन्तको जिम्मा लगाउने काम भइरहेको छ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रिय अनुसन्धान विभागलाई गृह कि प्रधानमन्त्री कार्यालय मातहत राख्ने विषयमा विधायन समितिमा छलफल

काठमाडौं ,१७ भदौ। कानुनमन्त्री सोविता गौत्तमले राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय वा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत राख्ने भन्ने विषयमा मात्रै हालको विधेयकले निर्णय गर्न

सरकार विपद् व्यवस्थापन र जनपरिचालनमा असफल भयो : प्रचण्ड

काठमाडौं,१७ भदौ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार विपद्को समयमा उद्धार र जनपरिचालनमा असफल भएको आरोप लगाउनु भयो। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा

सरकारले सुरुङमा उद्धार गर्ने प्रविधि छैन भन्यो : ज्ञानेन्द्र शाही

काठमाडौं,१७ भदौ।चिलिमे सुरुङमा उद्धारमा ढिलाइ भएको भन्दै सरकारको आलोचना, ‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले

सुरुङमा फसेकाहरूको तत्काल उद्धार गर्न सांसद पराजुलीको माग

काठमाडौं ,१७ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सांसद गणेश पराजुलीले मुलुकले यस पुस्ताले नदेखेको र नसुनेको भयावह प्राकृतिक विपत्तिको सामना गरिरहेको बताउनु भएको

विपद्‌मा सत्ता र प्रतिपक्ष नभनी एकजुट बनौँ : सांसद आङ्देम्बे

काठमाडौं ,१७ भदौ। नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले विपद्को समयमा सत्ता पक्ष र प्रतिपक्ष नभनी सबै राजनीतिक दल एकजुट भएर सामना गर्नुपर्ने बताउनु भएको छ।बुधबार

तामाङसँगको विवादबारे वडा अध्यक्षको स्पष्टीकरण

काठमाडौं ,१७ भदौ । आशिका तामाङसँगको विवादबारे वडा अध्यक्ष अधिकारीको स्पष्टीकरण स् ‘मेरो संलग्नता थिएन, उल्टै मिडियाबाजी गरियो’ धादिङको गल्छी गाउँपालिका–४ का वडा अध्यक्ष राजु