टनेलमा फसेकाहरूको उद्धार निकै चुनौतीपूर्ण छ : प्रधानमन्त्री बालेन शाह

काठमाडौं ,१७ भदौ। प्रधानमन्त्री बालेन शाहले बाढीसहितको हिलामाटोले टनेल पूर्ण रूपमा थुनिएकाले त्यहाँ फसेकाहरूको उद्धार कार्य निकै चुनौतीपूर्ण रहेको बताउनु भएको छ।बुधबार प्रतिनिधिसभाको बैठकमा भोटेकोशी बाढीबारे ब्रिफिङ गर्दै प्रधानमन्त्री शाहले विश्वका विभिन्न देशमा टनेलमा विपत्ति आउँदा पहिरो पन्छाएर उद्धार गर्ने विशेषज्ञ र प्रविधि उपलब्ध भए पनि अहिलेको अवस्था त्यसभन्दा फरक रहेको बताउनु भयो।

 

उहाँले भन्नु भयो, ‘टनेलमा फस्नुभएकाहरूको अहिले धेरै चर्चा भइरहेको छ । यो टनेलमा आएको विपत्ति विशेष किसिमको छ । विश्वभरको कुनै टनेलमा विपत्ति आउँदाखेरी विश्वभरिका टनेल एक्सपर्टहरू टनेलमा आउने पहिरोलाई पन्छाएर उद्धार गर्ने एक्सपर्टिजहरू विश्वभर नै रहेको छ । तर यो चाहिँ किन फरक किसिमको हो भने पहिरोले प्रभावित भएको अथवा थुनिएको टनेल होइन र यो बाढीसहित हिलामाटोले पूर्ण रूपमा थुनिएको टनेल हो । यो सम्बन्धी काम गर्ने एकदमै ठूलो एक्सपर्टिज कुनै देशमा पनि थिएन । हामीसँग पनि तत्कालै गर्ने टेक्नोलोजी अहिलेसम्म कोहीसँग पनि छैन । विभिन्न राष्ट्रमा जति उद्धार भएको थियो, त्योभन्दा यो एकदमै विल्कुलै फरक अवस्था हो ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढीग्रस्त क्षेत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीको स्थलगत अवलोकन

काठमान्डौ,१७ भदौ । बाढीग्रस्त क्षेत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीको स्थलगत अवलोकन गर्नु भएको छ । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीद्वारा बढी प्रभावित जिल्ला धादिङको

१,११४ शव फेला, ३४ देशका ५९० विदेशी सहित ३,९०० बेपत्ता

काठमाडौं,१७ भदौँ । भदौ १० गते भोटेकोशी नदी क्षेत्रमा आएको अभूतपूर्व बाढीपछि खोजी, उद्धार तथा राहत कार्यलाई सरकारले तीव्रता दिएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता

सप्तकोसीमा पानीको बहाव २ लाख २६ हजार क्युसेक नाघ्यो, २७ ढोका खोलियो

विराटनगर ,१७ भदौ ।सप्तकोसी नदीमा पानीको बहाव निरन्तर बढिरहेको छ । कोसी ब्यारेजमा पानीको बहाव बढेर २ लाख २६ हजार ६ सय ८० क्युसेक पुगेको

५५ वर्षे अवकाशको प्रस्तावपछि झापाका प्रजिअ गेलालले दिए राजीनामा

झापा,१७ भदौ ।झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले पदबाट राजीनामा दिनुभएको छ। गेलालले दुई दिनअघि काठमाडौं पुगेर गृहसचिवसमक्ष राजीनामा पत्र बुझाउनु भएको हो। उहाँको राजीनामा

राष्ट्रिय अनुसन्धान विभागलाई गृह कि प्रधानमन्त्री कार्यालय मातहत राख्ने विषयमा विधायन समितिमा छलफल

काठमाडौं ,१७ भदौ। कानुनमन्त्री सोविता गौत्तमले राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय वा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत राख्ने भन्ने विषयमा मात्रै हालको विधेयकले निर्णय गर्न

सरकार विपद् व्यवस्थापन र जनपरिचालनमा असफल भयो : प्रचण्ड

काठमाडौं,१७ भदौ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार विपद्को समयमा उद्धार र जनपरिचालनमा असफल भएको आरोप लगाउनु भयो। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा