तामाङसँगको विवादबारे वडा अध्यक्षको स्पष्टीकरण

काठमाडौं ,१७ भदौ । आशिका तामाङसँगको विवादबारे वडा अध्यक्ष अधिकारीको स्पष्टीकरण स् ‘मेरो संलग्नता थिएन, उल्टै मिडियाबाजी गरियो’

धादिङको गल्छी गाउँपालिका–४ का वडा अध्यक्ष राजु अधिकारीले सांसद आशिका तामाङले आफू र अन्य वडा अध्यक्षमाथि लगाएको आरोपको खण्डन गर्नुभयो।

वडा अध्यक्ष अधिकारीले बाढीपहिरोका क्रममा बैंकको भल्ट फेला परेको घटनामा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै आफूले नै उक्त रकमबारे प्रहरीलाई सबैभन्दा पहिले जानकारी गराएको बताउनु भयो।

उहाँका अनुसार बाढीपहिरोका क्रममा एउटा बैंकको भल्ट फेला परेपछि केही युवाले भल्ट फुटाएर रकम निकाली आपसमा बाँड्नुभयो। आफूले घटनाबारे थाहा पाएपछि सबै रकम संकलन गरी प्रहरीलाई बुझाएको उहाँले बताउनुभयो।

उहाँले भन्नभुयो, ‘बाढीपहिरोबाट एउटा बैंकको भल्ट फेला पारेर केटाहरूले सबै फुटाएर पैसाहरू निकालेर बाँडेछन्। बाँडिसकेपछि भोलिपल्ट १२ बजे मैले थाहा पाएपछि सबै पैसाहरू मेरो पहलमा ल्याएर प्रहरीलाई बुझाउने काम भयो।’

अधिकारीले आशिका तामाङले उक्त रकमलाई मिडियामा देखाउनका लागि होल्ड गरेर राखेको आरोप लगाउनु भयो। उहाँले २९ जना व्यक्तिसहित आफू उपस्थित भएर रकम प्रहरीलाई बुझाएको बताउनुभयो।

‘त्यो बीचमा मैले बिहान ७ बजे थाहा पाएको पैसा चाहिँ आशिका तामाङज्यूले स्टन्टबाजी र मिडियाबाजी गर्नको लागि होल्ड गराएर राख्नुभयो। त्यसपछि मैले २९ जना मान्छेसहित ल्याएर आफ्नै उपस्थितिमा त्यो गराएको थिएँ,’ उहाँले भन्नुभयो।

आशिका तामाङले सामाजिक सञ्जालमा ‘३५ जना वडा अध्यक्षसहित यसमा इन्भल्भ छन्’ भनेर पोस्ट गरेको भन्दै अधिकारीले त्यसमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पार्नुभयो।

 

‘त्यसमा कुनै पनि हालतमा मेरो संलग्नता छैन, मलाई थाहा थिएन। त्यो पैसाको बारेमा प्रहरीलाई बिहानै ७–८ बजे खबर गरेर सबैभन्दा पहिला रिपोर्ट गर्ने मान्छे पनि म गल्छी वडा नम्बर ४ को वडा अध्यक्ष नै हुँ,’ उहाँले भन्नुभयो।

राहत वितरणमा विवाद

अधिकारीले संघीय सरकारबाट उद्धार तथा राहतका लागि आएको रासन वितरणको विषयमा पनि आशिका तामाङसँग विवाद भएको बताउनु भयो।

उहाँका अनुसार बाढीपहिरो आएपछि १० गतेदेखि नै आफूहरू प्रभावित क्षेत्रमा जनधनको सुरक्षाका लागि खटिएका थिए। १३ गते बिहान विपद् व्यवस्थापनसम्बन्धी बैठक भइरहेका बेला आशिका तामाङ र सांसदले राहत सामग्रीको विषयलाई लिएर वडा अध्यक्षहरूमाथि प्रश्न उठाएपछि विवाद सुरु भएको उहाँको भनाइ छ।

‘आशिकाज्यू चाहिँ मैले सामान लिएर आएको चौकीमा छ, तिमीहरूले तीन दिनदेखि खान पाएका छैनौ, वडा अध्यक्षहरूले काम गरेनन्, तिमीहरू के वडा अध्यक्षरु भन्ने शैलीमा प्रस्तुत हुनुभयो,’ अधिकारीले भन्नु भयो।

आफूहरूले सुरुदेखि नै उद्धार तथा राहतमा काम गरिरहेको भन्दै सांसदलाई नबुझीकन वडा अध्यक्षमाथि आरोप नलगाउन आग्रह गरेको उहाँले बताउनु भयो।

उहाँका अनुसार दुई दिन उद्धारमा खटिएपछि तेस्रो दिनदेखि ६ नम्बर वडामा नगदसहित राहत उपलब्ध गराएर बजारबाट सामान खरिद गरिएको थियो भने वडा नम्बर ४ मा होल्डिङ सेन्टर बनाएर राहत सामग्री राखिएको थियो।

‘केन्द्र सरकारले पठाएको रासन सांसदज्यूको मातहतबाट बाँड्न मिल्छ कि मिल्दैनरु कहाँ छ तपाईंको रासनरु’ भनेर सोध्दा सामान्य भनाभन भएको हो,’ उहाँले भने।

अधिकारीले विवादका क्रममा खिचिएको भिडियो सम्पादन गरेर आफूलाई गलत रूपमा प्रस्तुत गरिएको आरोपसमेत लगाउनु भयो।

उहाँका अनुसार आशिका तामाङको चस्मामा क्यामरा जडान गरिएको थियो र त्यसबाट आफूले बोलेका कुरालाई मात्र बाहिर ल्याइएको थियो।

 

‘मैले माननीयज्यू, तपाईं देशको संविधान बनाउने, हाम्रो क्षेत्रको अभिभावक हुनुहुन्छ, झगडा नगर्नुस्, नमस्कार छ, प्लिज बस्दिनुहोस् भनेर दुई पटक नमस्कार गरेको थिएँ। तर उहाँले ट्रोल बनाउँदै वडा अध्यक्ष डरायो भन्ने हिसाबले भिडियो पोस्ट गर्नुभयो,’ उनले भने।

अधिकारीका अनुसार केन्द्र सरकारले पठाएको राहत सामग्री आफूले मात्रै बाँड्ने र स्थानीय सरकार तथा जनप्रतिनिधिलाई वितरणमा सहभागी नगराउने शैलीमा आशिका तामाङ प्रस्तुत भएपछि विवाद भएको हो।

पछि भने चौकीबाट लगिएको राहत सामग्री गाउँपालिकालाई नै हस्तान्तरण गरिएको उहाँले बताउनु भयो।

‘पछि उहाँले चौकीबाट लगेर सामान गाउँपालिकालाई नै हस्तान्तरण गर्नुभयो। केन्द्रमा नीति बनेपछि आशिका तामाङले नै ल्याएको भनेर गाउँपालिकामा बुझाउनुभएको छ र त्यो रासन भर्खर गाउँपालिका पुगेको छ। विवादको कारण त्यही नै हो,’ अधिकारीले भन्नुभयो।

उहाँका अनुसार वडा नम्बर ४ मा १२ गतेदेखि नै होल्डिङ सेन्टर सञ्चालन भइरहेको छ। विभिन्न दाता तथा संस्थाबाट प्राप्त राहत सामग्री व्यवस्थित रूपमा वितरण गर्नुका साथै प्रभावितलाई मेस सञ्चालन गरेर खाना खुवाइएको उहाँले बताउनु भयो।

अधिकारीका अनुसार अहिले पनि वडा नम्बर ७ को नमुना बागेश्वरी र वडा नम्बर ४ को धादिङ बहुमुखी क्याम्पसमा होल्डिङ सेन्टर सञ्चालन गरी दैनिक करिब १५० जनालाई खाना खुवाइँदै आएको छ।

उहाँले दाता तथा विभिन्न संस्थाबाट प्राप्त सहयोगमार्फत करिब दुई महिनालाई पुग्ने गरी प्रभावित परिवारलाई रासन वितरण गरिसकिएको समेत बताउनु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढीग्रस्त क्षेत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीको स्थलगत अवलोकन

काठमान्डौ,१७ भदौ । बाढीग्रस्त क्षेत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीको स्थलगत अवलोकन गर्नु भएको छ । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीद्वारा बढी प्रभावित जिल्ला धादिङको

१,११४ शव फेला, ३४ देशका ५९० विदेशी सहित ३,९०० बेपत्ता

काठमाडौं,१७ भदौँ । भदौ १० गते भोटेकोशी नदी क्षेत्रमा आएको अभूतपूर्व बाढीपछि खोजी, उद्धार तथा राहत कार्यलाई सरकारले तीव्रता दिएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता

सप्तकोसीमा पानीको बहाव २ लाख २६ हजार क्युसेक नाघ्यो, २७ ढोका खोलियो

विराटनगर ,१७ भदौ ।सप्तकोसी नदीमा पानीको बहाव निरन्तर बढिरहेको छ । कोसी ब्यारेजमा पानीको बहाव बढेर २ लाख २६ हजार ६ सय ८० क्युसेक पुगेको

५५ वर्षे अवकाशको प्रस्तावपछि झापाका प्रजिअ गेलालले दिए राजीनामा

झापा,१७ भदौ ।झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले पदबाट राजीनामा दिनुभएको छ। गेलालले दुई दिनअघि काठमाडौं पुगेर गृहसचिवसमक्ष राजीनामा पत्र बुझाउनु भएको हो। उहाँको राजीनामा

राष्ट्रिय अनुसन्धान विभागलाई गृह कि प्रधानमन्त्री कार्यालय मातहत राख्ने विषयमा विधायन समितिमा छलफल

काठमाडौं ,१७ भदौ। कानुनमन्त्री सोविता गौत्तमले राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय वा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत राख्ने भन्ने विषयमा मात्रै हालको विधेयकले निर्णय गर्न

सरकार विपद् व्यवस्थापन र जनपरिचालनमा असफल भयो : प्रचण्ड

काठमाडौं,१७ भदौ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार विपद्को समयमा उद्धार र जनपरिचालनमा असफल भएको आरोप लगाउनु भयो। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा