विपद्‌मा सत्ता र प्रतिपक्ष नभनी एकजुट बनौँ : सांसद आङ्देम्बे

काठमाडौं ,१७ भदौ। नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले विपद्को समयमा सत्ता पक्ष र प्रतिपक्ष नभनी सबै राजनीतिक दल एकजुट भएर सामना गर्नुपर्ने बताउनु भएको छ।बुधबार प्रतिनिधिसभाको विशेष समयमा दलगत धारणा राख्दै सांसद आङ्देम्बेले क्षणभरमै यति ठूलो क्षति नेपालले एकैपटक बेहोर्नुपरेको घटना यसअघि नभएको बताउनु भयो । उहाँले अकल्पनीय विपत्तिमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्नु भएको छ।

 

उहाँले राष्ट्रिय विपद्को समयमा देशभित्र र बाहिर रहेका सबै नेपालीको तत्परता तथा अन्तर्राष्ट्रिय समुदायको एक्यबद्धता र सहयोगका लागि धन्यवाद व्यक्त गर्नु भएको छ।‘विपद् कुन बेला आउँछ थाहा हुँदैन रहेछ । नेपाली कांग्रेस पार्टीले यही सदनमा पनि पटक–पटक विपद् जुनसुकै बेला आउन सक्छ, त्यसका लागि पूर्वतयारीमा लागौँ भनेर ध्यानाकर्षण गराएको स्मरण गराउन चाहन्छु,’ उहाँले भन्नु भयो ।सांसद आङ्देम्बेले नेपाली कांग्रेसले सुरुदेखि नै विपद्को समयमा सत्ता पक्ष र प्रतिपक्ष नभनी सबै मिलेर सामना गर्नुपर्ने धारणा राख्दै आएको बताउनु भयो । उहाँले विपद्को समयमा कांग्रेस सरकारको साथमा रहेको स्पष्ट पार्नु भयो ।

 

बाढीको वितण्डा सुरु भएको पहिलो दिनदेखि नै प्रधानमन्त्रीलाई भेटेर तत्काल गर्नुपर्ने कामबारे ध्यानाकर्षण गराएको उहाँले बताउनु भयो । कांग्रेसले तत्काल बैठक बसेर पार्टी पंक्तिलाई परिचालन गर्ने तथा सरकारको सत्प्रयासमा साथ र सहयोग गर्ने निर्णय गरेको उहाँको भनाइ थियो ।सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापतिले सरकारलाई स्पष्ट रूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको पनि उहाँले स्मरण गराउनु भयो।सांसद आङ्देम्बेले नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरिसकेको जानकारी दिनु भयो ।

 

उहाँले भन्नु भयो, ‘नेपाली कांग्रेसले सुरुवातदेखि नै भनेको छ, विपद्मा सत्ता पक्ष र प्रतिपक्ष नभनी हामी भनेर सामना गर्नुपर्छ । हामी सरकारको साथमा छौँ । बाढीको वितण्डा सुरु भएको पहिलो दिनदेखि नै प्रधानमन्त्रीज्यूलाई भेटेर तत्काल गर्नुपर्ने कामका सम्बन्धमा ध्यानाकर्षण गराएको थिएँ । नेपाली कांग्रेसले तत्कालै बैठक बसेर पार्टी पंक्तिलाई परिचालन गर्ने र सरकारको सत्प्रयासमा साथ–सहयोग गर्ने निर्णय गर्यो । सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापतिज्यूले सरकारलाई स्पष्ट रूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको कुरा विदितै छ । नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरिसकेको छ ।’

 

उहाँले विपद्को समयमा सबैको साझा कर्तव्य उद्धार, राहत र पुनःस्थापनामा जुट्नु रहेको बताउनु भयो । कांग्रेस सरकारको साथमा रहेको र विपद्को पीडा भोगिरहेका परिवारसँगै रहेको उहाँको भनाइ थियो ।तर सरकारको साथमा हुनुको अर्थ सरकारले गरेका सबै कामलाई आँखा चिम्लेर समर्थन गर्नु नभएको उहाँले स्पष्ट पार्नु भयो।‘विपद्मा सरकारको साथमा छौँ भन्नुको अर्थ सरकारले गरेका सबै कुरा माफ भन्ने पनि होइन । राम्रो काम गर्छ, साथ–समर्थन छ । बाटो बिराउँछ भने खबरदारी र प्रश्न पनि छ । खास सहयोग यही होइन र’ ? उहाँले प्रश्न गर्दै भन्नु भयो।प्रलयकारी बाढी आएको एक साता बितिसक्दा पनि सबै कुरा ठीकठाक भइरहेको छ कि छैन भन्ने विषयमा सरकार गम्भीर हुनुपर्ने उहाँले बताउनु भयो ।

 

‘जब ठीकठाक हुँदैन, हामीले मौनता साध्यौँ, खबरदारी गरेनौँ र प्रश्न गरेनौँ भने हामी जिम्मेवारी र कर्तव्यबाट विमुख रहेको ठहर छ । त्यसैले यो पूर्वाग्रह होइन, प्रश्न हो । हामी सरकारलाई कमजोर होइन, प्रभावकारी प्रश्न गरिरहेका छौँ,’ उहाँले भन्नु भयो ।सांसद आङ्देम्बेले सरकार र सत्तारूढ दलका सांसदहरूलाई विपद्को समयमा प्रचारभन्दा नागरिकको जीवन बचाउने कामलाई प्राथमिकता दिन आग्रह गर्नु भयो ।‘यो प्रचार होइन, प्राण बचाउने समय हो । नागरिकको जीवनसँगको प्रश्नलाई गालीको विषय होइन, आफैँभित्र समीक्षाको विषय बनाउनुहोला,’ उहाँले सरकारलाई र सत्ताधिन साथिहरुलाई आग्रह गर्दै भन्नु भयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धरानमा बरामद ४७ किलो सेतो पदार्थ बारुदको घटक भएको पुष्टि

विराटनगर,२१ कार्तीक । सुनसरीको धरानमा मिनी ट्रकबाट बरामद भएको ४७ किलो सेतो ठोस पदार्थ विस्फोटक पदार्थ बनाउन प्रयोग हुने बारुदको घटक भएको पुष्टि भएको छ।

उदयपुरका १४६ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

उदयपुर ,२१ कार्तीक। उदयपुरमा लामो समयदेखि जग्गाको कानुनी स्वामित्वबाट वञ्चित १४६ भूमिहीन परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। जिल्लाका चार स्थानीय तहका भूमिहीन दलित

मागभन्दा उत्पादन ८०० मेगावाट बढी हुने प्राधिकरणको प्रक्षेपण

काठमाडौं ,२१ कार्तीक। नेपाल विद्युत् प्राधिकरणले यस वर्षको तिहारमा विद्युतको अधिकतम मागभन्दा उत्पादन बढी हुने प्रक्षेपण गरेको छ । प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन साँझ विद्युतको

यमपञ्चकको पहिलो दिनः आजै धनवन्तरी जयन्ती

काठमाडौं,२१ कार्तीक । वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीन चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धनवन्तरीको उत्पत्ति भएको सम्झनामा आज धनवन्तरी जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष कार्तिक

विश्वकप छनोट प्ले–अफ नेपालमा हुने, तालिका सार्वजनिक

काठमाडौं ,२१ कार्तीक। आईसीसी विश्वकप छनोट प्ले–अफ नेपालमा हुने भएको छ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार प्रतियोगिता आउँदो डिसेम्बर ४ तारिख अर्थात् मंसिर १८ गतेदेखि

पाथीभराबाट देखियो मकालु हिमाल

ताप्लेजुङ ,२१ कार्तीक। ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभराबाट देखिएको मकालु हिमालको चुचुरो । मकालु हिमाल विश्वको पाँचौँ र नेपालको चौथो अग्लो हिमाल हो । समुद्र

अन्य जिल्लाको नागरिकताको प्रतिलिपि अब सर्लाहीबाटै पाइने

सर्लाही,२१ कार्तीक । अन्य जिल्लाबाट नागरिकता प्राप्त गरेका व्यक्तिले अब सर्लाहीबाटै नेपाली नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय सर्लाहीले शुक्रबार एक