सरकारले सुरुङमा उद्धार गर्ने प्रविधि छैन भन्यो : ज्ञानेन्द्र शाही

काठमाडौं,१७ भदौ।चिलिमे सुरुङमा उद्धारमा ढिलाइ भएको भन्दै सरकारको आलोचना, ‘समयमै उपकरण पुगेको भए धेरैको ज्यान बचाउन सकिन्थ्यो’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले विपद्को समयमा एकअर्कामाथि आरोप–प्रत्यारोप गर्नुभन्दा सरकारलाई सहयोग गर्दै नागरिकको उद्धार र राहतमा केन्द्रित हुनुपर्ने बताउनु भएको छ ।

बुधबार प्रतिनिधिसभाको विशेष समयमा दलगत धारणा राख्दै सांसद शाहीले सर्वदलीय बैठकमा पनि विपद्को समयमा सरकारलाई कसरी सहयोग गर्ने, सरकारले कहाँ–कहाँ र कसरी काम गर्ने तथा सबै राजनीतिक दल कसरी एकजुट हुने भन्ने विषयमा छलफल भएको बताउनु भयो ।

‘सरकारलाई यो विपद्को बेला हामी साथ दिइरहेका छौँ। यतिखेरको समय भनेको हामी सबै मिलेर नागरिकलाई कसरी बचाउने, बेपत्ता भएका मानिसहरूलाई कसरी खोज्ने र पीडितहरूको आँसु कसरी पुछ्ने भन्ने विषय हो। हामी सरकारको साथमा छौँ। सरकारको काँधमा काँध मिलाइरहेका छौँ,’ उहाँले भन्नुभयो ।

सांसद शाहीले विपद्मा पीडितको आँसु पुछ्ने तथा क्षतिग्रस्त घरहरू पुनर्निर्माण गरी नागरिकलाई पुनः सामान्य अवस्थामा फर्काउने जिम्मेवारी पनि सबैको भएको बताउनु भयो।

‘यो विपद् कसैले बोलाएर ल्याएको होइन। कसैले आउनू भनेर आएको पनि होइन। यो विपद् अकस्मात् आएको हो,’ उहाँले भन्नु भयो।

उहाँले विपद्पछि राज्यका संयन्त्रहरू परिचालित भए पनि चिलिमे सुरुङमा रहेका मानिसहरूको उद्धारमा पर्याप्त तदारुकता नदेखिएको आरोप लगाउनु भयो।

शाहीका अनुसार बाढी आएको दिन दिउँसो २ बजेभित्रै आफू गृह मन्त्रालय पुगेर विपद् व्यवस्थापन शाखालाई सुरुङभित्र मानिसहरू रहेको र उनीहरूको फोन नम्बरसमेत उपलब्ध गराएको जानकारी दिनु भयो । उहाँले गृहमन्त्रीलाई समेत यसबारे जानकारी गराएको तर उक्त सूचना समयमा सुनुवाइ नभएको दाबी गर्नु भयो ।

उहाँका अनुसार ७२ घण्टापछि मात्र सुरुङमा अनुगमन टोली पुगेको थियो भने ९६ घण्टापछि उद्धार टोली पुगेको थियो । उक्त उद्धार टोली सरकारको नभई आफूहरूले पठाएका पर्वतारोहीहरू रहेको उहाँले बताउनु भयो ।

‘जो आफैँ पीडित हो, त्यही मानिसलाई हेलिकप्टरमा हालेर सुरुङको मुख्य द्वारसम्म लगेर गयौँ। त्यस्तो अवस्था सिर्जना भयो,’ उहाँले भन्नु भयो ।

सांसद शाहीले जनप्रतिनिधिसँग राज्यका स्रोतसाधन परिचालन गर्ने तथा उद्धार टोली खटाउने कार्यकारी अधिकार नरहेको बताउनु भयो । त्यस्तो अधिकार सरकार र सम्बन्धित मन्त्रीसँग भएकाले आफूहरूले सोहीअनुसार आग्रह गर्दै आएको उहाँको भनाइ थियो ।

‘हामी जनताका जनप्रतिनिधि हौँ, तर राज्यका स्रोत र साधन परिचालन गर्ने, उद्धार टोली खटाउने कार्यकारी अधिकार हामीसँग छैन। कार्यकारी अधिकार माननीय मन्त्रीज्यूहरूसँग छ। हामीले त्यही मागिरहेका हौँ,’ उहाँले भन्नु भयो ।

उहाँले उपकरण खरिद तथा उद्धारका लागि आवश्यक प्रविधि परिचालन गर्ने अधिकार पनि आफूहरूसँग नरहेको बताउनु भयो । सुरुङभित्र गएर उद्धार गर्ने विषयमा आफू विज्ञ नभएको भन्दै बाहिर गएर फोटो खिच्न मात्र आफू नजाने उहाँले बताउनु भयो ।

सांसद शाहीले सुरुङमा उद्धारका लागि प्रयोग गर्न सकिने मिनी स्काभेटर समयमै उपलब्ध गराउन नसकिएको आरोप पनि लगाउनु भयो । उहाँका अनुसार सामान्य अवस्थामा पाँच घण्टाभित्र देशभित्रै वा छिमेकी राष्ट्रबाट विमानमार्फत मिनी स्काभेटर ल्याएर सुरुङ मार्गसम्म पु¥याउन सकिने अवस्था हुँदाहुँदै उपकरण उपलब्ध हुन लामो समय लागेको बताउनु भयो ।

‘हामीले सामान्य अवस्थामा पाँच घण्टाभित्र हाम्रो देशभित्रबाट वा छिमेकी राष्ट्रबाट विमानमार्फत मिनी स्काभेटर ल्याएर सुरुङ मार्गसम्म पु¥याउन सक्ने अवस्था हुँदाहुँदै २४ घण्टा, ४८ घण्टा, ९६ घण्टा र १४४ घण्टापछि मात्रै मिनी स्काभेटर उपलब्ध भयो,’ उहाँले भन्नुभयो।

प्रधानमन्त्रीले संसद्मा सुरुङभित्र जमेको हिलोमा पठाउन सकिने प्रविधि संसारमा नरहेको बताएको प्रसंग उल्लेख गर्दै शाहीले त्यसको प्रतिवाद गर्नुभयो । उहाँले संसारका विभिन्न ठाउँमा यस्तो प्रविधिबाट काम भइरहेको दाबी गर्नुभयो।

‘आज प्रधानमन्त्री संसद्मा बोल्नुहुन्छ, हिलोभित्र पसेको सुरुङमार्गभित्र पठाउने प्रविधि संसारमा छैन। तर म दावाका साथ भन्न सक्छु, संसारभरि काम भइरहेको छ। अहिले खोज्नुस् च्याटजीपीटीमा, अहिले खोज्नुस् गुगलमा, संसारभरि छ, संसारभरि काम भइरहेको छ,’ उहाँले भन्न्ुा भयो।

सांसद शाहीले आफूले कुनै दल, व्यक्ति वा पार्टीप्रति आरोप लगाउन नभई सुरुङभित्र अझै आफ्ना आफन्तहरू रहेको विषयमा सरकारको ध्यानाकर्षण गराइरहेको बताउनु भयो ।

उहाँले सुरुङबाट जीवितै बाहिर आएका जुम्लाका पाँच जनासँग सरकारले उनीहरूको अवस्थाबारे जानकारी नलिएको आरोप पनि लगाउनु भयो।

‘अहिले पनि म जीवित मान्छे ल्याएर खडा गर्न सक्छु संसद्मा, यदि संसद्ले दियो भने। जुम्लाका पाँच जना जीवित मान्छे सुरुङभित्रैबाट आएका छन् । ती मान्छेहरूसँग पनि सरकारले एक पटक सोधेन—तिमीहरूको अवस्था के थियोरु’ उहाँले भन्नुभयो।

शाहीले ती पाँच जनासहित अन्य केही मानिसलाई आफूहरूले व्यक्तिगत खर्चमा उद्धार गरी घर पठाएको बताउनु भयो । ‘हामीले धेरै मान्छेको जीवन बचाउन सक्थ्यौँ, तर सकिरहेका छैनौँ,’ उहाँले भन्नु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मंसिर २१ देखि २३ सम्म महाधिवेशन गर्ने देउवा पक्षको तयारी

काठमाडौं ,१७ भदौ। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशन आगामी मंसिरमा गर्ने प्रस्ताव गरेको छ। बुधबार चुनदेवीमा जारी बैठकमा मंसिर २१ देखि

झापाको मुस्लिम समाज विकास प्रतिष्ठानद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख २८ हजार जम्मा

बिर्तामोड,१७ भदौ  । भदौ १० गतेको भीषण बाढी तथा विपदबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि मुस्लिम समाज विकास प्रतिष्ठान झापाले १ लाख २८

झापामा सीमा निगरानी र तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीद्वारा ‘गोप्रो क्यामेरा’ प्रयोग

झापा ,१७ भदौ । सीमा सुरक्षा, सूचना सङ्कलन तथा निगरानीलाई थप प्रभावकारी बनाउन झापामा सशस्त्र प्रहरीले अत्याधुनिक ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको छ।सशस्त्र प्रहरी बल, नेपाल

बाढीग्रस्त क्षेत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीको स्थलगत अवलोकन

काठमान्डौ,१७ भदौ । बाढीग्रस्त क्षेत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीको स्थलगत अवलोकन गर्नु भएको छ । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीद्वारा बढी प्रभावित जिल्ला धादिङको

१,११४ शव फेला, ३४ देशका ५९० विदेशी सहित ३,९०० बेपत्ता

काठमाडौं,१७ भदौँ । भदौ १० गते भोटेकोशी नदी क्षेत्रमा आएको अभूतपूर्व बाढीपछि खोजी, उद्धार तथा राहत कार्यलाई सरकारले तीव्रता दिएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता

सप्तकोसीमा पानीको बहाव २ लाख २६ हजार क्युसेक नाघ्यो, २७ ढोका खोलियो

विराटनगर ,१७ भदौ ।सप्तकोसी नदीमा पानीको बहाव निरन्तर बढिरहेको छ । कोसी ब्यारेजमा पानीको बहाव बढेर २ लाख २६ हजार ६ सय ८० क्युसेक पुगेको