सुरुङमा फसेकाहरूको तत्काल उद्धार गर्न सांसद पराजुलीको माग

काठमाडौं ,१७ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सांसद गणेश पराजुलीले मुलुकले यस पुस्ताले नदेखेको र नसुनेको भयावह प्राकृतिक विपत्तिको सामना गरिरहेको बताउनु भएको छ।बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले उत्तरतर्फको हिमाली क्षेत्रमा भएको गडबडीका कारण सुरु भएको विनाशकारी बहाव भोटेकोसी हुँदै त्रिशूली नदी किनारसम्म प्रवेश गर्दा ठूलो मानवीय तथा भौतिक क्षति भएको बताउनु भयो। उहाँले उक्त विपत्तिमा हजारौँ मानिसले ज्यान गुमाएको र हजारौँ परिवार विचल्लीमा परेको बताउनु भयो।

 

उहाँले भन्नु भयो, ‘उत्तरतिर हिमाली क्षेत्रमा भएको कुनै गडबढीको कारण सुरु भएको विनासकारी बहाव भोटेकोशी हुँदै त्रिशूली नदी किनारमा प्रवेश गर्दा हजारौँ जिवन क्षन भरमौ समाप्त मात्र भएन हजारैँ परिवरलाई विचल्ली बनायो । आकलन नै गर्न नसकिने भैतिक क्षति त छदैछ । इतिहाससँग जोडिएको त्रिशूली सभ्यता नै निमिट्यान्न पारि दियो ।’पराजुलीले विपत्तिका कारण इतिहाससँग जोडिएको त्रिशूली सभ्यतामै गम्भीर असर परेको बताउनु भयो । गाउँ–बस्ती, सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य भौतिक पूर्वाधारमा अकल्पनीय क्षति पुगेको उहाँले बताउनु भयो ।

 

उहाँले मृतकको संख्या ११ सय नाघिसकेको र हजारौँ मानिस अझै बेपत्ता रहेको बताउनु भयो। विदेशी नागरिकसमेत सम्पर्कविहीन रहेको बताउँदै उहाँले खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनु भयो ।सांसद पराजुलीका अनुसार सुरुङभित्र पुरिएका, दबिएका तथा फसेका नागरिकको उद्धारका लागि प्रयास जारी रहेको बताउनु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मंसिर २१ देखि २३ सम्म महाधिवेशन गर्ने देउवा पक्षको तयारी

काठमाडौं ,१७ भदौ। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशन आगामी मंसिरमा गर्ने प्रस्ताव गरेको छ। बुधबार चुनदेवीमा जारी बैठकमा मंसिर २१ देखि

झापाको मुस्लिम समाज विकास प्रतिष्ठानद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख २८ हजार जम्मा

बिर्तामोड,१७ भदौ  । भदौ १० गतेको भीषण बाढी तथा विपदबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि मुस्लिम समाज विकास प्रतिष्ठान झापाले १ लाख २८

झापामा सीमा निगरानी र तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीद्वारा ‘गोप्रो क्यामेरा’ प्रयोग

झापा ,१७ भदौ । सीमा सुरक्षा, सूचना सङ्कलन तथा निगरानीलाई थप प्रभावकारी बनाउन झापामा सशस्त्र प्रहरीले अत्याधुनिक ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको छ।सशस्त्र प्रहरी बल, नेपाल

बाढीग्रस्त क्षेत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीको स्थलगत अवलोकन

काठमान्डौ,१७ भदौ । बाढीग्रस्त क्षेत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीको स्थलगत अवलोकन गर्नु भएको छ । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीद्वारा बढी प्रभावित जिल्ला धादिङको

१,११४ शव फेला, ३४ देशका ५९० विदेशी सहित ३,९०० बेपत्ता

काठमाडौं,१७ भदौँ । भदौ १० गते भोटेकोशी नदी क्षेत्रमा आएको अभूतपूर्व बाढीपछि खोजी, उद्धार तथा राहत कार्यलाई सरकारले तीव्रता दिएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता

सप्तकोसीमा पानीको बहाव २ लाख २६ हजार क्युसेक नाघ्यो, २७ ढोका खोलियो

विराटनगर ,१७ भदौ ।सप्तकोसी नदीमा पानीको बहाव निरन्तर बढिरहेको छ । कोसी ब्यारेजमा पानीको बहाव बढेर २ लाख २६ हजार ६ सय ८० क्युसेक पुगेको