सरकार विपद् व्यवस्थापन र जनपरिचालनमा असफल भयो : प्रचण्ड

काठमाडौं,१७ भदौ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार विपद्को समयमा उद्धार र जनपरिचालनमा असफल भएको आरोप लगाउनु भयो। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रचण्डले बाढी आएको दिन प्रधानमन्त्री र गृहमन्त्रीको सक्रियता देखेपछि सरकारबाट राम्रो पहल हुने विश्वास आफूले गरेको बताउनु भयो। तर पछिल्ला दिनमा सरकारको कामकारबाहीमा सुस्तता देखिएको उहाँको भनाइ छ।

उहाँले भन्नु भयो, ‘यो संकटको घडीमा सरकारको साथमा थियौं, छौं पनि। मैले बाढी आएको दिनको प्रधानमन्त्री, गृहमन्त्रीको सक्रियता हेरेको थिएँ। त्यो देखेपछि उहाँहरू निकै सक्रिय हुनुहुन्छ, राम्रो पहल हुन्छ भन्ने विश्वास छ भनेको थिएँ।’प्रचण्डले नेपाली सेनाले जोखिम मोलेर उद्धार तथा राहतमा महत्वपूर्ण भूमिका खेले पनि विपद्को सामना गर्न सबै तहका सरकार र आम नागरिकलाई विश्वासमा लिएर व्यापक परिचालन गर्न नसकिएको बताउनु भयो।उहाँले भन्नु भयो, ‘सेनाले गरेको काम पनि देखियो। सेनाले धेरै जोखिम उठाएर उद्धार र राहतमा खेलेको भूमिका देखियो। तर यो महाविपत्तिको सामना गर्न सबै तहको सरकार, आम जनतालाई विश्वासमा लिएर जसरी परिचालन गर्नुपथ्र्यो, त्यो भएन। सेना परिचालन भयो, जनपरिचालन भएन। सेना परिचालनसँगै जनपरिचालन जोडिएन भने यो समस्याको समाधान कठिन हुन्छ।’

 

सरकारको सुरुवाती सक्रियता र पछिल्ला दिनको कार्यशैलीमा फरक देखिएको भन्दै प्रचण्डले उद्धार कार्यप्रति जनस्तरमा व्यापक असन्तुष्टि रहेको बताउनु भयो। ‘सरकार सुरुको दिनको तदारुकता र पछिल्लो दिनको उसको कार्यशैली, काम गराइमा फरक देखियो। सरकार उद्धार कार्यमा असफल भयो भन्ने सबैभन्दा बढी जनगुनासो सुनिएको छ। लुकाएर, ढाँटेर हुँदैन। सरकार उद्धार र जनपरिचालनमा असफल भयो,’ उहाँले भन्नु भयो।विशेषगरी उद्धारका लागि तत्काल लिनुपर्ने पहलमा ढिलाइ भएको र सुरुका दुई दिनसम्म सरकार आफैंले सबै गर्न सक्ने मनोवृत्ति देखाएको जनगुनासो रहेको उहाँले बताउनु भयो।प्रचण्डले राजनीतिक दल र नेताहरूले एकअर्काले गरेको राम्रो कामलाई राम्रो भन्न सक्ने संस्कार विकास गर्नुपर्नेमा जोड दिनु भयो।

 

उहाँले भन्नु भयो, ‘हामी राजनीतिज्ञहरू सामान्यतः अरूले गरेको राम्रो कामलाई राम्रो भन्न सक्ने आँट, हैसियत र संस्कार हाम्रो हराउँदै गएको छ। आफूले गरेको नराम्रो पनि राम्रै हो भनेर प्रचार गर्ने तिर्खा अलि बढी लाग्ने गरेको छ।’भोटेकोशीमा आएको विपत्तिले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको जोखिमलाई थप पुष्टि गरेको उहाँको भनाइ छ। उहाँले अन्तर्राष्ट्रिय मञ्चमा ‘क्लाइमेट जस्टिस’को विषय उठाउँदै अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुपर्ने बताउनु भयो।‘भोटेकोशीमा आएको त्यो भयानक प्रलय मेरो दृष्टिमा हिजो गरेको अध्ययन अनुसन्धान, वैज्ञानिकहरूको निष्कर्ष र मैले अन्तर्राष्ट्रिय मञ्चहरूमा गरेका अपिललाई राम्रैसँग प्रमाणित गरेको छ। सबै अन्तर्राष्ट्रिय मञ्चमा क्लाइमेट जस्टिसको कुरा उठाउनुपर्छ र चाँडो अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएर यहाँ सहयोग नल्याउने हो भने नेपाल एक्लैले यो संकटको सामना गर्न सक्दैन,’ प्रचण्डले भन्नु भयो।

 

प्रधानमन्त्री प्रतिनिधिसभामा आएर सांसदहरूसँग संवाद नगरी फर्किएकोप्रति पनि उहाँले असन्तुष्टि जनाउनु भयो।‘प्रधानमन्त्री आउनुहुन्छ, सदनमा कसैको अनुहार पनि नहेरी जानुहुन्छ। यो के तरिका हो ? यस्तो त हुँदैन। प्रधानमन्त्री त हामी सबैको प्रधानमन्त्री हो नि। तपाईंलाई सहयोग गर्छौं सबैले भनेका छौं, तर पनि कसैको अनुहार नै नहेर्ने के तरिका हो ? सबैको विश्वास जित्न खोज्नुभएन भने समयले पनि उहाँलाई नपर्खिन सक्छ,’ उहाँले भन्नु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धरानमा बरामद ४७ किलो सेतो पदार्थ बारुदको घटक भएको पुष्टि

विराटनगर,२१ कार्तीक । सुनसरीको धरानमा मिनी ट्रकबाट बरामद भएको ४७ किलो सेतो ठोस पदार्थ विस्फोटक पदार्थ बनाउन प्रयोग हुने बारुदको घटक भएको पुष्टि भएको छ।

उदयपुरका १४६ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

उदयपुर ,२१ कार्तीक। उदयपुरमा लामो समयदेखि जग्गाको कानुनी स्वामित्वबाट वञ्चित १४६ भूमिहीन परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। जिल्लाका चार स्थानीय तहका भूमिहीन दलित

मागभन्दा उत्पादन ८०० मेगावाट बढी हुने प्राधिकरणको प्रक्षेपण

काठमाडौं ,२१ कार्तीक। नेपाल विद्युत् प्राधिकरणले यस वर्षको तिहारमा विद्युतको अधिकतम मागभन्दा उत्पादन बढी हुने प्रक्षेपण गरेको छ । प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन साँझ विद्युतको

यमपञ्चकको पहिलो दिनः आजै धनवन्तरी जयन्ती

काठमाडौं,२१ कार्तीक । वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीन चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धनवन्तरीको उत्पत्ति भएको सम्झनामा आज धनवन्तरी जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष कार्तिक

विश्वकप छनोट प्ले–अफ नेपालमा हुने, तालिका सार्वजनिक

काठमाडौं ,२१ कार्तीक। आईसीसी विश्वकप छनोट प्ले–अफ नेपालमा हुने भएको छ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार प्रतियोगिता आउँदो डिसेम्बर ४ तारिख अर्थात् मंसिर १८ गतेदेखि

पाथीभराबाट देखियो मकालु हिमाल

ताप्लेजुङ ,२१ कार्तीक। ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभराबाट देखिएको मकालु हिमालको चुचुरो । मकालु हिमाल विश्वको पाँचौँ र नेपालको चौथो अग्लो हिमाल हो । समुद्र

अन्य जिल्लाको नागरिकताको प्रतिलिपि अब सर्लाहीबाटै पाइने

सर्लाही,२१ कार्तीक । अन्य जिल्लाबाट नागरिकता प्राप्त गरेका व्यक्तिले अब सर्लाहीबाटै नेपाली नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय सर्लाहीले शुक्रबार एक