श्रम संस्कृतिको पहिलो बैठकमा सुदन किरातीको २४ बुँदे फरक प्रस्ताव

विराटनगर , १७ भदौ। श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले पार्टीलाई व्यवस्थित र संस्थागत गर्न २४ बुँदे प्रस्ताव पेस गरेका छन् ।बुधबार पार्टीको केन्द्रीय समिति बैठकमा पहिलो पटक सहभागी भएका किरातीले विधान निर्माणदेखि निर्वाचन रणनीति र श्रमदान अभियानलाई समेटेर प्रस्ताव पेस गरेका हुन् ।किरातीले पार्टीको मार्गदर्शक सिद्धान्तका रूपमा लोकतान्त्रिक र समावेशी विधान निर्माणका लागि तत्काल ‘विधान मस्यौदा समिति’ गठन गर्न प्रस्ताव गरेका छन् ।पार्टीका हरेक आर्थिक क्रियाकलापलाई पारदर्शी बनाउन आर्थिक नियमावली, बजेट र नियमित लेखापरीक्षणको स्पष्ट प्रणाली लागु गर्नुपर्ने उनको प्रस्ताव  छ ।आगामी निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोटका लागि वस्तुनिष्ठ र पारदर्शी मापदण्ड तयार गर्न कार्यदल गठन गर्ने प्रस्ताव उनले गरेका छन् ।

नेतृत्वको कार्यशैलीमा सुधार ल्याउन उनले ‘सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारी’को अवधारणा अघि सारेका छन् ।महत्त्वपूर्ण निर्णयहरू पदाधिकारी र सम्बन्धित कमिटीको छलफलबाट मात्र गरिनुपर्ने, निर्णयको अभिलेख राख्नुपर्ने र नेतृत्वको कार्यसम्पादनको नियमित समीक्षा हुनुपर्ने उनको प्रस्ताव छ ।नेता तथा कार्यकर्ताको क्षमता, अनुभव र रूचिका आधारमा वैज्ञानिक ढंगले जिम्मेवारी बाँडफाँड गर्नुपर्ने प्रस्ताव पनि उनले गरेका छन् ।किरातीले निर्वाचन आयोगमा पार्टीको विवरण तत्काल अद्यावधिक गर्ने प्रस्ताव पनि गरेका छन् ।पार्टीलाई आधुनिक ‘डिजिटल प्रणाली’मा लैजानुपर्ने प्रस्ताव गरेका उनले सदस्यता, संगठनको अभिलेख, आर्थिक विवरण र सञ्चारलाई एकीकृत डिजिटल प्रणालीमा लैजानुपर्ने उनको प्रस्ताव छ ।पार्टीको नाम र दर्शन अनुरूप ‘श्रम संस्कृति’लाई स्थापित गर्न ‘श्रमदान विभाग’ गठनको प्रस्ताव उनले गरेका  छन् । विभागमार्फत सिर्जनात्मक र जनमुखी ढंगले श्रमदान अभियान सञ्चालन गर्ने उनको प्रस्ताव छ ।पार्टीका गतिविधिहरूलाई व्यवस्थित गर्न वार्षिक क्यालेन्डर जारी गर्नुपर्ने प्रस्तावमा उल्लेख छ ।पार्टीभित्रका आन्तरिक विवाद समाधान गर्न प्रभावकारी अनुशासन आयोग गठन र आचारसंहिता लागु गर्नुपर्ने किरातीको अर्को प्रस्ताव छ ।नेतृत्व र कार्यकर्ताबीच नियमित संवाद र सुझाव आदानप्रदानका लागि प्रभावकारी संयन्त्र विकास गर्नुपर्ने किरातीको प्रस्तावमा उल्लेख छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

श्रम संस्कृतिको पहिलो बैठकमा सुदन किरातीको २४ बुँदे फरक प्रस्ताव

विराटनगर , १७ भदौ। श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले पार्टीलाई व्यवस्थित र संस्थागत गर्न २४ बुँदे प्रस्ताव पेस गरेका छन् ।बुधबार पार्टीको केन्द्रीय

काठमाडौँ उपत्यकामा कसरी भित्रिँदै छ ग्यास ?

काठमाडौँ , भदौ १७। अविरल वर्षापछिको आएको बाढीका कारण देशकै मुख्य लाइफलाइन (नागढुंगा–मुग्लिन सडक खण्ड) क्षतविक्षत् बनाएपछि काठमाडौँ उपत्यकामा दैनिक उपभोग्य वस्तु र इन्धनको आपूर्ति

इन्टर्नशिपका लागि गएका शिशिर सम्पर्कविहीन, कलेजको भूमिकामाथि परिवारको प्रश्न

 काठमाडौँ , भदौ १७। काठमाडौं विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययनरत शिशिर गिरी साउन २८ गते रसुवा लागेका थिए । रसुवा जानुको उद्देश्य माथिल्लो त्रिशूली ३बी मा

मंसिर २१ देखि २३ सम्म महाधिवेशन गर्ने देउवा पक्षको तयारी

काठमाडौं ,१७ भदौ। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशन आगामी मंसिरमा गर्ने प्रस्ताव गरेको छ। बुधबार चुनदेवीमा जारी बैठकमा मंसिर २१ देखि

झापाको मुस्लिम समाज विकास प्रतिष्ठानद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख २८ हजार जम्मा

बिर्तामोड,१७ भदौ  । भदौ १० गतेको भीषण बाढी तथा विपदबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि मुस्लिम समाज विकास प्रतिष्ठान झापाले १ लाख २८

झापामा सीमा निगरानी र तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीद्वारा ‘गोप्रो क्यामेरा’ प्रयोग

झापा ,१७ भदौ । सीमा सुरक्षा, सूचना सङ्कलन तथा निगरानीलाई थप प्रभावकारी बनाउन झापामा सशस्त्र प्रहरीले अत्याधुनिक ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको छ।सशस्त्र प्रहरी बल, नेपाल